यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नारायण महर्जन, काडमाडौँ
२०४५ भदौ ५ गते बिहान ५ बजे गएको प्राकृतिक भूकम्पले भक्तपुरमा धेरै क्षति पु¥यायो । भूकम्प पीडितको उद्धार कार्यमा राज्यको संलग्नता तत्काल हुनुपर्दथ्यो र राहतको लागि तयारी हुनुपर्ने थियो । तत्कालीन भक्तपुर नगर पञ्चायतले २०४५ साल भदौ ५ गते नै आपत्कालीन बैठक बसी आवश्यक राहतको व्यवस्था गरेको थियो ।
पञ्चायती व्यवस्थाको निर्वाचनमा राष्ट्रिय पञ्चायत होस् या नगर र गाउँ पञ्चायतमा नेमकिपाले स्वतन्त्र ढङ्गले उम्मेदवारी दिंदै आइरहेको र विजय भएपछि इमानदारीपूर्वक र पारदर्शी ढङ्गले काम गरेको थियो ।
जनताको पक्षमा जनतालाई सचेत पार्ने काम पञ्चायतको लागि आँखामा परेको कसिङ्गर सरह भयो । २०४५ मा गएको भूकम्पको निहुँमा राहत वितरणमा पूर्वरापस कर्णप्रसाद ह्योजुलाई अगाडि सारियो । राहत वितरणमा वास्तविक भूकम्प पीडितलाई कुपन नबाँडी आफ्नै मान्छेलाई कुपनको सामान वितरण गर्न लगाइयो । पीडितले ह्योजूलाई जुत्ताको माला लगाई कालो मोसो दली नगर परिक्रमा गराए । राज्य प्रशासनको सुरक्षामा नगर घुमाउँदा स्वस्थ रहेको व्यक्ति भक्तपुरदेखि वीर अस्पतालसम्म पुग्दा मृत घोषित गरियो ।
भदौ ९ गते नै पञ्चायती प्रशासनले का. रोहितलगायत नेमकिपाका नेता तथा कार्यकर्ताहरुको पक्राउ सुरु ग¥यो । भदौ १० गते शव ¥यालीमा तत्कालीन प्रम मरिचमान सिंह, पञ्चायतका मतियारहरूले सडकमा ‘रोहितलाई फाँसी दे’ नारा लगाए । नेमकिपा नष्ट गर्ने षड्यन्त्रको सुरुवात भयो ।
भक्तपुर काण्ड भक्तपुरमा मात्र सीमित रहेन । नेमकिपाको सङ्गठन भएका अन्य क्षेत्रमा पनि पक्राउ सुरु गरियो । कीर्तिपुरको पाँगामा तत्कालीन प्रधानपञ्चको सक्रियतामा नेमकिपाका नेता कार्यकर्तालाई पक्राउ गर्ने, कार्यकर्तामा नैराश्यता र आतङ्कित पार्ने कार्य भदौ ९ गते घटना घटेपछि योजना बुनेको हो ।
भदौ ९ गते घटना भएपछि पाँगामा नियमितरूपले गाईजात्रामा गरिने सांस्कृतिक कार्यक्रम स्थगित गरिएको थियो ।
पाँगामा नेमकिपाका नेता श्रीकृष्ण महर्जनलाई पक्राउ गर्न भदौ १४ गते बिहान ३ बजे पाँगाको चारैतिर सयौं प्रहरीले घर घेरा हाले । त्यतिमात्र होइन घरबाट निस्केर भाग्न सक्ने बाटो र चोकमा समेत प्रहरी तैनाथ थियो ।
चारैतिर प्रहरी तैनाथपछि प्रहरीले श्रीकृष्ण निवासमा ढोका ढक्ढकाए । सबेरै कसले ढोका ढकढक ग¥यो भनेर श्रीकृष्णको काकाले झ्याल खोलेर हेर्दा प्रहरी देखे । काका चतुरमान महर्जन बुद्धिमानी र चलाख हुनुहुन्थ्यो । सीधै ढोका खोल्न नगई श्रीकृष्ण सुतेको कोठामा गई प्रहरी आएको छ, सुरक्षित होऊ भनेर सुरक्षित गरिसकेपछि मात्र ढोका खोल्नुभयो । ढोका खोल्नासाथ प्रहरीहरूले केही सोधपुछ नगरिकन छिँडीदेखि बुइँगलसम्म खानतलासी गरे ।
घरमै सुरक्षित स्थानमा लुक्न सफल भएकोले पक्राउ पर्नुभएन । सुरक्षित पार्ने र प्रहरीलाई अलमल पार्ने काममा श्रीकृष्ण दाईकी श्रीमती अष्टमाया महर्जन (भाउजू) को ठूलो हात रह्यो । सँगैको कृष्ण महर्जनको घरमा समेत खानतलासी गरिएको थियो । सुतेकै अवस्थामा श्रीकृष्णको नाम मिलेको भन्दै कृष्ण महर्जनलाई पक्राउ गरी हनुमानढोका लगियो । तर, सोधपुछको क्रममा अर्कै परेकोले सोही दिन रिहा गरी घर पठाइयो ।
प्रशान्त महर्जन, बासुदेव महर्जनलगायत सक्रिय साथीहरू केही दिन भूमिगत बस्नुभयो ।
यसरी कीर्तिपुर पाँगालगायतका क्षेत्रमा पनि दुःख दिनु र पक्राउ कार्य गर्नुले पनि भक्तपुर काण्ड पञ्चायती राज्यस्तरबाट रचित षड्यन्त्र भएको भन्न सकिन्छ ।
पञ्चायती सरकारले देशभरबाटै नेमकिपालाई नष्ट गर्न खोजेको हो । मानिस पक्राउ हुनसक्छ, मारिन सक्छ तर विचार कहिले मर्दैन भन्ने कुरा प्रतिक्रियावादीले सोचेको छैन ।
तातो रगतले हजारौं जनता उठ्ने नियम पञ्चायतले बुझेन । बलिको बोको ह्योजुलाई बनाइयो । नेमकिपालाई फसाउने षड्यन्त्र नै पञ्चायती व्यवस्थाको अन्त्यको एउटा कारण बन्यो । अहिले पञ्चायती व्यवस्थामात्र होइन देशमा राजतन्त्र समेत अन्य भइसकेको अवस्था छ । नेमकिपाले देशभर भदौ ९ को कालो दिनको संस्मरणमा नेमकिपाले उठाएको समाजवादको झण्डालाई ढाल्न फेरि षड्यन्त्र हुनसक्छ भनेर युवा पुस्तालाई सचेत पार्दै आइरहेको छ ।
Leave a Reply