यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सूर्यमाया मानन्धर ,बनेपा, काभ्रे
वि.सं. २०४५ भदौको कुरा हो । एक्कासी मेरो श्रीमान धर्मलाल मानन्धरलाई पक्राउ गर्न पटक–पटक प्रहरी हाम्रो घरमा आए । भक्तपुरमा घटेको घटनालाई लिएर उहाँलाई पक्रन खोजेको थाहा भयो । घरमा पुरुष कोही नभएको हुँदा प्रहरी घरमा आएपछि घर बाहिर निस्की प्रहरीलाई थुन्ने प्रयास पनि मैले गरँे । तर, प्रहरी हतारिएर निस्किए ।
एक दिन श्रीमानको जन्म दिन भएकोले उहाँ घरमै बस्नुभयो । त्यही दिन बेलुका प्रहरी जबरजस्ती ढोका खोली घर भित्रिन खोजे । उहाँलाई पछाडिको झ्यालबाट भगाएपछि मैले ढोका खोल्न गएँ । त्यसरी ५–६ पटकसम्म प्रहरी प्रशासनले दुःख दियो । त्यसबेला उहाँ नेमकिपा बनेपाका अध्यक्ष र वडा नं. ६ का वडाध्यक्ष हुनुहुन्थ्यो ।
त्यसबेलाका पञ्च, काङ्ग्रेसहरू मलाई हेपेर, हेला गरेर भन्थे, “कति समय लुकेर हिँड्छ, एक न एक दिन त समाति हाल्छ नि !”
एउटा छोरो र अर्काे दूध खाने छोरी तथा सासूआमासँग एक–डेढ महिना पीर लिएर बस्नु परेको थियो ।
पछि बुझ्दा कर्ण ह्योजूलाई बलीको बोको बनाएर सरकारले पक्षपातपूर्ण ढङ्गबाट राहत वितरण गरायो । आफ्नै मान्छेबाट कुट्न दिएको र उपचार नै नगरी सरकारले मारेको थाहा भयो । तब नेमकिपाका नेता तथा कार्यकर्ताहरूलाई विभिन्न जिल्लामा दुःख दिएको भनी थाहा पाएँ । तर, गलत उद्देश्य राखी कार्य गर्नेहरू ढिलो–चाँडो पतन हुँदारहेछन् भन्ने शिक्षा त्यस घटनाबाट मैले लिएँ ।
Leave a Reply