अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
–सुरजसिंह
प्रदेश नं. २ मा मुख्यमन्त्री लालबाबु राउतले नेतृत्व गरेको मूल समारोह समितिले केन्द्र सरकारको निर्देशनअनुसार असोज २, ३ र ४ गतेको कार्यक्रम तय गरेको छ । जसमा तीन दिन दिपावली गर्नेदेखि सरसफाइलगायतका कार्यक्रम समावेश छन् । तर, प्रदेश सरकारले दिपावलीको तयारी गरिरहँदा केही मन्त्रीहरूले भने असोज ३ गते कालो दिवस मनाउने समाचारले ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखान स्मरण गराएको छ ।
प्रदेश २ मा गठबन्धन सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीले दिवापली वा कालो दिवस दुबै कार्यक्रम नगर्ने औपचारिक निर्णय गरेको छ । तर, प्रदेश २ को अर्को सत्तारुढ घटक राष्ट्रिय जनता पार्टी (राजपा) ले भने कालो दिवसका रूपमा मनाउने घोषणा गरिसकेको छ । राजपाले संविधान दिवसका दिन जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने र साँझ ७ बजे १५ मिनेटका लागि ब्ल्याक आउट गर्ने निर्णय सार्वजनिक गरेको छ । त्यस्तै राजपाको नेतृत्व गर्दै प्रदेश सरकारमा गएका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले भने ३ असोजमा आफूहरू कालो दिवस कार्यक्रममा सहभागी हुने प्रस्ट पारेका छन् ।
राजनीतिक दल भनेका व्यवस्था र संविधान बदल्नकै लागि समेत लाग्ने हुनाले कुनै राजनीतिक पार्टीले देशको संविधानप्रति असन्तुष्टि राखेर विरोध गर्ने वा संशोधनको माग राख्नु अस्वाभाविक होइन, त्यो गर्न पाइन्छ । तर त्यही संविधानअनुसारको व्यवस्था र मन्त्री पदको शपथ खाएर मन्त्री बनिराखेकाले त्यही संविधानको विरोधका गतिविधिमा सामेल हुनु दोहोरो चरित्र हो । पद र सुविधा बटुल्नमा पछि नपर्ने तर जनतालाई देशकै विरोधमा लगाउने राजनीतिक खेल खेलिरहने राजपाका र मधेसी नेताहरूको रोग नै हो । त्यो त फोहोरमा परिसकेको खानेकुरा खानुहुन्न पनि भनिराख्ने र त्यहीँ बसेर खाइ पनि राख्ने फोहोरी प्रवृत्ति हो ।
Leave a Reply