अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
–संविदा अनुरागी
शिक्षाको स्तर वृद्धिसँगै नेपाली समाजको चेतनास्तर बढ्दै गएको छ । तर, पुँजीवादी व्यवस्थाको प्रभावका कारण प्रत्यक्ष र परोक्ष रुपमा मानिस स्वार्थी पनि बन्दै गएका छन् । यतिखेर सूचना–प्रविधिको विकाससँगै धेरै मानिसमा प्रचार वा चर्चाको भोक पनि चुलिएको छ । आज हाम्रो समाजमा को लोकतन्त्रवादी, को राजतन्त्रवादी, को जनवादी वा को समाजवादी वा साम्यवादी हरेक दर्शन र सिद्धान्तका नेता–कार्यकर्तादेखि सर्वसाधारणसम्मलाई यो प्रवृत्तिले नराम्ररी गाँजेको छ । भूमिगत र अर्थभूमिगत पार्टीका केही मानिसलाई छाडेर हरेक राजनीतिक नेता र कार्यकर्ताहरू आफूले गरेका, सहभागी भएका गतिविधिबारे मात्र होइन, गर्न गइरहेको क्रियाकलापबारे समेत सामाजिक सञ्जालहरूमा अग्रीम पोस्ट गर्ने गर्छन् । यसका सकारात्मक र नकारात्मक परिणाम दुवै सम्भव छन् । हुन त यो प्रवृत्ति हिजोका दिनमा पनि थिएन भन्न सकिन्न । तर, त्यत्तिबेला प्रचारमाध्यमहरू सीमित थिए, सीमित व्यक्ति वा शक्तिकेन्द्रको नियन्त्रणमा थियो । आज इन्टरनेटको माध्यमले चल्ने सामाजिक सञ्जालहरू र इ–पोर्टलहरूका कारण प्रविधिको प्रयोगको ज्ञान भएका हरेक व्यक्तिले आफ्नो क्रियाकलाप प्रचार हेतु सार्वजनिक गर्न सक्ने भएका छन् । प्रचारमुखी प्रवृत्ति बढ्नुको कारण भने व्यक्ति स्वयम् मात्र होइन, हाम्रो समाजको ‘बोल्नेको पीठो बिक्ने र नबोल्नेको वासमती चामल पनि नबिक्ने’ प्रचलन वा संस्कार बढी जिम्मेवार हो । प्रचार वा विज्ञापन गर्न सक्ने सामान बिकेजस्तै आज हरेक राजनीतिक वा सामाजिक सङ्घ–सङ्गठनभित्र सदस्यहरूको वास्तविक योगदान र लगनशीलता मूल्याङ्कनभन्दा भन्दा प्रचारमा आउनेलाई विश्वास गर्ने प्रवृत्ति देखिएको छ । सामान्य जनता वा दर्शक र निर्णायकहरूको हेराइमा वा मूल्याङ्कन पद्धतिमा भिन्नता देखिएको छैन । परिणामतः हरेक अघि बढ्न चाहने व्यक्ति आज समाजमा प्रचारको निम्ति, आफ्नै सहकर्मीमाझ चर्चा कमाउनका लागि मरिमेट्न थालेका छन् । तर, यो बढ्दो प्रचारको भोकको प्रवृत्तिले हाम्रो समाजलाई कतातिर डो¥याउला ? वा कहाँ पु¥याउला ? अहिले नै भन्न सकिन्न ।
Leave a Reply