कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
नेपाल क्रान्तिकारी किसान संघ मध्यपुर नगर समितिको आयोजनामा नगदेशमा व्यवसायिक किसानहरुको भेला सोमबार भयो ।
भेलामा नेक्राकिसंघका केन्द्रीय अध्यक्ष एवं सांसद डिल्ली काफ्लेले हिजो पूँजीवादीहरुसँग मिलेर सामन्तवादलाई सिध्याए जस्तै अहिले पूँजीवादलाई खतम गरी समाजवाद ल्याउन संघर्षरत रहेको बताउनुभयो । नेमकिपालाई थ्रेसहोल्ड लगाएर रोक्न नसक्ने बताउँदै निर्वाचन गर्ने नाममा सत्तासिन दलहरु राष्ट्रघाती संविधान संशोधन विधेयक ल्याउन लागेको बताउनुभयो ।
नेक्राकिसंघका केन्द्रीय सचिव विकल प्रजापतिले भ्रष्टाचारको अखडाको रुपमा परिचित मध्यपुर नगरपालिकालाई सदाचारिता सिकाउन जनताको विकासको चाहना पूरा गर्न नेमकिपालाई जिताउन कार्यकर्ताहरु एकढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । किसानको हितमा आजसम्मका कुनै पनि सरकारहरु संवेदनशील नभएको उहाँले स्पष्ट पार्नुभयो ।
नेक्राकिसंघ मध्यपुरका अध्यक्ष चन्द्र बहादुर बाडेको सभापतित्वमा भएको भेलामा आकाश बाडेले भेलाको उद्देश्यबारे र अशोक अवाल र बसन्त तारा सिंकेमनले निर्वाचन र नेमकिपाबारे बोल्नुभएको भेलाले ज्ञानकृष्ण अवालको अध्यक्षतामा १७ सदस्यीय नेक्राकिसंघ व्यवसायिक किसान समिति मध्यपुर गठन गर्याे ।
Leave a Reply