वाग्मती प्रदेश प्रमुख देवकोटा भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनमा
- जेष्ठ २९, २०८३
भक्तपुर नगरपालिकाद्वारा प्रदान गरिएको जग्गा र आर्थिक तथा अन्य संस्थाहरू समेतको सहयोगमा सञ्चालन भइरहेको भक्तपुर क्यान्सर केयर सेन्टर (हाल भक्तपुर क्यान्सर अस्पताल) मा देशभरिका क्यान्सर रोगका बिरामीहरूको गुणस्तरीय उपचार भइरहेकोमा यो अस्पताल व्यवस्थापन समितिका तत्कालीन पदाधिकारीहरू आर्थिक अनियमितता र भ्रष्टाचारमा संलग्न भएको सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएको सबैमा अवगत नै छ । भ्रष्टाचारविरूद्ध सङ्घर्षरत अस्पतालका चिकित्सक एवम् कर्मचारीहरू, स्थानीय जनता र भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिबाट समेत अस्पतालको सञ्चालन एवम् व्यवस्थापनको जिम्मेवारी भक्तपुर नगरपालिकाले लिनको लागि लिखित अनुरोधपत्र पेश भएको अवस्थामा यसबारे नगरपालिकाले पदाधिकारीहरूलाई पटक—पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।
क्यान्सरजस्तो प्राणघातक रोगको विशिष्ट उपचार हुने संवेदनशील अस्पतालमा व्यवस्थापन समितिका तत्कालीन पदाधिकारीहरूको गैरजिम्मेवारीपन र भ्रष्टाचार कसैको लागि स्वीकार्य हुन सक्दैन । अतः स्थानीय जनप्रतिनिधिको नाताले आफ्नै क्षेत्रभित्रको अस्पतालमा देखिएको समस्यालाई तत्काल समाधान गरी थप व्यवस्थित रूपमा सञ्चालन गर्न तथा बिरामीहरूको स्तरीय उपचार प्रदान गर्ने कार्यमा कुनै बाधा–व्यवधान आउन नदिन अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी एवम् स्थानीय जनताको न्यायोचित आग्रह र आवाजलाई कदर गर्दै यस नगरपालिकाको मिति २०७६ साउन ३० गते बसेको कार्यपालिका बैठकले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन गरेको हो । नगर कार्यपालिकाले नयाँ व्यवस्थापन समिति गठन गर्नुका आधारहरू निम्नानुसार छन् ः
१) भक्तपुर नगरपालिकाले मिति २०५८।१०।२४ गते बसेको नगरपालिकाको बोर्ड बैठकको निर्णयअनुसार क्यान्सर पीडित जनताको लागि सस्तो र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित क्यान्सर केयर सेन्टर (हाल भक्तपुर क्यान्सर अस्पताल) को नाममा साविक भ.न.पा.वडा नं. १७ (ङ) हाल भ.न.पा.वडा नं. १ कि.नं. २२६ क्षेत्रफल ५–४–०–० जग्गा र रू. २० लाख रूपैयाँ प्रदान गरेको थियो । नपाले प्रदान गरेको जग्गा कुनै व्यक्ति वा सङ्घ संस्थालाई भाडामा दिन, हक छाड्न वा हस्तान्तरण गर्न वा बिक्री समेत गर्न नपाउने शर्त उल्लेख भएकोमा सो शर्तविपरीत उक्त जग्गा गैरसरकारी संस्था नेपाल अर्बुद रोग निवारण संस्थाले अनधिकृत रूपले उपभोग गरी आएको देखिएको छ । २०५६ सालदेखि भक्तपुर नगरपालिकाका प्रमुख अस्पताल व्यवस्थापन समितिको उपाध्यक्ष रही आएकोमा बिनासूचना हटाइएको छ ।
२) भक्तपुर नगरपालिकाभित्र घर, टहरा वा कुनै नयाँ संरचना निर्माण गर्दा अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै नेपाल अर्बुद रोग निवारण संस्थाले कानुनविपरीत संरचना निर्माण गरेको सम्बन्धमा नगरपालिकाले कारबाही गरिरहेको छ ।
३) भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र कुनै काम गर्न वा सहयोग गर्न चाहने गैरसरकारी वा अन्तर्र्रािष्ट्रय गैरसरकारी संस्थाहरू अनिवार्य रूपमा नगरपालिकामा दर्ता गरी स्वीकृति लिनुपर्ने व्यवस्था छ । यसबारे पटक–पटक सूचना जारी गर्दासमेत नेपाल अर्बुद रोग निवारण संस्था भनपामा दर्ता गर्न आएको देखिँदैन ।
४) संस्थाको भवन निर्माण ठेक्का र सामान खरिदमा भ्रष्टाचार भएको भनी पटक–पटक सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका छन् ।
५) नगरवासी जनताले समेत उक्त अस्पतालमा भइरहेको बेथितिबारे नगरपालिकाले ध्यान दिनुपर्ने आग्रहसहितको निवेदन मिति २०७६ साउन २९ गते नगरपालिकामा दर्ता गरेका थिए ।
६) अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूले समेत उक्त अस्पतालको ब्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने आग्रहसहितको निवेदन मिति २०७६ साउन ३० गते औपचारिक पत्र दर्ता गरेका थिए ।
७) अस्पतालमा कार्यरत सफाइ मजदुरहरूको विषयमा अस्पतालको तत्कालीन व्यवस्थापन समितिले भरोसा सर्भिसेस् प्रा.लि. महाराजगञ्ज काठमाडौँसँग सम्झौता गरिएकोमा आर्थिक अनियमितता भएको भनी समाचारहरू प्रकाशित भएका छन् ।
८) अस्पतालको हाताभित्र सञ्चालित ल्याब सेवा, फार्मेसी सेवा र सिटी स्क्यान सेवामा खरिद ऐनअनुसार आवश्यक प्रक्रिया पूरा नगरी निजी क्षेत्रलाई मनोमानी ढङ्गबाट जिम्मेवारी दिएको सम्बन्धमा पटक–पटक समाचारहरू प्रकाशित भए ।
९) अस्पतालमा हाल कार्यरत डाक्टर, नर्स र अन्य सेवाका कर्मचारीहरू हाललाई नियमपूर्वक अस्पतालको तर्फबाट नभई नेपाल अर्बुद रोग निवारण संस्थाको तर्फबाट नियुक्ति गरिएको भन्ने सम्बन्धमा छानबिनपछि स्पष्ट हुने नै छ ।
१०) अस्पताल व्यवस्थापन समितिका तत्कालीन पदाधिकारीहरू विभिन्न बहानामा अस्पतालको नाउँमा विदेश भ्रमण गरी अस्पतालको रकम भ्रष्टाचार गरी अस्पतालको प्रतिष्ठामा आँच पु¥याइरहेको गुनासो सम्बन्धित पक्षबाट आएको छ । व्यवस्थापन समितिले छानबिन समिति गठन गरिसकेको हुँदा छानबिन समितिले सत्यतथ्य कुरा सार्वजनिक गर्ने नै छ ।
११) तत्काल नगरपालिकाले कुनै कदम नचालेको अवस्थामा अप्रिय घटना हुनसक्ने सम्भावना भएकोले नगर कार्यपालिकाको बैठकले नयाँ व्यवस्थापन समिति गठन गरेको हो । नयाँ व्यवस्थापन समिति र तत्कालीन अर्बुद रोग निवारण संस्थाका पदाधिकारीहरूबीच सकारात्मक छलफल भइरहेको छ ।
आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले समेत कम शुल्कमा सहज ढङ्गबाट क्यान्सर रोगको उपचार पाऊन् भन्ने नगरपालिकाको चाहना हो । बिरामीको उपचार सेवामा सहजता ल्याउने कार्यमा नयाँ व्यवस्थापन समितिले नीतिगत सहयोग गर्छ । नगरपालिकाले गठन गरेको समितिमा समाजका विभिन्न पक्षका विज्ञहरूलाई समावेश गरेसँगै अस्पताल प्रशासन, चिकित्सक एवम् कर्मचारीहरूमा उत्साह थपिएको छ । बिरामीहरूको उपचार सेवामा प्रभावकारिता आएको छ ।
अस्पताल व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूबाट अस्पताल सञ्चालन, डाक्टर तथा कर्मचारी नियुक्ति, ल्याब, फार्मेसी, सिटी स्क्यान सेवालगायतमा अपारदर्शी ढङ्गबाट निजी क्षेत्रसँग सम्झौता, भवन निर्माण कार्यको ठेक्कामा अनियमितता भएकोलगायतका विषयमा सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न एक छानबिन समिति गठन गरी कार्य थालनीसमेत भएको जानकारी गराउँदछु ।
भक्तपुर क्यान्सर अस्पताल निर्माण एवम् सञ्चालनका लागि भक्तपुर नगरपालिका, विभिन्न सरकारी निकाय र नेपाल क्यान्सर रोग निवारण संस्था, रोटरी क्लब, स्थानीय समाजसेवीलगायत सम्पूर्णको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दछु । साथै आगामी दिनमा अस्पताललाई जनताप्रति उत्तरदायी, पारदर्शी तथा देशकै उत्कृष्ट नमुना अस्पतालको रूपमा स्थापित गर्न सबैको रचनात्मक साथ र समर्थन रहने कुरामा विश्वास व्यक्त गर्दछु ।
(भक्तपुर नगरपालिकाका प्रमुख एवम् भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिद्वारा २०७६ भदौ ६ गते आयोजित पत्रकार भेटघाट कार्यक्रममा वितरीत प्रेश वक्तव्य)
Leave a Reply