भर्खरै :

डेङ्गु नियन्त्रणमा सरकार गम्भीर भएन

हेटौँडा, २३ भदौ । नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले डेङ्गु रोगसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै सरकार संवदेनशील, गम्भीर र जिम्मेवार ढङ्गमा प्रस्तुत नभएको जनताले महसुस गरिरहेको बताउनुभयो ।
सांसद गोसाईले महामारी फैलिरहँदा भक्तपुर अस्पताल लथालिङ्ग अवस्थामा छोडेर निजी अस्पताल र स्वास्थ्य क्षेत्रका गलत तत्वहरू सल्बलाइरहेको प्रस्ट पार्दै रोगव्याधीले आक्रान्त जनता नै ठगीमा पर्नु दुर्भाग्य हो भन्नुभयो । उहाँले डेङ्गु रोग फैलिनुको कारण पत्ता लगाउनुपर्ने विचार राख्दै देशको खुला सिमाना यसको निम्ति कारण हो वा होइन भन्नेतर्फ सचेत हुनुपर्ने विचार राख्नुभयो ।
उहाँले भन्नुभयो, “अफ्रिका महादेशलाई उठ्न दिन नचाहने साम्राज्यवादीहरूले बिफरका किटाणु फैलाएको पुरानो घटना होइन । नेपालीले शिक्षा लिन आवश्यक छ ।”
मुखले कम्युनिस्ट सरकार हो भन्नुभन्दा व्यवहारमा देखाउनु महत्वपूर्ण हुने विचार व्यक्त गर्दै सांसद गोसाईले एउटा समाजवादी देश क्युवाले अफ्रिकामा फैलेको इबोला भाइरस नियन्त्रण गरेर ठूलो गुण लगाएको विश्वका जनता स्मरण गर्दै छन् भन्नुभयो ।
छलफलमा उठेका जिज्ञासाबारे प्रदेश स्वास्थ्यमन्त्री युवराज दुलालले जवाफ दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *