भर्खरै :

दधिकोटमा कार्यकर्ता भेला

भक्तपुर, १५ भदौ । नेपाल मजदुर किसान पार्टीले शनिबार दधिकोटमा कार्यकर्ता भेला गरी २०४५ को भक्तपुर काण्डको भत्र्सना ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाको विरोध गर्ने कोही कम्युनिस्ट हुननसक्ने धारणा राख्नुभयो ।
उहाँले नेमकिपाले देश र जनताको पक्षमा काम गर्दा तथाकथित कम्युनिस्टहरू अत्तालिने गरेको भन्दै पुँजीवादी व्यवस्थाले हार खानैपर्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सुर्यभक्त त्वातीले नेमकिपाको सातौं महाधिवेशनले पार्टीमा नयाँ जोश र जाँगर थपिने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य हरिसुन्दर सुवाललगायतले आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *