के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
भक्तपुर, २९ भदौ । भदौ २८ गते शनिबार भएको सूर्यविनायक नगरपालिका वडा नं ५ स्थित सुवर्णेश्वर खानेपानी उपभोक्ता व्यवस्थापन समितिले नारायणभक्त साय्जूको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
नयाँ कार्य समितिको लागि नेमकिपासमर्थित प्यानलविरुद्ध सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले संयुक्त प्यानल खडा गरेको थियो । नेमकिपासमर्थित प्यानलका अध्यक्ष नारायणभक्त साय्जू कुल ७९० मतमध्ये ६४३ मत हासिल गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा–नेकां प्यानलका अध्यक्ष पदका उम्मेदवार अनुप केसीले २०४ मत प्राप्त गर्नुभयो ।
साय्जूको प्यानलबाट उपाध्यक्ष, सचिव र महिला सदस्य निर्वाचित हुनुभएको छ । उपाध्यक्ष पदमा शिवराम किवाछें, सचिवमा श्याम बिशुंखे र महिला सदस्यमा पार्वती केसी निर्वाचित हुनुभयो । अध्यक्ष पदमा निर्वाचित शिवराम साय्जूले विगत ६ वर्षदेखि सोही पदमा रही सेवा गर्दै आउनुभएको थियो ।
साय्जू नेतृत्वको प्यानललाई पराजित गर्न भक्तपुर क्षेत्र नं २ का सांसददेखि स्थानीय वडाध्यक्षहरू अनेकन जालझेलमा लागेका थिए ।
साय्जूको प्यानलबाट उम्मेदवारी दिएका केही सदस्यलाई उनीहरूले अनेकन जालझेल र सस्तो आश्वासन दिएर उम्मेदवारी फिर्ता लिन बाध्य पारेका थिए । उनीहरूको सिद्धान्तहीन र स्वार्थी गठबन्धनको विरोधमा स्थानीय उपभोक्ताले समितिको नेतृत्वमा उपयुक्त व्यक्ति छनौट गरेका छन् ।
Leave a Reply