सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
भक्तपुर, भाद्र २९ । ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार जनप्रतिनिधिसँग बालबालिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हाल देशमा पुँजीवादी शासन व्यवस्था रहेकै कारण संसदमा समेत फाइदा बेफाइदा हेरेर काम गर्ने व्यापारिक सोचका मानिसहरूले भरिन थालेको र आफ्नो स्वार्थअनुसार कानुन निर्माण गरिरहेको चर्चा गर्नुभयो । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा निर्माणमा विशेष जोड दिदै आइरहेको उल्लेख गर्दै उहाँले इतिहास, भूगोल, राजनीतिशास्त्र पढ्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताउनुभयो । कुनै पनि देश र व्यक्तिको विकास शिक्षाले मात्र सम्भव हुने जानकारी गराउँदै उहाँले भनपाले चिनियाँ, जापानीलगायतका भाषाहरूको तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरका ४३ वटा विद्यालयहरूको उपस्थित रहेको उक्त अन्तरक्रिया कार्यक्रममा विद्याथीहरूले हनुमन्ते खोला सुधार, नगरमा भइरहेको खानेपानी समस्या, बाल श्रम, विदेश पलायन, खेलकुदको अभाव, भक्तपुर क्यान्सर अस्पतालको अवस्था, नगरको फोहोरमैला व्यवस्थापन, बाल उद्यान, अपाङ्गतासम्बन्धी विविध विषयमा जनप्रतिनिधिहरूसँग जिज्ञासा राखेका थिए ।
प्रमुख प्रजापतिले विद्यार्थीबाट आएका जिज्ञासाहरूबारे प्रष्ट पार्दै उहाँले भनपाले हनुमन्ते खोला सुधारको काम गरिरहेको बताउनुभयो । उहाँले क्यान्सर अस्पतालबारे सोधिएको प्रश्नमा स्पष्ट पार्दै भन्नुभयो, “भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी र टोलटोलका बासिन्दाहरूको अनुरोधमा नयाँ व्यवस्थापन समिति गठन गरेको हो ।”
भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले विद्यार्थीहरूबाट आएका जिज्ञासाहरूको जवाफ दिंदै वडा वडामा बन्द अवस्थामा रहेका पुस्तकालयहरू सञ्चालनमा जोड दिँदै आइरहेको र बालबालिकाको सुरक्षाका निम्ति प्रतिरक्षा तालिम दिँदै आइरहेको बताउनुभयो । कार्यक्रममा स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply