अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
– दीपक बोहरा
तुलसीपुर, १५ भदौ । विज्ञहरूको एक टोलीले अनुगमन गरेर २०२८ सालमै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मा पेट्रोल खानी रहेको दाबी गरेको थियो । केही समयअघि मात्रै देउखुरीको राप्ती नदी बगरमा पेट्रोलियम पदार्थ रहेको पत्ता लाग्यो । खोजी गरिए दाङका अन्य ठाउँहरूमा पनि पेट्रोल खानी हुनसक्ने विज्ञहरू औँल्याउँछन् । यस विषयमा राज्यको ध्यान पुग्न सकेको छैन ।
विसं २०७२ मा भारतले नाकाबन्दी गरेका बेला उक्त पेट्रोल खानीबाट पेट्रोल निकाल्ने चर्चा चलेको थियो तर, काम भने भएन । धेरै वर्ष पहिले पेट्रोल खानी भएको निष्कर्ष विज्ञहरूले निकालिसकेको भए पनि अहिलेसम्म उत्खनन्को प्रयास कतैबाट पनि नहुनु दुःखद भएको नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मी बताउनुहुन्छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बखरियामा रहेको पेट्रोल खानी उत्खनन् गर्न केन्द्रीय सरकारसँग सहकार्य गर्ने बताउँदै आउनुभएको छ । स्थानीय बासिन्दाका अनुसार खानी तथा भू–गर्भ विभागले २०२८ सालमा उत्खनन् गर्दा बखरियामा ९५ प्रतिशत पेट्रोल भएको प्रमाणित भएको थियो । सोही तथ्यलाई आधार मान्दै बखरियाको पेट्रोल खानीका जानकार स्थानीय जेष्ठ नागरिक हरिभक्त भण्डारीले तत्कालीन समयमा भारतको दबाबमा रोकिन पुगेको पेट्रोल खानीको उत्खनन् पुनः थाल्न माग गर्दै आइरहनुभएको छ । दाङको तुलसीपुरबाट झण्डै १२ किलोमिटर दक्षिणमा रहेको बबई किनारको उक्त बखरिया गाउँमा खानी भएको प्रमाणित भएपछि ३० को दशकमा त्यहाँ दुईवटा अत्याधुनिक भवनहरू निर्माण गरी मेसिनसमेत जडान गरिएको थियो । उक्त खानी उत्खनन्मा विशेष भूमिका निर्वाह गर्नुभएका भण्डारी त्यो बेला खानीबाट पेट्रोलको ग्यास निस्किएको जानकारी दिनुहुन्छ ।
“विसं २०२८ मा खानी उत्खनन् गर्दा पेट्रोलमा पाइने तत्व फेला परेको थियो,” उहाँले भन्नुभयो । उत्खनन्को क्रममा खानीबाट निस्केको पानीले जमीन र हरियो घाँस डढ्ने गथ्र्यो । भण्डारीका अनुसार खानी खन्ने क्रममा बखरिया आसपासको क्षेत्रमा ग्यास खानी रहेको पत्ता लागेको प्रविधिज्ञहरूले बताएका थिए । अनुसन्धानका क्रममा उरहरीको क्वाङखोलाबाट सुकौराको पूर्वी इनारसम्म ग्यास खानीको सम्भावना औँल्याइएको बखरिया निवासी ७९ वर्षीय भूपाल बस्नेतले जानकारी दिनुभयो । बस्नेत बखरियामा पेट्रोल उत्खनन्का लागि निर्मित गोदामको प्रमुख भएर १५ वर्षसम्म काम गरेका व्यक्ति हुनुहुन्छ ।
उहाँले भन्नुभयो, “फेरि पनि यसको उत्खनन्मा राज्यले ध्यान दिन जरुरी छ । उरहरीको सुकौरास्थित प्राकृतिक जरुवाको पानीमा जापानी इन्जिनियरहरूले परीक्षण गर्दा आगो लागेको आफ्नै आँखाले देखेको हुँ ।” पेट्रोल खानीका लागि प्राविधिक टोलीसँगै आफूले काम गरेको जानकारी दिने बस्नेतले भन्नुभयो, “तत्कालीन समयमा पेट्रोल उत्खनन् मेसिनका प्रमुख श्यामकृष्ण खड्काले ‘मलाई तिमीहरू त भाग्यमानी रहेछौँ, तिम्रो घरको आँगनमै पेट्रोल निस्कने भयो’ भनेको आजै जस्तो लाग्छ ।” दाङमा कोइलाखानी चालु छ । सिमेन्टका लागि आवश्यक चुन ढुङ्गाको भण्डार छ । देउखुरीमा सुन खानीको उत्खनन् जारी छ । तामा खानीको पनि सम्भावना भएकाले बबईको समथर भू–भाग बखरियामा पेट्रोल खानीको प्रवल सम्भावना रहेको भू–गर्भ विद्हरू बताउँछन् ।
विसं २०३० को दशकमा साबिक दाङ फूलबारी–६ बखरियास्थित पेट्रोल खानी उत्खनन् भइरहेको स्थानको निरीक्षण र अवलोकन गर्न राजा वीरेन्द्र पनि बखरिया पुग्नुभएको थियो । उहाँले उत्खनन्मा खटिएका प्रविधिज्ञहरूसँग सोधपुछपछि स्थानीय बासिन्दालाई बधाई दिनुभएको थियो । आफ्नो बस्तीमा खानी सञ्चालनमा आउने कुराले बखरियावासी खुसी बनेका थिए तर, भारतले पटक–पटक नेपाललाई पत्राचार गरी उत्खनन् रोक्न दबाब दिएको जानकारहरू बताउँछन् ।
जेष्ठ नागरिक भण्डारीका अनुसार दाङको बखरियामा पेट्रोल खानी सफल भए भारतको उत्तर प्रदेशको खानीलाई असर पर्ने भन्दै काम रोक्न दबाब आएको थियो । पटक–पटकको पत्राचारपछि पनि उत्खनन् नरोकिएपछि भारतले रुपैडिया नाकामा नाकाबन्दी गरेको भण्डारी सम्झनुहुन्छ । जानकारहरू भन्छन्, “खन्ने मेसिनका लागि आवश्यक इन्धनको अभाव भयो । दाङ र बाँकेमा इन्धनको अभाव सिर्जना गरियो । सोही समयमा खानी खन्ने जिम्मा लिएको भारतीय कम्पनीले मेसिनको ड्रिल फस्यो भन्दै काम रोके ।” खानीको काम नाटकीय ढङ्गले रोकिएपछि तत्कालीन खानी तथा भू–गर्भ विभागका विभागीय प्रमुख दिनेश भट्टराईले स्थानीयवासीहरूसँग खानी सफल हुन नदिन ठूलो षड्यन्त्र भएको दुखेसो पोखेको स्थानीयवासी देवीराम कुसारीले बताउनुभयो । उहाँका अनुसार रोकिएको उत्खनन् फेरि सञ्चालन हुने आशामा खानी उत्खनन्का लागि ल्याइएका औजार, मेसिन तथा सामग्री १५ वर्षसम्म बखरियाको गोदाममा राखिएको थियो ।
विसं २०२७ मा पेट्रोल खानी उत्खनन्मा सहयोग पुगोस् भनेर स्थानीयवासी भूपाल बस्नेत र उहाँका बुबा नरबहादुर बस्नेतले तत्कालीन उरहरी गाउँ पञ्चायतका प्रधानपञ्च ईश्वरीप्रसाद उपाध्यायको आग्रहमा आफ्नो जग्गा खानीको नाममा नामसारी गरिदिनुभएको थियो । त्यसको लगतै जापानबाट झिकाइएका इन्जिनियरहरूसँगै खानी तथा भू–गर्भ विभागको टोलीले बखरियामा आएर उत्खनन्को काम सुरु गरेको थियो । अस्थायी र स्थायी संरचना पनि निर्माण गरिए तर, नाटकीय ढङ्गले सबै काम रोकिन पुग्यो । त्यो बेला करीब एक हजार ५०० फिट जमिनमुनि खनेर खानी रहेको निष्कर्ष निकालिएको थियो ।
रासस
Leave a Reply