भर्खरै :

क्यान्सर अस्पतालका विशेष सल्लाहकार राजकर्णिकारद्वारा पदबाट राजीनामा

काठमाडौँ, २२ भदौ । भक्तपुर क्यान्सर अस्पतालको अघिल्लो व्यवस्थापन समितिका विशेष सल्लाहकार दिवाकर राजकर्णिकारले पदबाट राजीनामा दिनुभएको छ । आइतबार नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्षसमक्ष बुझाएको राजीनामा पत्रमा उहाँले अस्पतालमा पछिल्लो समय भएका घटनाक्रम रोक्न नसकेकोमा नैतिक जिम्मेवारी लिंदै अस्पताल व्यवस्थापन समितिको विशेष सल्लाहकारबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।
उहाँ लोकन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा रहेको अघिल्लो व्यवस्थापन समितिका विशेष सल्लाहकार हुनुहुन्थ्यो । राजीनामा पत्रमा उहाँले विगत ११ वर्षदेखि अस्पताल व्यवस्थापन समितिको विशेष सल्लाहकार पदमा रही कार्यरत रहेको उल्लेख गर्नुभएको छ ।
राजकर्णिकार नेपाल अर्बुद रोग निवारण संस्थाका पूर्वकेन्द्रीय अध्यक्ष हुनुहुन्छ । लोकेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा रहेको अघिल्लो व्यवस्थापन समितिका पदाधिकारीबाटै अस्पतालमा व्यापक भ्रष्टाचार भएको समाचार प्रकाशमा आएपछि स्थानीय जनताको आग्रहमा भक्तपुर नगरपालिकाले नयाँ व्यवस्थापन समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *