भर्खरै :

ताथलीमा २४ गते भिन्तुना ¥याली

ताथलीमा २४ गते भिन्तुना ¥याली

भक्तपुर, १४ कार्तिक । नेपाल संवत्को नयाँ वर्षलाई स्वागत गर्दै मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले भक्तपुरको ताथलीमा विगत एक दशकदेखि निरन्तर न्हुँदया भिन्तुना ¥याली आयोजना हुँदै आएको छ । यस वर्ष नेपाल संवत् ११४७ को स्वागतमा प्रगति युवा समाज, ताथलीले ¥याली आयोजना गर्ने भएको छ ।
समाजको आयोजनामा कार्तिक २४ गते मङ्गलबार बिहान ७ बजे ¥याली सञ्चालन हुनेछ । म्हपूजा तथा गोवर्धन पूजाको दिन आयोजना हुने ¥यालीमा सहभागी भई नयाँ वर्षको स्वागत गर्न समाजले स्थानीय बासिन्दा, संस्कृतिप्रेमी तथा सम्पूर्ण शुभेच्छुकलाई निमन्त्रणा गरेको छ ।
चाँगुनारायण नगरपालिका–९, ताथलीमा आयोजना हुने उक्त ¥याली बनमाला टोलस्थित गणेश मन्दिरबाट सुरु हुने बताइएको छ । सो ¥याली खर्क पुल, गोठाले चौर, पण्डित पँधेरो हुँदै फैढोका राममन्दिर पुगेर समापन हुने कार्यक्रम रहेको छ ।
नयाँ वर्षको अवसरमा निकालिने न्हुँदया भिन्तुना ¥यालीले आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक चेतना अभिवृद्धि गर्न योगदान पु¥याउँदै छ । यस्ता सांस्कृतिक गतिविधिले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानसँग जोड्नसमेत सहयोग पु¥याउँदै आएको आयोजकको भनाइ छ ।
२०६८ सालमा स्थापित प्रगति युवा समाजले सामाजिक तथा सांस्कृतिक गतिविधिमार्फत स्थानीय समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । समाजले नेपाल संवत्को नयाँ वर्षको अवसरमा आयोजना गर्दै आएको ¥यालीलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो ।
समाजले न्हुँदया भिन्तुना ¥यालीमा सहभागी भई नेपाल संवत् ११४७ को स्वागत गर्न सबैलाई आग्रह गरेको छ । यस वर्षको उक्त ¥याली सफल बनाउन समाजले विभिन्न उपसमिति गठन गरी तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *