भर्खरै :

हिन्दूवादी फासीवादले निम्त्याएको जम्मु–काश्मीरमाथि दमन

बुटवल, ६ भदौ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घप्रति आस्थावान विद्यार्थीहरूको शुक्रबार सिद्धार्थनगरमा भेला सम्पन्न भयो ।
भेलामा नेपालमजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले दृष्टिकोणअनुसार बुझाइ फरक हुने भएकोले विद्यार्थी जीवनबाट नै सही दृष्टिकोण लिनुपर्नेमा जोड दिनुभयो ।
हिन्दूवादी, फासीवादी गलत दृष्टिकोणकै कारण काश्मीरमा अमानवीय दमन गर्ने मोदीलाई भारतीय टीभी च्यानलहरूले जयजयकार गरिरहेको चर्चा गर्दै अध्यक्ष वासीले काश्मिरी जनताको हितको निम्ति विशेष अधिकार खोसेको हो भने त्यहाँ कफ्र्यू लगाउनु पर्ने थिएन भन्नुभयो ।
पाकिस्तान र हिन्दुस्तानभन्दा पहिला स्वतन्त्र भएको काश्मीरका जनतालाई दबाउन नै १२ जना काश्मिरी जनतालाई एकजना भारतीय सेना राखेको चर्चा गर्दै अध्यक्ष वासीले वैदेशिक दमन र हस्तक्षेपविरुद्ध जागरुक हुनुपर्छ भन्नुभयो ।
नेक्राविसङ्घका सुरेश परियार र नेक्रायुसङ्घका हिमलाल पाण्डेको उपस्थितिमा सम्पन्न विद्यार्थी भेलाबाट कृष्ण पोखरेलको संयोजकत्वमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सिद्धार्थनगर नगर समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *