आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
“क्युवाली जनता संरा अमेरिकी सरकारको आक्रामक नीतिको विरोधमा उभिन प्रतिबद्ध छन्”, क्युवाली क्रान्ति दिवस मनाउन संरा अमेरिकाको राजधानी न्यु योर्कमा आयोजित एक कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका सहायक स्थायी प्रतिनिधि अन्ना सिल्भिया रोड्रिग्युज अबास्कलले भन्नुभयो ।
सन् १९५३ को जुलाई २६ मा फिडेल क्यास्ट्रोले नेतृत्व गर्नुभएको क्रान्तिकारी सशस्त्र लडाकुको दस्ताले सान्टियागो डी क्युवाको मोनकाडा सैनिक ब्यारेकमा सशस्त्र हमला गरेको थियो । क्युवाका तत्कालीन शासक फुलजेन्सिओ बाटिस्टाको तानाशाही शासन समाप्त गर्न क्रान्तिकारी लडाइँको आरम्भ सोही हमलाबाट भएको थियो । सो हमलाको मूल उद्देश्य ‘विदेशी दमन, दुःख, बेरोजगारी, जनताको अस्वस्थ्य जीवन र अशिक्षा अन्त्य गर्नु थियो ।
न्यु योर्कमा सोही क्रान्तिको ६६ औँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सहायक स्थायी दूत अबास्कलले मोनकाडा हमलामा लडेका योद्धाहरूप्रति सम्मान व्यक्त गर्नुभयो । ‘क्युवामा स्वतन्त्रता, न्याय र स्वाभिमानको जग बसाउन आफ्नो जीवन होम्ने’ योद्धाहरूप्रति उहाँले श्रद्धा अर्पण गर्नुभयो ।
“क्युवाविरुद्ध वासिङ्टनले लागू गरेको हेम्स–बर्टन्स कानुन क्युवाली जनता र आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप भएको नचाहने स्वतन्त्र व्यापार, सार्वभौम समानताका पक्षधर सबै जनताको आत्मनिर्णयको अधिकारको उल्लङ्घन हो”, उहाँले भन्नुभयो ।
संरा अमेरिकी सरकारले हालै क्युवाको अन्तर्राष्ट्रिय ऐक्यबद्धता कार्यक्रमका अधिकारीहरूलाई प्रवेशाज्ञा नदिने घोषणा गरेको जानकारी दिनुहुँदै अबास्कलले संसारभर चिकित्सा सेवा प्रदान गर्दै आएका ती चिकित्सकको शोषण भएको झूटो आरोप लगाएर वासिङ्टन सरकारले त्यस्तो निर्णय गरेकोमा विरोध जनाउनुभयो ।
“हाम्रो अन्तर्राष्ट्रिय चिकित्सक ऐक्यबद्धताप्रति हामी सदैव गौरव गर्छौँ”, उहाँले भन्नुभयो ।
“हामी ऐक्यबद्धता गतिविधि गर्छौँ”, क्युवाली क्रान्तिका विशेषता र अन्तर्राष्ट्रियतावादबारे चर्चा गर्नुहुँदै अबास्कलले सहभागीलाई भन्नुभयो – “हामीसँग जे कुरा छ, त्यही कुरा बाँड्छौं । हामीसँग जे बाँकी बचेको छ, त्यो मात्र बाँड्ने गर्दैनौं ।”
कार्यक्रममा उहाँले प्युर्टो रिकोमाथि भइरहेको उपनिवेशवादी शोषणको पनि चर्चा गर्नुभयो । कार्यक्रम अधिकांश सहभागीहरूका मनमा यही कुरा खेलिरहेको थियो । अबास्कलले ‘क्युवाली क्रान्तिले सधैं प्युर्टो रिकाली जनताले स्वाधीनताको पक्षमा गरिरहेको सङ्घर्षको समर्थन गर्ने’ कार्यक्रममा गडगडाहट ताली सुनिएको थियो ।
कार्यक्रमको आयोजना न्यु योर्क–न्यु जर्सी क्युवा सी कोलिएसनले गरेको थियो । कार्यक्रम न्यु योर्क स्टेट नर्सिङ एसोसियसनको हलमा भएको थियो । कार्यक्रममा सहभागी झन्डै १५० मानिसलाई नर्सिङ युनियनका सभापति जुडी शेरिदन गोञ्जालेजले स्वागत गर्नुभएको थियो ।
संरा अमेरिका र क्युवाबीच भ्रमण व्यवस्थापन गर्ने माराजुल टुर्सका उपाध्यक्ष बब गाइल्डले ५८ वर्षअघि क्युवाली क्रान्तिलाई एक्लो बनाउन वाशिङ्टनले पहिलो पटक थोपरेको राहदानी निषेधबारे प्रकाश पार्नुभयो । उहाँले संरा अमेरिकाले लगाएका अनेकन रोकबीच पनि क्युवा भ्रमण गर्ने अनेकन कानुनी बाटा भएको जानकारी दिनुभयो । कार्यक्रममा आइएफसीओ–पास्टर्स फर पिसका निर्देशक गेयल वाकर, ए कल टु एक्सन अन प्युर्टो रिकोका इड अर्टिज, भेर्सिरिमोस ब्रिग्रेडका बेन रामोस, अल्बर्टो लोभेरा बोलिभारियन सर्कलका विलियम कामाकारो र होन्डुरस नेसनल पपुलर रेसिस्टेन्स फ्रन्टका लुसी पागाओडा क्युसेडालगायतले विभिन्न विषयमा बोल्नुभएको थियो ।
“क्युवाले संरा अमेरिकी सरकारजस्तो भीमकाय शक्तिको सफलतापूर्वक विरोध गरिरहेको छ”, हङकङबाट संरा अमेरिका घुम्न आएका शिक्षक विल्सन एनजीले बैठकमा सुनाउनुभयो । “क्युवाली क्रान्तिले हासिल गरेका उपलब्धि हङकङका जनताको लागि अनुकरणीय छ”, उहाँले भन्नुभयो ।
क्युवाली क्रान्तिको अवसरमा संरा अमेरिकाका सिकागो र मियामी सहरमा पनि विभिन्न कार्यक्रम आयोजना गरियो ।
स्रोतः द मिलिटेन्स
Leave a Reply