भर्खरै :

प्रस्तावित अन्तर्राष्ट्रियस्तरको रङ्गशाला पीडित जनताको सङ्घर्ष समितिको अपील

बस्ती उठाउन पाइँदैन, भक्तपुरमा रङ्गशाला उपयुक्त होइन
नेपाल सरकारले भक्तपुरको साविक सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडालको पूरै क्षेत्रमा आवास योजना सञ्चालन गरी चित्तपोलको भकारीमूल वा ताथलीको तेडोल र डाँडापाटी वा नंखेल, सिपाडोलको फाँटमा दुई हजार रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने हल्ला चल्यो । त्यसपछिदेखि यस क्षेत्रका पीडित जनता आन्दोलनमा छन् । जनताको विरोध भए पनि केही भूमाफिया र कमिसनखोरहरू कसैको विरोध नभएको झुटा प्रचार गर्दैछन् । कहिले खेलकुद मन्त्रालय र कहिले शहरी विकास मन्त्रालयबाट डीपीआर भएको हवाला दिँदैछन् ।
प्रस्तावित रङ्गशालाको विरोध किन ?
१) अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न राजमार्गदेखि ३ कि.मी. टाढा हुनुपर्नेमा भक्तपुरभित्र त्यस्तो ठाउँ नभएकोले,
२) देशकै सबभन्दा बढी जनघनत्व भएको सानो जिल्ला भक्तपुर भएकोले अन्तर्राष्ट्रियस्तरको रङ्गशालाजस्तो ठूलो संरचना निर्माणले यस क्षेत्रको कृषि भूमि समाप्त भई आश्रित किसानहरू भोकै पर्ने भएकोले,
३) ठूला संरचना निर्माणसँगै बढदो सहरीकरणले खानेपानीको हाहाकार, वायु तथा ध्वनी प्रदूषण भई रोगब्याधी बढ्ने भएकोले,
४) सो क्षेत्रका ५० हजारभन्दा बढी स्थानीयवासी विस्थापित हुने भएकोले,
५) सवारी चाप बढेसँगै पूर्वदेखिको आवागमनसँगै सवारी चाप बढेर सडक जाम हुने र इन्धन र समय बढी खपत हुने भएकोले,
६) यो बजेटले देशभरीका दर्जनौं रङ्गशालाको मर्मत सम्भार गर्र्नु उपयुक्त हुने भएकोले,
७) देशको सन्तुलित विकास गरी तत् तत् स्थानका वासिन्दालाई तत् तत् स्थानमै खेलकुदको पूर्वाधार तयार गर्नुपर्ने भएकोले ।
हाम्रा नाराहरू ः
१) बस्ती उठाउन पाइँदैन – भक्तपुरमा रङ्गशाला उपयुक्त होइन !
२) विश्वासघातीहरू – मुर्दावाद !
३) कमिसन खोरहरू – मुर्दावाद !
४) पीडित जनता – एक होऔँ !
५) कृषि भूमि म्हास्न पाइँदैन – रङ्गशाला चाहिदैन !
८. रङ्गशाला झेल हो – मतियार पोस्ने खेल हो !
९. किसानमारा सरकार मुर्दावाद – पीडित किसान जिन्दावाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *