भर्खरै :

च्याह्मासिँग प्रवेशद्वारको शिलान्यास

भक्तपुर, २९ भदौ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले आइतबार भनपा वडा नं. ९ स्थित प्राचीन शैलीको च्याह्मासिँग ध्वाका (प्रवेशद्वार) एक समारोहबीच आइतबार शिलान्यास गर्नुभयो ।
उपभोक्ता समितिमार्फत काम राम्रो, भरपर्दो र गुणस्तरीय हुने विश्वास व्यक्त गर्दै उहाँले आय–व्यय पारदर्शी गर्नुपर्नेमा जोड दिनुभयो ।
सिंहदरबारभित्रका व्यक्तिहरू गलत भएको हुँदा देशको स्थिति अन्योल भइरहेको उल्लेख गर्दै सांसद सुवालले सिंहदरबार फोहर थुपार्ने चर्पीझैँ बनिरहेको बताउनुभयो ।
च्याम्हासिँग प्रवेशद्वार पुनःनिर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको सो शिलान्यास समारोहमा वडाध्यक्ष रवीन्द्र ज्याख्व र विश्वराम प्रजापतिले पनि बोल्नुभएको थियो ।
उक्त प्रवेशद्वार पुनःनिर्माणको लागि कुल रू. ३९,२८,३००। लगत इष्टिमेट गरिएको थियो । प्राप्त जानकारीअनुसार उक्त लगत इष्टिमेट २०७५÷१०÷२९ गते पास भएको थियो । सो प्रवेशद्वार २०७२ को भूकम्पले क्षति पु¥याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *