भर्खरै :

बुटवलमा महाधिवेशनको तयारी

बुटवल, १५ भदौ । असोज ३ देखि ५ गतेसम्म हुने नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न रूपन्देहीमा पनि तयारी सुरु भएको छ । शनिबार बुटवलमा नेमकिपा रूपन्देहीले सातौँ महाधिवेशनको तयारीबारे छलफल ग¥यो ।
छलफलमा नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले समाजवादी प्रचार अभियानको कक्षाको रूपमा अगाडि बढाइएको नेमकिपाको सातौँ महाधिवेशन सफल पार्न कार्यकर्ताहरू अझ बढी सक्रियतापूर्वक खट्नुपर्नेमा जोड दिनुभयो । ‘कम्युनिस्ट’ नामको ओली सरकारको अकर्मण्यताको कारण व्यापक जनतामा असन्तुष्टि रहेको र भारतीय विस्तारवादले काश्मीरमा थिचोमिचो गरेको बेलामा आयोजित सातौँ महाधिवेशनले नयाँ सन्देश दिने चर्चा गर्दै अध्यक्ष वासीले एसिया प्यासिफिक रणनीतिको नाममा संरा अमेरिकाबाट ५० करोड डलर पाउन ओली सरकारले चीन र प्रजग कोरियासँगको सम्बन्ध बिगार्न खोजेको छ भन्नुभयो ।
नेमकिपाको देशभक्ति र इमानदारीपूर्वक जनताको सेवा गर्ने राजनीतिबाट अत्तालिएका प्रतिक्रियावादी तथा दलाल पुँजीपति शासकहरूले अहिले पनि नेमकिपाविरुद्ध भ्रम छरिरहेको बताउँदै अध्यक्ष वासीले नेमकिपालाई समूल नष्ट गर्न रचिएको २०४५ को भक्तपुर काण्डबारे नयाँ पुस्तालाई सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
यसअघि भैरहवामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सिद्धार्थनगर समितिद्वारा आयोजित वक्तृत्वकला अभ्यास कार्यक्रममा अध्यक्ष वासीले नेपाल–भारत सीमा नियमित नहुँदा सीमा क्षेत्रका जनताले दुःख पाएको स्पष्ट पार्नुभयो । नेपाल–भारत सीमा नियमित गरे रोटीबेटीको सम्बन्ध झन् व्यवस्थित हुने चर्चा गर्दै अध्यक्ष वासीले खुला सीमा हुँदा सीमा क्षेत्रमा चोरी, डकैटी र तस्करी हुने गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ रूपन्देहीका अध्यक्ष हिमलाल पाण्डेले विद्यार्थी जीवनमै अतिरिक्त रचनात्मक क्रियाकलापमा भाग लिन सके व्यक्तित्व विकासमा निखार आउँछ भन्नुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *