नेपालीहरू भारतविरोधी होइनन् – ५
- कार्तिक १५, २०८३
गुप्तबहादुर शाही, नेक्राशिसङ्घ
नेपाल क्रान्तिकारी शिक्षक सङ्घले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्नुपर्ने विषय जोडकासाथ उठाउँदै छ ।
एमाले र माओवादी आफूलाई कम्युनिस्ट दाबी गर्छन् । तर, निजीकरण गर्दैछन् ।
हाम्रो पार्टी नेपाल मजदुर किसान पार्टीले समाजलाई बुद्धिजीवीकरण गर्ने लक्ष्य बोकेको एक्काइसौं शताब्दी सुहाउँदो छ ।
सरकारहरूले विश्वविद्यालय भागवण्डा गरी नेपालको शिक्षालाई ध्वस्त पार्दैछ । विश्वविद्यालय उपकुलपतिहरू सम्बन्धित विज्ञहरूबाट निर्वाचन गरी नियुक्ति गर्न हामी पुनः जोड दिन्छौँ ।
उत्पादन श्रमसँग जोडेको शिक्षा प्रणाली लागू गर्न पनि हामी सङ्घर्ष गर्दैछौं ।
नेपालमा गुणस्तरीय शिक्षाको बन्दोबस्त नहुँदा बर्सेनि हजारौं विद्यार्थी अर्बौँ रुपैयाँ बोकेर विदेश अध्ययनमा जान बाध्य छन् । नेपाल क्रान्तिकारी शिक्षक सङ्घले नेपालमै गुणस्तरीय शिक्षा व्यवस्था गर्न सङ्घर्ष गर्दै आएको छ ।
शिक्षण पेशालाई मर्यादित बनाउन आवश्यक छ । सरकारहरू शिक्षा विषयमा उत्कृष्ट अङ्कसहित उत्तीर्ण गरेकाहरूलाई मालपोत कार्यालय र भन्सारमा हाकिम बनाउँदैछन् । नेपाल क्रान्तिकारी शिक्षक सङ्घले परीक्षामा नक्कल गर्ने परीपाटी पूर्णरूपले अन्त्य गर्नुपर्ने विषय उठाउँदै आएको छ । तर एमाले–माओवादी सरकारले पनि परीक्षालाई मर्यादित बनाउन सकेन ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घको तर्फबाट म पेशागत हित र गुणस्तरीय शिक्षाको सङ्घर्षमा निरन्तर लागिरहने प्रतिबद्धता जाहेर गर्दछु ।
Leave a Reply