हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
सान फ्रान्सिस्को, २२ अगस्ट । संरा अमेरिकाको सान फ्रान्सिस्कोमा एउटा अभियानकर्ता समूहले बुधबार राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाउन माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले ट्रम्पका नीतिहरू असफल भएको भन्दै इन्टरकन्टिनेन्टल सान फ्रान्सिस्को होटलअघि विरोध प्रदर्शन गरेका थिए । उनीहरूले विरोध प्रदर्शन गरिरहँदा होटलमा अमेरिकी सभामुख नान्सी पेलोसी सान फ्रान्सिस्को डेमोक्रेटिक पार्टीको एउटा कार्यक्रममा सहभागी बनिरहनुभएको थियो ।
प्रदर्शनकारीले ट्रम्पविरुद्ध तत्काल अविश्वासको प्रस्ताव राख्न माग गरेका थिए ।
अमेरिकी प्रगतिशील डेमोक्रेट्स (पीडीए) पार्टीको सान फ्रान्सिस्कोका सदस्य सुसन हार्मनले संसदले विशेषाधिकार प्रयोग गरेका विषयमा समेत कार्यकारी आदेश जारी गरेको भन्दै राष्ट्रपतिले कार्यकारी अधिकारको दुरुपयोग गरेको बताउनुभयो । मध्य अमेरिकी आप्रवासीहरूलाई संरा अमेरिकी छिर्न नदिन संरा दक्षिणी सिमानामा पर्खाल लगाउन सैनिक बजेट बढाएको विषयलाई इङ्गित गर्दै उहाँले त्यस्तो प्रतिक्रिया दिनुभएको हो ।
“संसद्ले त्यो काममा बजेट नलगाउन भनेको थियो”, सुसनले भन्नुभयो ।
Leave a Reply