भर्खरै :

अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन नहुने

काठमाडौँ, २३ भदौ । “खुला सीमा भएको देशमा जन्मको आधारमा नेपाली नागरिकता वितरण गलत हो । नागरिकता टोली खटाएर नागरिकता वितरण गर्नु पनि उपयुक्त होइन । भारतमा सात वर्षपछि मात्र वैवाहिक अङ्गीकृत नागरिकता दिइने हुँदा नेपालमा वैवाहिक अङ्गीकृत नागरिकता पन्ध्र वर्षपछि मात्र दिने प्रावधान राख्नु आवश्यक छ ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकता विधेयकबारेको छलफलमा उक्त भनाइ राख्नुभएको हो ।
“जन्मको आधारमा नेपाली नागरिक र वैवाहिक अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको नेपाली नागरिकता दिनुहुँदैन । अङ्गीकृत नेपाली नागरिकता दिनुपर्दछ ।” सांसद सुवालले थप्नुभयो ।
गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रमाणपत्रभन्दा कार्य अनुमति पत्र दिनु उपयुक्त हुने उल्लेख गर्दै उहाँले बुबा फेला नपरेकालाई पनि अङ्गीकृत नेपाली नागरिकता दिनुपर्ने र वंशजको नागरिकता दिन नहुने आवश्यकता औँल्याउनुभयो ।
उहाँले बसाइसराइलाई उत्साहित गरिँदा बजेट एवम् योजनासँग तारतम्य नमिल्ने र देशको सन्तुलित विकास नहुने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *