भर्खरै :

हङकङका प्रदर्शनकारीहरूको देशद्रोह

कुनै बेलायती उपनिवेशअन्तर्गत रहेको हङकङमा सन् १९९७ जुलाई १ बाट चीनको सार्वभौमिकता लागू भयो । हङकङ आज चीनको विशेष प्रशासनिक क्षेत्र हो । ‘एक देश दुई व्यवस्था’ को सिद्धान्तअनुसार हङकङमा आफ्नै खालको व्यवस्था छ । चिनियाँ मूलभूमिभन्दा त्यहाँको व्यवस्था भिन्न मानिन्छ । हङकङ सरकारले ल्याएको सुपुर्दगी विधेयकलाई बहाना बनाएर हङकङका केही जनता विगत केही महिनायता आन्दोलनमा छन् । प्रदर्शनकारीहरूले लगातार जनजीवनमात्र प्रभावित बनाएका छैनन् । उनीहरूले सुरक्षाकर्मीमाथि पनि हिंसात्मक हमला गरिरहेका छन् ।
पछिल्ला दिनमा हङकङका प्रदर्शनकारीहरूले संरा अमेरिकाको झन्डा बोकेर प्रदर्शन गर्न थालेका छन् । (बायाँ तस्वीर) चीनको सार्वभौमिकताको ठाडो चुनौती दिंदै उनीहरूले संरा अमेरिकालाई हङकङमा हस्तक्षेपको लागि आह्वान गरिरहेका छन् । कुनै पनि देशका आन्दोलनकारीले आफ्नो माग पूरा गर्न विदेशी झन्डा बोकेर प्रदर्शनमा उत्रनु भनेको देशद्रोह हो । आज हङकङका प्रदर्शनकारीहरूले आफ्नै देशविरुद्ध देशद्रोह गरिरहेका छन् । विदेशी झन्डा बोकेर आफ्नो माग पूरा गराउन खोज्नु हङकङका प्रदर्शनकारीहरूको अराजकताको हद हो । विपक्ष प्रदर्शनकारीहरू पछाडि कसको हात र साथ छ भन्ने कुरा उनीहरूले फहराएका झन्डाले सङ्केत गरेको छ ।
उनीहरूलाई चुनौती दिंदै हङकङका देशभक्त चिनियाँ जनताले चीनको राष्ट्रिय झन्डा हङकङको आकाशमा फहराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *