अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाविरुद्ध कडा आर्थिक दबाब कायम राख्न कुनै कसर बाँकी राखेका छैनन् । उनले अमेरिकी कानुनी क्षेत्रमा रहेका भेनेजुयाली निकायहरूका सम्पत्ति नियन्त्रण गर्न र कारोबार रोक्न असङ्ख्य कार्यकारी आदेशहरूमा सही गरेका छन् । भेनेजुयलाका ठूला आर्थिक प्रतिष्ठानहरू जस्तो भेनेजुयलाको केन्द्रीय बैङ्क र राज्यको स्वामित्वमा रहेको तेल कम्पनी पीडिभीएसएलगायत सयौँ कम्पनी र प्रतिष्ठानहरूलाई प्रतिबन्धको सूचीमा पारिएको छ ।
अहिले वासिङ्टनले भेनेजुयलासित व्यापारिक कारोबार गर्ने र समर्थन गर्ने विदेशी नागरिक, कम्पनी र प्रतिष्ठानहरूमाथि समेत प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
एक राजनीतिक र आर्थिक नाकाबन्दी
संरा अमेरिकाले भेनेजुयलाविरुद्धका प्रतिबन्धहरूलाई पूर्ण नाकाबन्दीको स्तरमा लगिसकेको छ । हुन त घोषणाहरूमा नाकाबन्दीलाई कार्यान्वयन गर्नका लागि तुरुन्तै अमेरिकी जलसेना समुद्रमा तैनाथ गर्ने उल्लेख छैन तर वासिङ्टनले क्यारिबियाली सागरमा अमेरिकी जलसेनाको गस्ती उल्लेख्यरूपमा बढाएको छ । वासिङ्टनले कडाइपूर्वक नै अन्य देशहरूलाई भेनेजुयलासित कुनै पनि परिमाणको व्यापार नगर्न दबाब दिइरहेको छ ।
संरा अमेरिकाले अहिले भेनेजुयला सरकार, त्यहाँका वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानहरूसित सम्बन्ध राखिरहेका र कारोबार गरिरहेका स्वदेशी (अमेरिकी) वा विदेशी कुनै पनि व्यापारिक सङ्गठन, कम्पनी वा प्रतिष्ठानहरूमाथि प्रतिबन्ध लगाउने धम्की दिइरहेको छ । “डोनाल्ड ट्रम्प भन्छन् कि उनी भेनेजुयलामाथि पूर्णस्तरको प्रतिबन्ध लगाउनेबारे सोचिरहेका छन्, त्यसको अर्थ कुनै पनि मालबाहक आउन र जान सक्दैनन् । यो नाकाबन्दी हो ।” भेनेजुयाली राष्ट्रपति निकोलस माडुरोले भने ।
“अपराधी साम्राज्यवादले भेनेजुयलालाई झुकाउन सक्नेछैन । भेनेजुयलाको समुद्र सधैँ स्वतन्त्र, सार्वभौम र स्वाधीन रहनेछ । हामी त्यहाँ निर्वाधरूपमा जहाज चलाउनेछौँ र हामीले चाहेको दिशामा जानेछौँ । यदि हामीमाथि नाकाबन्दी लगाउन चाहेको हो भने युद्धका निम्ति तयार होऊ ।” – माडुरोले भने ।
अगस्त ५ का दिन घोषणा गरिएको नयाँ प्रतिबन्धले संरा अमेरिकामा रहेका सबैजसो सम्पत्ति रोक्का भएका छन्, दुई देशबीचका सबै कारोबारहरूमा प्रतिबन्ध लगाइएको छ । संरा अमेरिकामा रहेका र अमेरिकी वित्तीय प्रणाली प्रयोग गरिरहेका सबै राष्ट्रिय, अन्तर्राष्ट्रिय र निजी सङ्गठनहरूलाई भेनेजुयलासित गर्न लागेका र गरिरहेका सबै व्यापारिक कारोबार स्थगन गर्न निर्देशन गरिएको छ ।
भेनेजुयला कतिको प्रभावित बन्नेछ ?
भेनेजुयलाको कुरा आउनेबित्तिकै मूलधारका भनिने पुँजीवादी सञ्चारमाध्यमहरूले उही पुराना झूटा र भ्रामक समाचार दोहो¥याउने गर्छन् । भेनेजुयला चरम सङ्कटमा फसेको र त्यहाँका जनता बाँच्नै नसकिने अवस्थामा पुगेको चित्र प्रस्तुत गर्ने गर्छन् । त्यसै हो भने भेनेजुयलामा तिनीहरूले भनेजस्तै चरम सङ्कट (मानवीय सङ्कट) उत्पन्न भएको पनि आठ महिना भइसक्यो, त्यसैका कारण मानिसको मृत्यु भएको खबर किन आएका छैनन् ? पश्चिमा सञ्चारमाध्यमले प्रचार गरेजस्तै भेनेजुयाली जनता सरकारबाट आहत भएको हो भने किन लाखौँ लाख जनता यही सरकारको (राष्ट्रपति माडुरोको) समर्थनमा सडकमा उत्रिरहेका छन् ?
टेलिसुर विश्लेषण
संरा अमेरिकाले साथ दिएका विपक्षी नेता ह्वान ग्वाइडोको आह्वानमा निस्कने विपक्षीहरूको जुलुसको तुलनामा सरकारको समर्थनमा निस्कने जुलुसमा मानिसहरूको सहभागिता कयौँ गुणा ठूलो छ । यी तथ्यका प्रकाशमा यो स्पष्ट छ कि भेनेजुयाली सरकार सही छ र त्यसले भनेझैँ वासिङ्टनका पछिल्ला प्रतिबन्धका कदमहरू भेनेजुयलाका जनताविरुद्ध लक्षित छन् ।
संरा अमेरिकाले आफ्नो आक्रमणको दायरा फराकिलो बनाउँदै लगेको छ र सरकार, सरकारी प्रतिष्ठानमात्र नभई निजी कम्पनीहरूलाई पनि धम्की दिइरहेको छ । भेनेजुयलाका निजी कम्पनीहरूसित कारोबार गरिरहेका संरा अमेरिकी निजी कम्पनीहरूसित कारोबार गरिरहेका संरा अमेरिकी र विदेशी निजी कम्पनीहरूलाई समेत आफ्नो व्यापार–व्यवसाय गरेकै आधारमा दण्डित हुनुपर्ने खतरा देखिएको छ ।
माडुरोको प्रतिक्रिया र अन्तर्राष्ट्रिय मध्यस्थता
आर्थिक नाकाबन्दी विरुद्धको ¥यालीमा राष्ट्रपति माडुरोले भेनेजुयालीहरूसित बढ्दो विदेशी दबाबलाई वास्ता नगरी सामाजिक समस्याहरू समाधानका लागि तेलको उत्पादनमा उल्लेख्य वृद्धि गर्न आह्वान गरे ।
यसैबेला भेनेजुयलाले बृहत् ज्ञापन अभियान थालेको छ । त्यस हस्ताक्षर सङ्कलन अभियानले बहुमत भेनेजुयाली जनता संरा अमेरिकी नाकाबन्दीको विरोधमा रहेको देखाउनेछ । त्यसमा कम्तीमा पनि १ करोड ३० लाख मानिसले हस्ताक्षर गर्ने अनुमान छ । जुन भेनेजुयलाको कूल मतदाता सङ्ख्याको ८० प्रतिशत बराबर हुन आउँछ ।
आयोजकहरूका अनुसार उक्त अभियानको उद्देश्य सूचनाको अवरोधलाई चिर्ने, आर्थिक नाकाबन्दीको परिणामहरूका बारेमा जानकारी गराउने र भेनेजुयाली जनताविरुद्ध पश्चिमाहरूले लगाएका अन्य प्रतिबन्धहरूबारे बताउने नै हुन् ।
भेनेजुयाली समाजका पश्चिमापरस्त तत्वहरूमाथि कडाइ पनि सुरु भएको छ । भेनेजुयाली राष्ट्रिय संविधानसभाले विपक्षी नियन्त्रित राष्ट्रियसभाका थप चार सदस्यहरूलाई पदमुक्त गरेको छ । तिनीहरूमध्ये तीन जनामाथि देशद्रोहको मुद्दा लगाइएको छ भने चौथो एकजनालाई अप्रिल ३० को दिन भएको सत्ता विप्लवको दुष्प्रयासमा सामेल भएकोमा मुद्दा चलाइएको छ । हालसम्म राष्ट्रियसभाले २० जना विपक्षी सांसदलाई विभिन्न अभियोगमा पदमुक्त गरिसकेको छ ।
यसैबीच कयौँ अन्तर्राष्ट्रिय छलफलहरू अगाडि बढेका छन् । अगस्त ८ का दिन सरकार र विपक्षीबीच पेरुको राजधानी लिमामा वार्ता भयो तर कुनै निर्णय हुन सकेन ।
लिमामै भएको भेनेजुयलासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पनि कुनै निष्कर्षमा पुग्न सकेन, न संरा अमेरिकी नाकाबन्दीको विरोधमा वा अरू कुनै औपचारिक सम्झौताका बारेमा कुनै सहमतिमा पुग्यो, सम्मेलन कुनै संयुक्त घोषणाविना नै अन्त भयो ।
पेरुका विदेशमन्त्री नेस्टर पोपोलिजिओले उक्त कार्यक्रमको सार प्रस्तुत गर्दै भने – “सम्मेलनमा संरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनसहित झन्डै ६० देशका प्रतिनिधि सहभागी रहे । सम्मेलनमा संरा अमेरिकी नाकाबन्दी, संरा अमेरिका र भेनेजुयलाका एक अर्का माथिको धम्की र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनका बारेमा छलफल भए ।”
सत्ता विप्लवको प्रयास
गत जनवरीमा संरा अमेरिकाले सजिलै सत्ता विप्लव गर्ने कोसिस ग¥यो । जनवरी २१ देखि वैधानिक राष्ट्रपति निकोलस माडुरोको विरोधमा प्रदर्शन सुरु गरायो । त्यसैबीच जनवरी २३ का दिन राष्ट्रियसभाका अध्यक्ष ह्वान ग्वाइडोले गैरसंवैधानिक र गैरकानुनी तवरले विरोध प्रदर्शनकै बीच सडकमै आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरे । संरा अमेरिकासहित पश्चिमा देशहरूले ग्वाइडोलाई भेनेजुयलाको नयाँ राष्ट्रपतिको मान्यता दिए ।
सत्ता विप्लवको प्रयासपछि माडुरोले खुलारूपमै ग्वाइडोलाई संरा अमेरिकाको कठपुतली भने । रसिया, टर्की, चीन, इरान, क्युवा, निकारागुवा, बोलिभियालगायत विश्वका बहुसङ्ख्यक देशहरूले वैधानिक राष्ट्रपति माडुरोप्रति नै समर्थन रहेको जनाए ।
त्यसपछि जनवरी २८ देखि संरा अमेरिकी सरकारले भेनेजुयाली तेल कम्पनी पीडीभीएएसमाथि प्रतिबन्ध लगाई त्यसका सबै सम्पत्ति, बैङ्क खाता र चालू कारोबार गरी ७ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति कब्जा ग¥यो र त्यस कम्पनीसित कारोबार गर्न बन्देज लगायो ।
मित्रहरू
भेनेजुयलासित कारोबार गर्ने भेनेजुयलाका पक्षधरहरू/मित्रहरू संरा अमेरिकी प्रतिबन्धहरूदेखि डराएका छैनन् भनी वासिङ्टनले हेक्का नै राखेन । किनभने, संरा अमेरिकी प्रतिबन्ध तिनीहरूले यसअघिदेखि नै व्यहोरिरहेका थिए । यो कुरा रुस, टर्की, चीन, क्युवा, इरान, निकारागुवा, बोलिभिया सबैका हकमा लागू हुन्छ । अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपको आरोपमा रुसी कम्पनीहरूमाथि पहिल्यै प्रतिबन्ध लगाइएको छ । त्यस्तै टर्कीले रसियाली एस ४०० प्रतिरक्षा प्रणाली खरिद गरेपछि टर्कीमाथि प्रतिबन्ध लगाइएको छ । चीनसित चालू व्यापार युद्ध र हुवावे तथा जेडटीईको काण्डदेखि अघोषित प्रतिबन्ध लागू छ । ल्याटिन अमेरिकाका समाजवादी र प्रगतिशील सरकार भएका देशहरू त निरन्तर अमेरिकी प्रतिबन्धमा पर्दै आएका हुन् ।
भेनेजुयाली सरकारले कम्तीमा पनि यी सबै देशहरूसित कारोबार गरिरहेको छ र युरोप तथा एसियाका कयौँ अरू देशसित व्यापार सम्बन्ध चालू छ । उदाहरणका लागि रुस भेनेजुयाली तेलको मुख्य आयातकर्ता बन्ने अवस्था देखिएको छ ।
भेनेजुयलाको आन्तरिक मामिलामा संरा अमेरिकी हस्तक्षेपको विरोध गरेको चीनले अहिले भेनेजुयलाको तेल उत्पादन बढाउन एउटा महत्वपूर्ण परियोजना अगाडि बढाएको छ । त्यसअनुसार हलुका प्रज्जवलनशील वस्तु मिसाएर भेनेजुयलाको ग¥हुँगो तेललाई हलुका बनाउने प्रशोधन केन्द्रहरू निर्माण गरिँदैछ । यो परियोजनालाई भेनेजुयलाको पीडीभीएसए र चीनको सीएनपीसीको संयुक्त परियोजनाको रूपमा सिनोभेन्सा (Sinovensa) भनिएको छ ।
निष्कर्ष
भेनेजुयलामा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा कयौँ महत्वपूर्ण घटनाहरू भइरहेका छन् । अमेरिकी प्रतिबन्धहरूलाई राष्ट्रपति माडुरोको स्थिति खस्काउने, एकीकृत भेनेजुयाली समाजवादी पार्टीलाई कमजोर बनाउने र भेनेजुयलाको राष्ट्रियसभामा विपक्षीहरूको पकड बलियो बनाउने रणनीतिका रूपमा पनि हेरिएको छ । संविधानसभाले राष्ट्रियसभाको निर्वाचन यसै वर्षभित्र वा २०२० को पूर्वाद्र्धमा गराउने सम्भावना छ ।
यसले भेनेजुयलाको आगामी निर्वाचनमा संरा अमेरिकाले ‘राम्ररी’ नै हस्तक्षेप गर्ने र त्यसको थालनी अहिले नै गरिसकेको देखाउँछ ।
जुलाई महिनामै राष्ट्रपति निकोलस माडुरोले देश राष्ट्रियसभाको निर्वाचनका लागि तयार रहेको घोषणा गरिसकेका थिए ।
भेनेजुयला निश्चय पनि गम्भीर सङ्कटको बीचबाट गुज्रिरहेको छ तर यो सङ्कटबाट पार लाग्नै नसकिने होइन । भेनेजुयलाको अािर्थक सङ्कट समाधान गर्न युरोसियन एकता प्रक्रिया वा युरोप र एसियाका साम्राज्यवादविरोधी शक्तिहरूसितको बलियो सम्बन्ध सहयोगीसिद्ध बन्दै गएको छ ।
(US:Already Interfering in Upcoming Venezuelan Elections)
– Telesur-United World International-mrs.
15 August 2019,
अनुवाद ःप्रकाश
Leave a Reply