भर्खरै :

हङकङको उपद्रव पछाडि को – को छन् ?

वेई सिनयान र झोङ वेइपिङ
संरा अमेरिकामा चर्केको अकुपाई वाल स्ट्रिट (वाल स्ट्रिट कब्जा गर आन्दोलन), ब्ल्याक लात् म्याटर (कालाहरूको जीवनले फरक पार्छ) वा नेभर ट्रम्प प्रोटेस्टर्स
(ट्रम्पविरोधी प्रदर्शनकारीहरू) का नेताहरूलाई चीनको कोही कूटनीतिक प्रतिनिधिले भेटे वाशिङ्टनको प्रतिक्रिया कल्पना गर्न पनि गाह«ो हुनेछ ।
गत अगस्ट ६ मा हङकङका मिडियाले संरा अमेरिकी राजनीतिक सहचरीले त्यहाँका पृथकतावादी नेताहरूलाई भेटेको दुई वटा समाचार प्रकाशित गरे । हङकङस्थित संरा अमेरिकाको महावाणिज्य दुतावासमा काम गर्ने जुली एडेहले हङकङका विपक्षी नेताहरू मार्टिन ली र अनसन चानसँग भेटेको तस्वीर सार्वजनिक भयो ।
त्यही दिन एडेहले सन् २०१४ मा चलेको अवैधानिक ‘अक्युपाई सेन्ट्रल’ आन्दोलनका नेताहरूमध्ये एक जोशुआ वोङसँग भेटिन् ।
तर, यस्ता समाचार प्रकाशित हुनु धेरै अघि नै हङकङको अवस्था खराब हुँदै जानुमा संरा अमेरिकाको प्रष्ट हात रहेको देखिएको थियो । संरा अमेरिकी नेताहरूले हङकङका विपक्षी नेताहरू ली र जिम्मी लाईलाई भेटेका थिए ।
ती सबै बैठकको मूल उद्देश्य नै हङकङमा अराजकता निम्त्याएका अपराधी कार्यको आगोमा थप पेट्रोल खन्याउनु थियो ।
सन् २०१९ को जुलाई ८ मा जिम्मी लाईले संरा अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा संरा अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग भेटेका थिए ।
चीनले संरा अमेरिकालाई बारम्बार कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गर्दै आएको छ । तर, संरा अमेरिकाले भने आफ्नो ‘हस्तक्षेपकारी हात’ झिक्ने कुनै सुरसार देखाएको छैन ।
प्रदर्शनकारीहरूको सन्देश र त्यसमा संलग्न समूहले यो आन्दोलन वास्तवमा कति शुद्ध छ भन्ने अनेकन प्रश्न उठाएको छ ।
संरा अमेरिकाको समाचार वेभसाइट मिन्टप्रेस न्युजले प्रकाशन गरेको एक समाचारअनुसार हङकङको पछिल्लो उपद्रवमा संलग्न केही समूहलाई संरा अमेरिकाको नेसनल इन्डोमन्ट फर डेमोक्रेसी (एनईडी) बाट उल्लेख्य मात्रामा रकम उपलब्ध गराउँदै आएको छ । नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी ‘संरा अमेरिकी शासन सत्ता परिवर्तनका अनेकन कारबाहीमा महत्वपूर्ण भूमिका खेल्ने अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) को ‘सफ्ट पावर निकाय’ हो ।
एनईडीले आफूलाई गैरसरकारी संस्था दाबी गर्छ । तर, उसको वेभसाइटमा ‘संरा अमेरिकी सरकारलाई सहयोग गर्न विदेश विभागमार्फत संरा अमेरिकी काङ्ग्रेसबाट वार्षिक बजेट प्राप्त हुने’ उल्लेख छ ।
गैरसरकारी संस्थाको रूपमा एनईडीले सरकारी स्तरमा सम्बन्ध नभएको क्षेत्रमा समेत काम गर्ने बाटो दिन्छ । संरा अमेरिकी सरकारले काम गर्न जटिल हुने ठाउँमा एनईडीकै प्रयोग हुने गरेको छ ।
एनईडी र सीआईए
एनईडीको स्थापना सन् १९८३ मा भएको थियो । त्यतिबेला सीआईए निकै बदनाम भइसकेको थियो । अन्तर्राष्ट्रिय राजनीतिक प्रणालीमा संरा अमेरिकी स्वार्थको रक्षा गर्न संरा अमेरिकी सरकारसँग प्रस्ट सम्बन्ध नभएको कुनै एउटा नयाँतरिकाको खाँचो परेको थियो । त्यस्तो परिस्थितिमा एनईडीको स्थापना गरियो ।
एनईडीले आफूलाई स्वतन्त्र र निजी गैरसरकारी संस्थाको रूपमा व्याख्या गर्छ । तर, यसको काम सीआईएका राजनीतिक सत्ता परिवर्तन कार्यक्रम सँभाल्ने हुँदै आएको छ ।
“हामीले यस्तो काम (सत्ता परिवर्तन) लुकाएर गर्नुपर्ने हुन्छ । संसारका विभिन्न प्रजातन्त्र पक्षधर समूहलाई सीआईएको सहयोग प्राप्त हुने गरेको देखिनु निकै भयानक हुन्छ”, एनईडीका प्रमुख कार्ल गे्रसमानले सन् १९८६ मा द न्यू योर्क टाइम्सलाई भनको थिए ।

जिमि लाइसँग अमेरिकी उपराष्ट्रपति माइक पेन्स्


“हामीले ६० को दशकमा त्यो कुरा महसुस ग¥यौँ । त्यसपछि हामीले सीआईएमार्फत त्यस्तो काम गर्न रोक्यौँ । हामीसँग त्यस्तो काम गर्ने क्षमता थिएन, त्यसकारण हामीले इन्डोमेन्ट (एनईडी) स्थापना ग¥यौँ”, उनले भने ।
सन् १९९१ मा द वासिङ्टन पोस्टले एनईडीका अर्का संस्थापक एलन वेनस्टिनको भनाइ प्रकाशित ग¥यो । उनले भनेका थिए, “आजभोलि हामीले जे काम गर्ने गरेका छौँ, आजभन्दा २५ वर्षअघि हामी त्यही काम गोप्यरूपमा सीआईएमार्फत गथ्र्यौँ ।”
एनईडीले केही एसियाली देशको ‘प्रजातान्त्रिकरण’ लाई गरेको समर्थन लुकाउँदैन । आफ्नो वेभसाइटमा उसले लेखेको छः “सन् २०१७ मा इन्डोमेन्टले एसियाका देशहरूलाई प्राथमिकतामा राख्यो । …ती देशमा एनईडी बृहत प्रभाव पार्ने स्थानमा थियो । धेरै वर्षअघिदेखि नै एनईडीको रणनीति तर्जुमा गर्दै त्यस्तो कार्यक्रम हरेक उप–क्षेत्रका प्रमुख देशमा केन्द्रित गरिएको थियो ।
एनईडीको एसिया, मध्यपूर्व र उत्तर अफ्रिका कार्यक्रम हेर्ने तत्कालीन उपसभापति लुइसा ग्रीभले भ्वाइस अफ अमेरिकालाई सन् २०१४ मा एउटा अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वार्तामा बितेका दुई दसकदेखि एनईडीले हङकङमा पैसा खर्च गर्दै आएको र यसरी दिएको अनुदान कूल मिलाउँदा करोडौँ अमेरिकी डलर पुगिसकेको छ । ग्रिभका अनुसार त्यतिबेलादेखि हङकङलाई लगातार सहयोग गर्दै आएको छ ।

मार्टिन ली र एनसन चानसँग संरा अमेरिकी उपराष्ट्रपति जो बोडेन


भ्वाइस अफ अमेरिकाको हङकङमा एनईडीको मूलतः तीन वटा साझेदार सङ्गठनहरू छन् । संरा अमेरिकामा नै रहेको एक्यबद्धता केन्द्र र हङकङ मानवअधिकार अनुगमनले सन् १९९७ देखि नै हङकङको लागि काम गर्दै आएका छन् । उनीहरूले १ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्राप्त गर्दै आएका छन् । त्यस्तै संरा अमेरिकी नेसनल डेमोक्रेटिक इन्स्टिच्युट अर्काे सङ्गठन हो । त्यसले ४ लाख अमेरिकी डलर अनुदान थापिसकेको छ ।
मिन्टप्रिन्ट न्युजले हङकङमा एनईडीले सन् १९९४ देखि नै विभिन्न समूहहरूलाई अनुदान दिंदै आएको थियो । त्यसमध्ये हङकङ मानवअधिकार अनुगमनले सन् १९९५ देखि २०१३ सम्ममा १९ लाखभन्दा बढी अमेरिकी डलर प्राप्त गरेको छ ।
एनईडीको वेभसाइटले सन् २०१८ मा ऐक्यबद्धता केन्द्र (एससी) लाई १ लाख ५५ हजार अमेरिकी डलर, नेसनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडीआई) लाई २ लाख अमेरिकी डलर, हङकङ न्याय केन्द्रलाई ९० हजार अमेरिकी डलर प्रदान गरेको उल्लेख छ । एनडीआईले सन् २०१६ देखि २०१७ सम्ममा ६ लाख ५० हजार अमेरिकी डलर प्राप्त ग¥यो । सन् २०१५–२०१७ सम्ममा एससीले ४ लाख ५९ हजार ८६५ अमेरिकी डलर प्राप्त ग¥यो ।
हङकङसम्बन्धमा एनईडीसँग साझेदारी गरिरहेका तीन वटा संस्थामार्फत एनईडीले सो क्षेत्रका अन्य समूहहरूसँग सम्बन्ध विकास गर्ने गर्दछ ।
रुसको आरटी टीभी नेटवर्कअन्तर्गत जुलाईमा प्रसारण भएको ‘रिक सान्चेजसँग समाचार’ नामको कार्यक्रमको एउटा भागमा एनईडीसँग पैसा लिने र काम गर्दै आएका छ वटा सङ्गठनको नाम खुलासा गरिएको थियो ।
आरटी टीभीले सार्वजनिक गरेका नामः हङकङ मानवीय स्रोत व्यवस्थापन प्रतिष्ठान, हङकङ व्यापार सङ्गठन महासङ्घ, हङकङ पत्रकार सङ्गठन, नागरिक पार्टी, लेबर पार्टी र डेमोक्रेटिक पार्टी । डेमोक्रेटिक पार्टीका संस्थापक अध्यक्ष मार्टिन ली हुन् ।

विपक्षी समूहका नेताहरूसँग एनईडीका अधिकारी


यी सबै सङ्गठन नागरिक मानव अधिकार गठबन्धनका सदस्य हुन् । यो गठबन्धनमा साउथ चाइना मर्निङ पोस्ट र हङकङ फ्रि प्रेसलगायत हङकङका मिडियाहरू पनि सामेल छन् । नागरिक मानवअधिकार गठबन्धन सुपुर्दगी कानुनविरोधी प्रदर्शनका आयोजकहरू भएको बताइन्छ ।
सन् २०१४ मा प्रसारित फक्स न्युज सो ‘डेफकन ३’ सँगको एउटा अन्तर्वार्तामा हडसन इन्स्टिच्युटका वरिष्ठ अध्येता माइकल पिल्सबेरीले भने हङकङका राजनीतिक विषयमा संरा अमेरिकाले केही प्रभाव जमाएको बताएका थिए ।
“हामीले एनईडीमार्फत लाखौँ डलर पैसा खर्च गरेका छौं । …हङकङको विरोधमा संरा अमेरिकाले भूमिका खेलिरहेको भन्ने चीनको दाबी पूर्णतः झुठ होइन …”, उनले भने ।
हङकङमा अहिले चालू प्रदर्शनका आयोजकलाई आफ्नो गठबन्धनका केही सदस्यको एनईडीसँगको सम्बन्धबारे थाहा नभएको हुनसक्छ । सन् २०१४ मा भ्वाइस अफ अमेरिकासँगको अन्तर्वार्तामा ग्रिभले भनेका थिए कि कार्यकर्तालाई एनईडीसँग सहकार्य गर्नुपछाडिको खतराबारे थाहा छ । तथापि उनीहरू ‘अन्तर्राष्ट्रिय सहकार्य वैधानिक भएको’ तर्क गर्ने गर्छन् ।
गत मार्च महिनामा संरा अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले एनसन चान र विपक्षी सांसद चाल्र्स मोक र डेनिस क्वोकलाई वासिङ्टनमा भेटेका थिए । त्यसको दुई महिनापछि लीले संरा अमेरिका भ्रमण गरिन् । सो क्रममा उनले माइक पम्पेओसँग भेटिन् । उनले एनईडीले आयोजना गरेको एउटा कार्यक्रममा पनि सहभागिता जनाइन् ।
गत महिनाको सुरुमा हङकङका विपक्षी नेता लाईले संरा अमेरिकी नेताहरू पेन्स, पम्पेओ, राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र केही रिपब्लिकन सिनेटरहरूलाई भेटिन् । सन् २०१४ मा गैरकानुनी ‘अकुपाई सेन्ट्रल’ अघि पनि उस्तै खालको घटनाक्रम भएको थियो ।
सन् २०१४ को अप्रिलमा वाशिङ्टनमा ग्रिभसँग ‘अकुपाई सेन्ट्रल’ आन्दोलनको योजनाबारे छलफल गरेका थिए । सो क्रममा उनीहरूले ग्रिभलाई आन्दोलन, त्यसका प्रमुख खेलाडी, मुद्दा र मागबारे जानकारी दिएका थिए ।
दुई दिनपछि, मार्टिन ली र एनसन चानले संरा अमेरिकी उपराष्ट्रपति जोए बिडेनसँग भेटेका थिए ।
अमेरिकी इतिहासकार विलियम ब्लमले एनईडीको विषयमा व्याख्या गर्दै नामभन्दा ठीक उल्टो काम गर्ने सङ्गठन भनेका थिए । त्यसले संसारभर हस्तक्षेपको काम कहिल्यै नछोडेको उनको भनाइ थियो । एनईडीले संसारभर ‘रङ्गिन क्रान्ति’ उछाल्न प्रजातन्त्रलाई हतियारको रूपमा प्रयोग गर्ने गरेको छ ।

माइक पेन्ससँग एनसन चान


द साउथ चाइना मर्निङ पोस्टले एनईडीले ‘मजदुर सङ्गठन, राजनीतिक समूह, विद्यार्थी क्लब, नागरिक समूह र अन्य सङ्गठन’ लाई हरेक वर्ष १७ करोडभन्दा बढी अमेरिकी डलर खर्च गर्ने गरेको बताएको छ ।
सन् १९८० को दशकमा एनईडीले चेकोस्लाभाकिया, हंगेरी, रोमानिया र बुल्गेरियामा ‘सत्ता परिवर्तन’ को लागि आन्दोलन गर्न ‘प्रजातान्त्रिक शक्ति’ लाई पैसा दिएको सन् १९९१ मा वाशिङ्टन पोस्टले लेखेको छ ।
“हालसालै मात्र एनईडीले मङ्गोलिया, अल्बानिया, बुल्गेरिया र स्लोभाकियाका चुनावमा प्रभाव पार्न खोज्यो । साथै युक्रेन, बुल्गेरिया, मोल्डोभा, जर्जिया, सर्बिया, कोसोभो र बोस्निया–हर्जगोभिनामा रुसविरोधी आन्दोलन गर्न पैसा खर्च ग¥यो”, ब्राउन विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय तथा सार्वजनिक मामिला विशेषज्ञ स्टिफेन किनजरले भने । उनले एनईडीको खास नाम ‘नेसनल इन्डोमेन्ट फर एटाकिङ डेमोक्रेसी’ हुनुपर्ने भनी व्यङ्ग्य गरे । एनईडीले चीनको सिन्च्याङ उइगुर र तिब्बतको स्वशासित क्षेत्रमा क्षेत्रीय स्थायित्व बिथोल्न त्यहाँका तथाकथित ‘नागरिक समूह’ लाई पैसा दिएको थियो ।
चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका विज्ञ झाङ कोछिनलले एनईडी संसारभर ‘रङ्गीन क्रान्ति’ को योजना बनाउने पुरानै हात भएको बताए । “विशेषतः मध्य एसिया, मध्यपूर्व र दक्षिण अमेरिकामा उसले यस्तो काम गर्दैै आएको छ । संरा अमेरिकाको लागि त्यस्ता ‘क्रान्ति’ राज्यसत्तालाई झुकाउने प्रमुख राजनीतिक हतियार बन्दै आएको छ”, झाङले भने ।
उसले संसारभर प्रजातन्त्र रक्षाको दाबी गर्दै हिँड्छ । तर, अरू देशलाई निशाना बनाएर उसले संरा अमेरिकी करदाता जनताको करको दुरूपयोग गरिरहेको छ ।
स्रोतः चाइना डेली
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *