यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
–लुभा प्रिबेत्कोभा (गार्डन रिङ मस्कोमा प्रकाशित)
बीसौं शताब्दीको अन्त्यतिर तात्कालीन सोभियत सङ्घमा पूँजीवादी प्रतिक्रान्ति भयो । विश्व समाजवादी बन्दोबस्त धरासायी भयो । त्यसले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन सङ्कटमा धकेलियो । युरोपमा कम्युनिष्टविरोधी र ‘युरोकम्युनिज्म’ को धार देखाप¥यो ।
सोभियत सङ्घको तथाकथित ‘पेरोस्ट्रिोयिका’ नीतिले अनियन्त्रित सोभियतविरोधी अभियान र प्रचारबाजीलाई बढावा दियो । सबै सञ्चारमाध्यमहरूमा कम्युनिष्टविरोधी उत्तेजनात्मक प्रचारबाजी गरिए । प्रकाशनहरूमा झुठ, धोखेबाजी र गलत सूचनालाई स्वागत गरियो । सोभियत सङ्घमा पूँजीवादी सिद्धान्त, पश्चिमा नक्कली संस्कृति, झुठो इतिहास, उत्तेजनात्मक हल्लाबाजी र अराजनीतिक छेडछाडको बाढी उर्लियो । वास्तवमा ती सबै पूँजीवादी प्रचारयन्त्रका फोहोर उत्पादन थिए ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सङ्कट शुरु भयो । युरोपका सबै कम्युनिष्ट पार्टीहरू अन्योल र अलमलमा फसे । उनीहरू सबै विघटन र विभाजनको संघारमा पुगे । उदाहरणको लागि ग्रीसका चिनेजानिएका कम्युनिष्ट अलेका पापारिगा उल्लेख्य सङ्ख्यामा कम्युनिष्ट पार्टीका सदस्यहरूसँगै गएर आफ्नो ग्रीसेली कम्युनिष्ट पार्टी (केकेई) का महासचिवलाई भेटेर केन्द्रीय समितिबाट राजीनामा दिए । व्यवस्थाभित्र अनुकूल बन्दै जाने र पूँजीवादी नीति–नियमको खेलमा फस्ने बाटो लिएको पार्टीको अवसरवादीहरूसँग कम्युनिष्टहरूले गरेको वर्षौ–वर्षको सङ्घर्षको त्यो उत्कर्षको समय थियो ।
सोभियत कम्युनिष्ट पार्टीको सुन्दर नारामा पार्टीका महासचिव र सोभियत सरकारले समाजवादी नीतिका आधारहरू भत्काउने र सोभियत राज्यको अर्थतन्त्र छिन्नभिन्न बनाउने एक पछि अर्को निर्णय र निर्देशनहरू जारी गरे । सोभियत सङ्घको गुप्तचर विभाग केजीबी सोभियत सत्ता जोगाउने देशको सुरक्षा गार्ड बन्न छोड्यो । सोभियत सङ्घमा पूँजीवादी प्रतिक्रान्ति भएको थियो । मुख्य कुरो यही थियो ।
सोभियत सङ्घमा भएको प्रतिक्रान्ति नै बीसौं शताब्दीमा भएको सबभन्दा ठूलो वियोगान्त थियो ।
घटनाक्रमको विश्लेषण गर्दा समाजवादी निर्माणको सैद्धान्तिक आधार माक्र्सवाद र लेनिनवादमा संशोधन सोभियत कम्युनिष्ट पार्टी नेतृत्वका अवसरवादी गल्ती थिए । समाजवाद विघटन हुनुको आन्तरिक कारण त्यही थियो ।
पार्टीले सर्वहारा अधिनायकवादको सिद्धान्त परित्याग ग¥यो र सोभियत सङ्घ ‘सबैको राज्य’ घोषणा गरियो । सोभियत सत्ता समाजवादको वस्तुगत आर्थिक नियमबाट निर्देशित हुन छोड्यो । केन्द्रिकृत, योजनाबद्ध आर्थिक बन्दोबस्तको सिद्धान्तलाई उद्योगहरूको स्वाधीनताको सिद्धान्तले विस्थापित ग¥यो । योजनाबद्ध अर्थतन्त्रको स्थान पूँजीवादी आर्थिक संरचनाले लियो । नाफा र निजी लगानी, सहकार्य र संयुक्त लगानी कम्पनीहरूले समाजवादी अर्थतन्त्रको ठाउँ लियो । समाजवादलाई ध्वस्त बनाइयो ।
२५ वर्षको अन्तरालमा रुस र पूर्व सोभियत गणराज्यहरू सबैले पूँजीवादी बाटो अङ्गाले । तसर्थ अवसरवादी गल्ती धोखेबाजी बन्यो ।
तर समय बितेसँगै आन्तरिक कारण प्रष्ट भएको छः माक्र्सवादी सिद्धान्तको संशोधनले बिनासन्देह अवसरवादमा पु¥याएको छ जो ढिलो–चाँडो प्रतिक्रान्तिकारी शक्ति बन्ने निश्चित थियो ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सङ्कट शुरु भयो । युरोपका सबै कम्युनिष्ट पार्टीहरू अन्योल र अलमलमा फसे । उनीहरू सबै विघटन र विभाजनको संघारमा पुगे । उदाहरणको लागि ग्रीसका चिनेजानिएका कम्युनिष्ट अलेका पापारिगा उल्लेख्य सङ्ख्यामा कम्युनिष्ट पार्टीका सदस्यहरूसँगै गएर आफ्नो ग्रीसेली कम्युनिष्ट पार्टी (केकेई) का महासचिवलाई भेटेर केन्द्रीय समितिबाट राजीनामा दिए । व्यवस्थाभित्र अनुकूल बन्दै जाने र पूँजीवादी नीति–नियमको खेलमा फस्ने बाटो लिएको पार्टीको अवसरवादीहरूसँग कम्युनिष्टहरूले गरेको वर्षौ–वर्षको सङ्घर्षको त्यो उत्कर्षको समय थियो ।
युरोकम्युनिज्मले आफ्नो टाउको त्यही समयमा उठाउने मौका पायो ।
युरोकम्युनिज्मविरुद्धको वैचारिक सङ्घर्ष आज अरु कुनै पनि बेलाभन्दा बढी सान्दर्भिक बनेको छ । अरु धेरै अवसरवादी धारजस्तै युरोकम्युनिज्म खुला र प्रष्ट कम्युनिष्टविरोधी पूँजीवादी धारभन्दा बढी खतरनाक छ । पूँजीपति वर्गले आफ्नो सत्ता र स्वार्थ सधैं आवश्यक कुनै पनि उपाय लगाएर जोगाउने गरेको छ । सैनिक शक्तिको प्रयोग पनि त्यस्तै एउटा उपाय हो । पूँजीपति वर्ग पूँजीवादी प्रजातान्त्रिक शासनबाट सबभन्दा उत्कर्षको प्रतिक्रियावाद–फासीवादसम्म पनि जान तयार हुने गर्दछ । साम्राज्यवादी नीतिमा यस्तो परिवर्तन स्वाभाविक हो । त्यसकारण सङ्कटको समयमा नवफासीवादले टाउको उजाउनु कुनै संयोगको कुरामात्र होइन । उदाहरणको लागि आज बाल्टिक राज्यहरूमा सरकार सम्हाल्दै गरेका शासकहरूले जर्मनीको नवनाजीहरूको पक्षमा भाषणहरू दिने गरेका छन् । बितेको सन् २०१४ मा उक्रेनमा फासीवादीहरूले सत्ता कब्जा गरेका छन् ।
अवसरवाद खतरनाक छ किनभने त्यसले जनताको सेवा गरेको अभिनय गर्दछ र नियम जस्तै गरी कम्युनिष्ट शब्दावलीहरू प्रयोग गर्ने गर्दछ । तर वास्तवमा उनीहरू कम्युनिष्ट सिद्धान्तबाट निर्देशित हुने गर्दैनन् । १९ औं शताब्दीको माक्र्सवादमा नअल्झी नयाँ ऐतिहासिक परिस्थितिअनुसार माक्र्सवादको विकास गर्नु उनीहरूको झण्डै स्वाभाविक आवश्यकता बन्ने गर्दछ । यसले वस्तुगत वैज्ञानिक सिद्धान्तमा आधारित माक्र्सवादका आधारभूत पक्षहरूको पूर्णतः खारेज गर्दछ ।
अवसरवाद यसकारण पनि खतरनाक छ किनभने त्यसले स्वतन्त्रता, प्रजातन्त्र, मानवअधिकार, नागरिक समाज, सामाजिक राज्य आदिलाई आधा सत्य र सुन्दर बखान गरेर तथ्यलाई बङ्ग्याउने गर्दछ । जबकि ती शब्दको अर्थ त्यत्तिबेला मात्र खुल्छ जब तिनले कुनै वर्ग विशेषको हितलाई अभिव्यक्त गर्दछ । आधुनिक पूँजीवादी समाज पनि त वर्गीय संरचनामा आधारित छ । पूँजीपति र कामदार वर्ग आधुनिक पूँजीवादी समाजका विपरितार्थी र शत्रुतापूर्ण स्वार्थका आधारित संरचनागत शक्ति हुन् । राजनीतिक रुपमा अचेत जनताको फाइदा उठाउँदै अवसरवादीहरूले सफलतापूर्वक जनताको चेतना आफ्नोअनुकूल बनाउने गर्दछ । कामदार जनताले आफ्ना आधारभूत हित र पूँजीवादी बन्दोबस्तमा आफ्नो क्रान्तिकारी लक्ष्यलाई ठम्याउन सक्दैन ।
अवसरवादको एउटा किसिमको रुप युरोकम्युनिज्मले माक्र्सवादमा संशोधन गर्ने गर्दछ । पूँजीवादी सिद्धान्तहरूमा कम्युनिष्ट विचारहरू छ्यासमिस गर्ने गर्दछ । वर्गसमन्वय र सर्वहारा तथा पूँजीपति वर्गबीच सहकार्यको नीतिको सन्दर्भमा विशेष गरी त्यस्तो हुने गर्दछ ।
पूँजीवादको सुधारमा ध्यान दिने, पूँजीवादी बन्दोबस्तलाई क्रमशः समाजवादी व्यवस्थामा ‘रुपान्तरण’ गर्नु नै युरोकम्युनिज्मको मूलध्येय हो । समाजवादी क्रान्ति तथा कामदार वर्गले राजनीतिक सत्ता कब्जाको आवश्यकतालाई अस्वीकार गर्नु नै युरोकम्युनिज्मको आन्तर्य हो ।
युरोकम्युनिज्मवादको पहिलो प्रहार १९ औं शताब्दीमा भएको थियो । त्यत्तिबेला बर्नस्टिन, बउर दाजुभाई र कार्ल काउत्स्कीको वैज्ञानिक साम्यवादका रचनाकारहरू कार्ल माक्र्स र फ्रेडरिक एंगेल्ससँगै वैचारिक सङ्घर्ष चलेको थियो । स्टिभन गोवान्सले आफ्नो लेख ‘१९ औं वा २१ औं शताब्दी ?’ मा आजभोलि अवसरवादीहरूको लागि फेसनजस्तै बनेको ‘२१ औं शताब्दीको समाजवाद’ को अवधारणा उनीहरू (बर्नस्टिन, बउर दाजुभाई र कात्स्की) को विचारमा आधारित छ भनिएको छ । वास्तवमा गोवान्सको यो भनाइमा सत्यता छ ।
एकाइसौं शताब्दीको समाजवादको अवधारणा संरा अमेरिकी कम्युनिष्ट पार्टीका अध्यक्ष साम वेभले मात्र अङ्गालेका छैनन् बरु ल्याटिन अमेरिकाका केही प्रगतिशील नेताहरू र रुसी ‘कम्युनिष्टहरू’ले प्रचारमा ल्याएका छन् । जेनाडी जुगानोभ तथा उनका समर्थकहरू यसमा सक्रिय छन् । तर उनीहरूको यो विचारसँग साम्यवादको कुनै सम्बन्ध छैन । ग्रीसेली कम्युनिष्ट पार्टीको २८ औं महाधिवेशनले युरोकम्युनिज्मलाई ‘अवसरवादको चरम प्रतिक्रियावादी रुप’ भनेर विश्लेषण गर्नु संयोगमात्र थिएन ।
दोस्रो विश्वयुद्धपश्चात फासीवादमाथि सोभियत सङ्घले विजय हासिल ग¥यो र विश्व समाजवादी बन्दोबस्तको स्थापना भयो । त्यही कारण साम्राज्यवादले ‘शीतयुद्ध’ को शुरुवात ग¥यो । संरा अमेरिका र अरु पश्चिमा देशहरूले दर्जनौं कम्युनिष्टविरोधी ‘थिङ्क ट्याङ्क’ र समाचार संस्थाहरू बनाए । साम्राज्यवादको वैचारिक सङ्घर्षको संसारभरि फैलिएको कम्युनिष्ट ‘रोग’विरुद्ध लक्षित थियो । उनीहरूले वैचारिक हमला र मनोवैज्ञानिक लडाई घनिभूत बनाए । परिणामतः समाजवादी देशहरूमा कम्युनिष्टविरोधी विचारको उदय भयो ।
सन् १९५६ मा हङ्गेरीमा प्रतिक्रान्तिकारी सत्ताविप्लवको प्रयास भयो । सयौं कम्युनिष्टहरूको हत्या भयो । बुढापेस्टका रुखहरूमा कम्युनिष्टका लास झुण्ड्याइए । स–साना केटाकेटीहरूलाई अग्ला–अग्ला भवनबाट फालियो । कम्युनिष्टहरूको व्यवहार हिटलरलाई भुलाउने खालको थियो ।
सन् १९६८ सम्ममा चेकोस्लाभाकियामा ‘शान्तिपूर्ण’ प्रतिक्रान्तिको लागि एक पटक प्रयास भइसकेको थियो । पश्चिमा देशहरूबाट प्रसारण हुने दर्जनौं रेडियो स्टेशनहरूले किशोरकिशोरीहरूका दिमागमा मज्जासँग सोभियत सङ्घविरोधी विचार भरिदिएका थिए । उनीहरूको दिमाग पूरै कम्युनिष्टविरोधी र पूँजीवादी विचारले भरिसकेको थियो । पूँजीपतिहरूले अधिकतम क्रुरता र अधिकतम गलत प्रचारबाजीको नीतिलाई एकाकार गरेका थिए ।
त्यत्तिबेला र विशेषतः आजभोलिको जीवनले हङ्गेरी र चेकोस्लाभाकियामाथि सोभियत कब्जा समाजवाद रक्षाको लागि कम्युनिष्ट पार्टीको बुद्धिमानीपूर्ण निर्णय भएको प्रमाणित गरेको छ । सँग–सँगै आज हामी प्रजग कोरियाले आणविक हतियार बनाएको र परीक्षण गरेको देख्दैछौं । विश्व साम्राज्यवादका नेता–संरा अमेरिकाका फासीवाद पक्षधर सरकारले संसारमा शक्तिको भाषामात्र बोल्ने गरेको छ । संसारका सबै महादेशहरूमा संरा अमेरिकाका सयौं–सयौं सैनिक आधार क्षेत्रहरू बनाइएका छन् । त्यस्ता भौतिक बलको सामना त्यस्तै भौतिक बलले नै गर्नुपर्दछ । तथापि ‘अन्य’ शक्तिहरू भने कहीं हराइरहेको छ । त्यसकारण कम्युनिष्टहरूले कानुनी, शान्तिपूर्ण प्रतिरोधको बाटोलाई प्रतिरोधका गैरकानुनी र हिंसात्मक बाटोसँग जोड्ने प्रश्नमा विशेष ध्यान दिनुपर्दछ ।
युद्धोत्तर अवस्थाले युरोपका कम्युनिष्ट पार्टीहरूबीच अन्योलको अवस्था बनायो । पूँजीवादी व्यवस्थासँग साम्यवादविरोधी प्रचार बलियो भएको अवस्थामा माक्र्सवादको क्रान्तिकारी भावना संसदीय अभ्यासमा जोड दिंदै सुधारवादी धारलाई घनीभूत बनाउनेतिर पल्ला बढी भारी हुन थाल्यो । उनीहरूले कम्युनिष्ट पार्टीहरूसँग वैचारिक सङ्घर्षलाई बाक्लो बनाउँदै गए ।
दुर्भाग्यवश केही कम्युनिष्टहरूले आफ्नो माक्र्सवादी विचार त्याग्न थाले । इटालीको कम्युनिष्ट पार्टीका नेता पाल्मिरो तोगलाट्टिीले सन् १९५६ मा भएको सोभियत कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशनमा महासचिव निकिता खु्रश्चेभले सोभियत जनताका नेता स्तालीनलाई गरेको बद्ख्वाईबाट उत्साहित भएर ‘इटालियाली तरिकाको समाजवाद’ भन्ने प्रस्ताव गरे । समाजको क्रान्तिकारी रुपान्तरणको सट्टा पूँजीवादी प्रजातन्त्रलाई शान्तिपूर्वक विकास गर्नु नै त्यसको आशय थियो । उनले ‘बहुकेन्द्र’को सिद्धान्त अघि सारे र युरोपेली पार्टीहरूलाई मस्कोको नियन्त्रणबाट स्वाधीन हुन आग्रह गरे ।
यो नै तोगलाट्टिीको ‘अपरम्परागत माक्र्सवाद’ को वैचारिक धारको शुरुवात थियो जसलाई कालान्तरमा ‘युरोकम्युनिज्म’ भनिन थाल्यो ।
जब उनका उत्तराधिकारी इनरिको बर्लेनगुर महासचिव बने, पार्टीले वर्ग सङ्घर्षको सिद्धान्त पूर्ण रुपमा त्याग ग¥यो र समग्रमा माक्र्सवादका सबै आधारभूत पक्षहरू छोड्दै गयो । त्यो पार्टीका नेताहरूले आणविक युगमा साम्राज्यवादविरोधी सङ्घर्ष कम्युनिष्टहरूको प्रमुख काम होइन भन्ने तर्क राखे । बरु कामदार जनतालाई पूँजीवादी पार्टीहरूसँग मिलाउने कम्युनिष्टहरूको कार्यनीति हुनुपर्ने भन्ने उनीहरूको विचार थियो । ‘हामीले संसदमा सांसद जित्न लड्नुपर्छ ।’उनीहरूको विचार यस्तो थियो ।
सन् १९७७ मा प्रकाशित भएको आफ्नो पुस्तक ‘युरोकम्युनिज्म र राज्य’ नामको पुस्तकमा स्पेनियाली कम्युनिष्ट पार्टीका नेता सान्टियागो कारोल्लोले ‘युरोकम्युनिज्म’ शब्दको प्रतिपादन गरेका थिए । त्यो पुस्तकमा कम्युनिष्टको आवरणभित्र कम्युनिष्टविरोधी सन्देश प्रवाह गरिएको थियो । लेनिनका अनुसार ‘साम्राज्यवादका सबभन्दा आक्रामक अन्तर्विरोध’ मा ती शक्तिहरूका राजनीतिक द्वन्द्वसँगै कम्युनिष्टहरूलाई सन् १९६० मा जब कारोल्लोले छ्यास्ने काम गरे, तात्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्यले प्रदान गर्नसक्ने कुनै पनि अवसरको रणनीतिक प्रयोग गरी त्यो व्यवस्थाले पराजीत गर्न खोजका सबै पक्षलाई अझै बलियो बनाउने काम गरे ।
कम्युनिष्टहरू समयअनुसार रणनीतिको प्रयोगमा व्यवहारिक र लचिलो बन्न आवश्यक छ । माक्र्सवाद–लेनिनवाद कुनै धार्मिक जडसुत्र होइन बरु कामदार जनता वा अर्थतन्त्र एवं राष्ट्रिय राजनीतिको नशा–नशा आफ्नो नियन्त्रण भएका र अझै नियन्त्रणमा लिएका सबै खाले व्यापारीहरूको विषयमा बुझ्ने क्षमता प्रदान गर्ने औजार हो ।
तसर्थ एक जना कम्युनिष्टले जोड दिनु पर्ने पहिलो पक्ष भनेको पूर्वी युरोप विशेषतः रुसको आर्थिक संरचना परिवर्तन हो । त्यसको अर्थ हो, पूँजीवादी उत्पादन सम्बन्धमा परिवर्तन हो । प्रतिक्रान्तिको परिणामस्वरुप पूँजीवादी उत्पादन स्थापना भएको थियो । यो उत्पादन सम्बन्धअन्तर्गत उत्पादनका साधनमाथि निजी क्षेत्रको स्वामित्व हुने गर्दछ । पूँजीवादी व्यवस्थामा धनको उत्पादन र वितरण जनताका आवश्यकता पूर्ति गर्ने ध्येयले गरिएको हुँदैन बरु पूँजीपति वर्गको नाफा बढाउने उद्देश्यले गरिएको हुन्छ । पूँजीपति वर्ग अर्थात जसको हातमा उत्पादनका साधनहरू छन् । जब सोभियत सङ्घको धन सोभियत जनताको लागि थियो औद्योगिकीकरण, सेवा क्षेत्र, स्वास्थ्य सेवा, यातायात, शिक्षा क्षेत्रमा तीब्र विकास भएका थिए ।
आजभोलि कम्युनिष्ट मञ्चहरूमा जनताले वैज्ञानिक समाजवादमा गरिएको संशोधनकै कारण अवसरवाद (वर्गीय मेलमिलाप) को विकास भएको प्रष्ट रुपमा बुझेका छन् । कामदार जनताको मुक्ति सङ्घर्षमा बद्लाव ल्याएको छ । द्वन्द्वात्मक तर्कले सत्यमा पुग्न मद्दत गर्दछ । सोभियत सङ्घमा संसारकै पहिलो पटक मजदुर किसानहरूको शक्तिशाली सत्ता स्थापना भयो । जसले सामाजिक न्याय र समानता सुनिश्चित ग¥यो । तर पछि कम्युनिष्ट पार्टीले त्यो बन्दोबस्तको चिहान खन्ने काम ग¥यो । सोभियत कम्युनिष्ट पार्टीको संशोधनवादी र अवसरवादी नीतिका कारण सोभियत जनताले ठूलो मूल्य चुकाउनुप¥यो । आज पूर्व सोभियत सङ्घको भूगोलभरि मात्र बीसभन्दा बढी आफूलाई कम्युनिष्ट भन्ने पार्टीहरू छन् । वर्षातपश्चात उनीहरूको सङ्ख्या च्याउसरि उम्रने गर्दछ ।
जब कसैले कुनै ‘माक्र्सवादी श्रमिक पार्टी’को दस्तावेजहरूको अध्ययन गर्दछ, त्यसका करिब चार पृष्ठभित्रै ‘माक्र्सवाद स्तालीनको नीतिकै वैचारिक हतियार बनेको विरोभाषी विचारधारा भएको छ’ लेखिएको पाउनेछौं । उनीहरूले स्तालीनवादलाई नाजीवादभन्दा फरक नभएको भन्दै हिंड्छन् । उनीहरूको धारणाका आधारमा कोही पनि आम मजदुर कुनै कम्युनिष्ट वा श्रमिक पार्टीमा लाग्नेछैन ।
हामीले त्यस्ता केही साना समूहहरू पनि देखेका छौं जो आफ्ना वेभसाइटहरूमार्फत समाजवाद वास्तवमा सोभियत सङ्घमा निर्माण भएको थिएन र ‘सोभियत सङ्घमा सम्पत्ति समाजवादी थिएन’ भन्ने कुरा लेख्ने गरेका छन् । उनीहरू सोभियत सङ्घलाई एउटा साधारण राज्य पूँजीवादी बन्दोबस्त मान्ने गरेका छन् । त्यही भएर अब मजदुरहरूले सम्पत्तिमाथिको हक राज्यको भएको बन्दोबस्तको कल्पना गर्नुभएन, सम्पत्तिमा व्यक्तिगत स्वामित्व भएको बन्दोबस्त मान्नुपर्दछ भन्ने नै उनीहरूको भनाईको सार हो । यो कुराले तपाई दुःखी बन्नुभयो भने निकै तामझामका साथ काम गरिरहेको युनियन अफ मस्को नामको संगठनले जरा तहको प्रजातन्त्रको लागि लड्ने ‘नारोदोप्राभी’हरूलाई आफ्ना पदहरूबाट गलहत्याइएको कुराले तपाई खुशी हुन सक्नुहोला ।
एउटा कम्युनिष्ट पार्टीले निकाल्ने गरेको एउटा सानो अखबारमा आजको रुसमा पूँजीवादी बन्दोबस्त नै नभएको भनेर लेख्यो । जब कि आजको रुस पश्चिमा पूँजीले भरिभराउ छ । सोभियत रुसमा बसेका जनता आज भन्दैछन्, ‘हामी प्रभुत्वमूनि बस्न तयार छैनौं ।…’ त्यसकारण उनीहरूको विश्लेषण बिलकुल गलत छ । उनीहरूले लेनिनले लेख्नुभएको ‘साम्राज्यवादः पूँजीवादी व्यवस्थाको अन्तिम अवस्था’ पुस्तक मात्र पढेको भए कति राम्रो हुने थियो । आजको रुस पूर्णतः साम्राज्यवादी देश भएको वास्तविकता त्यो पुस्तकको अध्ययनबाट थाहा हुन्छ ।
अर्को एक कम्युनिष्ट पार्टीले रुस एक साम्राज्यवादी देश त भन्यो तर सर्वहारा वर्गको प्रमुख दुश्मन पूँजीपति वर्ग भएको कुरा स्वीकार्न तयार भएन । कामदार जनताले कमाएको सबै राष्ट्रिय धन जति सबै पूँजीपति वर्गको हातमा छ । उनीहरूको लागि कामदार वर्गको सबभन्दा प्रमुख शत्रु यहुदीवादी–फासीवादीहरू हुन् ।
कुनै समय तथाकथित कम्युनिष्ट पार्टीका अखबारहरू कम्युनिष्टविरोधी बकबासले भरिएका हुन्थे । मैले एउटा लेख पढेको थिएँ–‘हाम्रो वरपरको विश्वभन्दा बढी’
‘विज्ञानको रुपमा माक्र्सवाद धेरै अघि नै मरिसकेको छ । माक्र्सको पालामा दुई वटा वर्ग थिए–सर्वहारा वर्ग र पूँजीपति वर्ग । त्यो समाज पूँजीवादी समाज थियो ।…अब ती वर्गहरू रहेनन् । वर्गीय दृष्टिकोण आजको सन्दर्भमा व्यवहारमा लागु हुन सक्दैन । आज सर्वहारा वर्ग भन्ने छैन । कामदार जनता अर्थात कामदार वर्ग आज अस्तित्वमा छैन । वर्ग सङ्घर्ष एउटा व्यापक प्रक्रिया हो जो व्यवहारमा हुन सक्दैन ।’
के ती अखबारका सम्पादकहरूले वर्ग सङ्घर्षको सबभन्दा महत्वपूर्ण रुप सैद्धान्तिक सङ्घर्ष पनि हो भन्ने कुरा बुझ्न सकेनन् ? सङ्घर्षमा होमिएका जनता र आन्दोलनकारीहरू कसको पछि लाग्छन्, कहाँ जान्छन्, के हासिल गर्ने अपेक्षा गर्छन् र वास्तवमा के हासिल गर्छन् भन्ने कुरामा निर्भर रहने गर्दछन् भन्ने दृष्टिकोण पछ्याउँछन् । युक्रेनमा सुश्री महानुभाव नेतृत्वका नवनाजीहरूले विवेकहीन तरिकाबाट युवाहरूलाई आन्दोलनमा ओरालेका थिएनन् ? ती युवाहरू जनताको पक्षमा होइनन्, बरु फासीवादका मतियारहरूको पक्षमा लडेका थिएनन् ?…

सन् १९९० को मे १७ मा कोमसोमोल्स्काया प्राभ्दा नामको पत्रिकामा कारिल्लोको एउटा अन्तर्वार्ता छापिएको थियो । अन्तर्वार्तामा उनले भनेका थिए,‘लेनिनका प्रमुख विचारहरू आज असान्दर्भिक भइसके । आजको परिस्थितिमा उनका विचारहरू काम गलत भइसके । हाम्रो पार्टीको परिभाषाबाट हामीले ‘लेनिन’ शब्द मेटाइसकेका छौं ।…हामीले सर्वहारा वर्गको अधिनायकवादको विचार त्यागिसकेका छौं ।’आदि इत्यादि । अन्तर्वार्ता लिने पत्रकार यो भनाई सुनेर मख्ख परे । त्यत्तिबेला रुसका सबै मिडियाहरू कम्युनिष्टविरोधीहरूको नियन्त्रणमा थिए ।
फ्रान्सेली कम्युनिष्टहरूका नेता जोर्ज मार्छायसले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा विभाजन ल्याउन योगदान पु¥याएका थिए । पाइला पाइला गरेर फ्रान्सेली कम्युनिष्ट पार्टीले कम्युनिष्ट सिद्धान्त परित्याग ग¥यो र पूँजीवादी सामाजिक प्रजातन्त्रको दिशामा अघि बढ्यो । हालै मात्र त्यो पार्टीको महाधिवेशनले आफ्नो पार्टीको चिन्हमा हँसिया र हथौडा निकाल्ने घोषणा गरेको छ । आज त्यो पार्टी युरोपेली वाम पार्टीको एउटा हिस्सा भएको छ । युरोपेली वाम पार्टीले विश्व पूँजीवादकै सेवा गर्दै आएको छ ।
सबै तीन वटा कम्युनिष्ट पार्टीहरूले विकास ‘तेस्रो’ मध्यमार्गी बाटो रोजे जसले भेंडालाई जहाँ छ त्यही राख्छ र व्वाँसोको पेट भर्ने काम गर्दछ । उनीहरू ‘नयाँ किसिमको प्रजातान्त्रिक शासन’ को सपना देख्छन् जहाँ दुवै पूँजीपति र सर्वहारा वर्ग खुशी हुन्छन् । पछिल्ला दशकहरूमा त्यही पंक्तिभित्र सोभियत सङ्घविरोधी भावना प्रबल बनेको छ । साँचो कम्युनिष्टहरूलाई नियोजित रुपमा ‘सोभियत पक्षधर मनसाय’ बोकेका ‘पुराना’ मानिसहरू भन्ने गरिएको छ । कम्युनिष्ट पार्टीहरू नामका मात्र कम्युनिष्ट भएका छन्, यथार्थमा उनीहरू सामाजिक प्रजातन्त्रवादी बनिसकेका छन् । युरोपका सबै देशहरूमा आज धेरै कम्युनिष्ट पार्टीहरू छन् । तर यही कारण कोही दुःखी हुनुपर्ने कुनै कारण छैन । कम्युनिष्ट पार्टीहरूबीच विभाजन अवश्यम्भावी छ । अवसरवादीहरूसँग सिद्धान्तको मामिलामा एकता असम्भव छ किनभने त्यो एकताले कामदार वर्गलाई वर्ग सङ्घर्षको बाटो पर राख्ने गर्दछ । अवसरवादीहरूले क्रान्तिलाई अस्वीकार गरेका छन् । उनीहरू सबभन्दा महत्वपूर्ण माक्र्सवादी सिद्धान्त–शोषक वर्गमाथि अन्तिम विजयका लागि सर्वहारा वर्गको सिद्धान्तलाई अस्वीकार गर्दछन् ।
लेनिनले ठीक भन्नुभएको थियो–एकता हुनुअघि विभाजन हुन जरुरी हुन्छ । माक्र्सवादी विज्ञानको आधारमा मात्र एकता सम्भव हुने गर्दछ । माक्र्सवादको सान्दर्भिकता २१ औं शताब्दीमा अझ उँचो भएको छ । त्यही भएर सन् २०१३ मा ग्रीसेली कम्युनिष्ट पार्टीको नेतृत्वमा विभिन्न ३० वटा देशका कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन ब्रसेल्स भएको थियो । त्यो सम्मेलनले युरोपेली कम्युनिष्ट तथा मजदुर पार्टीबीच साझा कार्यनीतिक लक्ष्य र रणनीतिक कार्यको समन्वय खोज्न एक प्रारम्भिक अभ्यास गरेको थियो ।
यो अभियानभित्रका अधिकांश कम्युनिष्ट पार्टीहरू पनि नाम मात्रका छन् । उदाहरणको लागि रुसी महासङ्घको कम्युनिष्ट पार्टी । गेन्नेडी जुगानोभ, उनका लेखहरू र भाषण, पार्टी गतिविधि र रुसी संसदमा त्यसले खेलेको भूमिकाले त्यो कम्युनिष्ट पार्टी नभई मध्यम वर्गीय सामाजिक प्रजातन्त्रवादी भइसकेको प्रष्ट बनाउँछ ।
‘सामाजिक प्रजातन्त्र’ अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनभित्रको सुधारवादी राजनीतिक आन्दोलन हो । यो विचारले पूँजीवादी समाज विकासको शान्तिपूर्ण बाटोलाई मात्र स्वीकार गर्दछ । पूँजीवादी समाजमा भएका विकृतिलाई सुधार गरेर व्यवस्थालाई सच्याउने कुरा गर्दछ । पूँजीपति वर्ग र ज्यालादारी मजदुरहरूबीच ‘सामाजिक साझेदारी’ को कुरालाई प्रोत्साहित गर्दछ । सामाजिक प्रजातन्त्रवादीहरू समाजवादसम्म जाने धेरै तरिका भएको विचारको पक्ष लिने गर्दछ र समाजवादका धेरै मोडल भएको कुरा मान्छ । समाजवाद उनीहरूको लागि मतदाताहरूलाई आफूतिर आर्कषित गर्ने एउटा चटक मात्र हो । तर उनीहरू संसदवादी मस्तीमै रमाइरहेका छन् ।
नर्थस्टार कम्पास–२०१६ शरद
प्रस्तुतिः नीरज
Leave a Reply