भर्खरै :

चील आयो भन्दै चल्ला चोर्ने ब्वाँसाहरु गाउँ डुलिरहेका छन्

सुरेन्द्रराज गोसाई, नेमकिपा वै. केन्द्रीय सदस्य
नेपाली कामदार वर्गको पार्टी, देशभक्त तथा प्रगतिशील नेपाली जनताको पार्टी, साम्राज्यवाद तथा विस्तारवादविरोधी नेपाली न्यायप्रेमी जनताको पार्टी नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन, आमूल परिवर्तनको निम्ति काम गरी खाने जनताको एकतालाई अझ बलियो बनाउँदै सङ्घर्षलाई निरन्तरता दिने दृढ अठोटका साथ सुरु हुँदै छ । राजनीतिक तथा ऐतिहासिक महत्वको आजको यो क्षणमा पार्टीका सङ्घर्षशील एवम् समर्पित अग्रज कार्यकर्ता, इमानदार तथा जुझारु कामरेडहरू, देश र जनताको निःस्वार्थ सेवामा कटिबद्ध पार्टीका अगुवाहरूको अतुलनीय योगदानको स्मरण हुनु स्वभाविक हो । शोषित–पीडित जनताको हक र हितको निम्ति कहिल्यै थकाइको अनुभवसमेत नगरी सङ्घर्षको मैदानमा अहोरात्र जुट्ने हाम्रा अग्रजहरू, जनताका असल सेवकहरू नयाँ पुस्ताको निम्ति प्रेरणाका पुञ्ज हुन् । उहाँहरूप्रति विशेष श्रद्धा व्यक्त गर्दा हामीलाई गौरवको अनुभूति हुन्छ । पार्टीका हाम्रा अग्रजहरूले ५–६ दसक लामो सङ्घर्षबाट नेमकिपालाई नेपाली कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भ, भारतीय विस्तारवाद एवं एकाधिकार पुँजी तथा अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्षरत एउटा जुझारु सङ्गठन, चिन्तनको एउटा चौतारी तथा क्रान्तिकारी विचारको निकेतन, राजनीतिक इमानदारी एवम् नैतिकताको उत्कृष्ट नमुना, नेपाली कामदार जनताको प्यारो साझा सङ्गठन र माक्र्सवाद–लेनिनवाद तथा माओ–त्सेतुङ विचारधाराको शक्तिशाली सैद्धान्तिक ज्यावल प्रयोग गरी आमूल परिवर्तनको निम्ति अविचलितरूपमा निरन्तर सङ्घर्षरत पार्टीको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक दबुमा प्रस्तुत गर्नुभयो । नेमकिपाले नेपाली वामपन्थी आन्दोलनभित्र देखापरेका अवसरवादी, संशोधनवादी तथा अराजकतावादीविरुद्ध वैचारिक सङ्घर्षलाई चालू राखेकै कारण एउटा क्रान्तिको रातो भन्डा अझै पनि हिमाल–पहाड–तराईमा फहरिरहेको यथार्थ कसैले नकार्न सक्दैन । नेपाली राजनीतिक इतिहासका विविध कालखण्डमा ‘रातो झन्डाको विरुद्ध रातो झन्डा उचाल्ने’ कति आए, कति गए तर नेमकिपाको रातो झन्डा अझ गौरवका साथ नेपाली कामदार जनता माथि उठाउँदै छन् । नेमकिपाको रातो झन्डा खोस्न खोज्नेहरू, नेमकिपाको इतिहास मेट्न चाहनेहरू, जन सङ्घर्षको ज्वारभाटा रोक्ने दुस्साहस गर्नेहरू इतिहासको अँध्यारो कुनामा थन्किए तर नेमकिपा एउटा जाज्वल्यमान दियोझैँ गाउँ बस्ती, सहर–बजारमा वैचारिक ऊर्जा एवम् नयाँ उत्साहको आभा फिँजाउँदै छ र चेतनाको ज्योति छर्दै छ । त्यसकारण, सचेत नेपाली जनता, आमूल परिवर्तनका पक्षपातीहरू, सच्चा देशभक्तहरू नेमकिपा र नेमकिपाको नेतृत्वप्रति गौरवबोध गर्र्र्दै छन्, ऐक्यबद्धता जनाउँदै छन् । नेमकिपालाई एउटा स्वच्छ छविको पार्टीको रुपमा स्वीकार्दै छन् । यो हाम्रो नैतिक विजय हो ।
तर, चील आयो चील आयो भन्दै चल्ला चोर्ने ब्वाँसाहरू गाउँबस्तीमा अभैm डुलिरहेका छन्, माथि आकाशमा गिद्धहरू कावा खाँदैछन्, हरियो बारीमा साँढे पस्दै छ, सिंहदरबारमा भने समाजवाद र समृद्धिको स्याल हुइँया सुनिन्छ । हो, यतिखेर हाम्रो होशियारी, जनताबीच एकता, हाम्रो सङ्घर्षशीलताको अझ खाँचो छ । जनताको बलियो सङ्गठन निर्माण गर्दै वर्गसङ्घर्षको उच्च भावना, विचारमा दृढता बोकी अगाडि बढ्न सकेमात्रै नेपाली जनताले थप बर्बादी बेहोर्नुपर्ने छैनन् र देशको अस्तित्व थप सङ्कटमा पर्ने छैन । हामी गौरवका साथ दाबी गर्छौँ नेमकिपाले वैचारिक तथा सैद्धान्तिक सङ्घर्षमार्फत नेपाली क्रान्तिको अतुलनीय सेवा गर्दै छ । नेमकिपाले नेपाली जनताको देशभक्तिपूर्ण आन्दोलन, वैदेशिक हस्तक्षेपविरोधी आन्दोलनको अग्रणी नेतृत्व ग¥यो र गर्दै छ । जनताको पक्षमा तथा राजनीतिक परिवर्तनको लागि भएका सङ्घर्षमा अग्रपङ्क्तिमा बसेर राजनीतिक इमानदारी तथा परिवर्तनप्रतिको प्रतिबद्धताको उत्कृष्ट दृष्टान्त पेश ग¥यो । त्यसकारण प्रतिक्रियावादी तथा शोषक वर्गको निम्ति नेमकिपा एउटा हाँक बनायो र बन्दै छ । सत्तालिप्साविहीन राजनीतिक सङ्घर्षको पृथक संस्कृति निर्माण गरेर नेमकिपाले नेपाली राजनीतिक इतिहासमा अभूतपूर्व योगदान पु¥याएको आज संवेदनशील समुदाय अनुभव गर्दै छ । देश विकासको निम्ति, जनतालाई शासक वर्गको अत्याचारबाट मुक्त बनाउँदै प्रजातन्त्रको वास्तविक अनुभूति दिलाउनको निम्ति सरकारमा नगई जनताबीचमा सक्रिय हुने एउटा प्रतिबद्ध राजनीतिक दल र सरकारले फालेका हाडखोरमा नभुल्ने इमानदार राजनीतिक दल आवश्यक छ र सम्भव छ भन्ने मान्यता नेमकिपाले स्थापित ग¥यो । सिंहदरबार गएर राज्यको ढुकुटीमा ब्रह्मलूट मच्चाउनेहरूभन्दा जनताको सुख–दुःखमा साथ दिने राजनीतिक दल र त्यसका कार्यकर्ता हरेक हिसाबले ठीक भन्ने बुझाइको विकास हुँदै छ । यो नेमकिपाको गर्विलो सफलता एवं उपलब्धि हो । विदेशी शक्तिसामु झुक्ने परम्परालाई तोड्दै, विदेशी दासता स्वीकार्न अस्वीकार गर्दै आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध नेमकिपाले राजनीतिक क्षेत्रमा स्वाभिमान र आत्मगौरवको झन्डालाई उँचो पा¥यो र पार्दै छ । देशको निम्ति नेमकिपाको यो पृथक योगदानको इतिहासले एकदिन अवश्य उच्च मूल्याङ्कन गर्नेछ ।
अक्टोबर समाजवादी क्रान्तिका अग्रदूत एवं विश्व सर्वहारा वर्गका महान् गुरु लेनिनले दिएको शिक्षाबमोजिम नेमकिपाले क्रान्तिकारी संसदवादको झन्डालाई अगाडि बढायो र दिन प्रतिदिन उँचो पार्दै छ । नेमकिपाका प्रतिनिधिहरू जनताका असल सेवक र कामदार जनताका सच्चा प्रतिनिधिको भूमिका निर्वाह गर्दै छन् । नेमकिपा संसद र प्रदेशसभालाई वर्गीय तथा वैचारिक सङ्घर्षको थलोको रूपमा उपयोग गर्दै छ । देशको नौलो संरचना प्रदेशसभामा पनि शासक वर्गसँगको वैचारिक सङ्घर्ष अगाडि बढाउँदै छ । शासक वर्गको पक्षपाती प्रवृत्ति, भागवण्डाको घृणित कार्यशैली, सङ्कीर्ण सोच, मिचाहा मनोवृत्ति र बडाराष्ट्र अहङ्कारवादी चिन्तन प्रदेशसभामा पनि छताछुल्ल हुँदै छ । तसर्थ प्रदेश सरकारको अप्रजातान्त्रिक तथा पञ्चायती कार्यशैली तथा व्यवहारको विरुद्ध प्रदेशसभामा नेमकिपा सङ्घर्षरत छ । प्रदेशसभामा नेमकिपा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै छ । प्रदेशसभालाई ‘दाइ जिविस’ बनाउने, प्रदेश सरकारलाई केन्द्रको लाचार छायामा बदल्ने र मुख्यमन्त्रीलाई पञ्चायती अञ्चलाधीश बनाई सङ्घीयतामाथि प्रहार गरिरहेको शासक दलका नेता तथा मन्त्रीको गलत नीति तथा शैलीको विरोध नेमकिपा गर्दै छ । दुईतिहाइ बहुमत प्राप्त प्रदेश सरकार चौथो अधिवेशन अर्थात् दुई वर्षभित्र पनि प्रदेश राजधानी र प्रदेशको नामकरणजस्ता संवेदनशील तथा महत्वपूर्ण विषयलाई निश्चित टुङ्गोमा पु¥याउन असफल भयो । प्रदेश सरकार केवल बुँख्याचा सावित हुँदै छ । सिंहदरबार र बालुवाटारभैंm दुईतिहाइको शक्तिशाली प्रदेश सरकार पनि ठगहरूको घेरामा पर्दै छ । प्रदेश सरकार नव–सामन्त तथा नव–खान्दानी वर्गको अर्को वारेस या दलालको रुपमा देखापर्दै छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को झूठो नारा लगाएर, समाजवाद र समृद्धिको राग अलापेरै दुई वर्ष बिताउँदै गरेको प्रदेश सरकारले पुँजीपति वर्गकै पक्षमा ऐन–कानुन निर्माण गर्दै छ । सरकारका एक–एक जनविरोधी कदम र पाखण्ड उदाङ्गो पार्ने काम नेमकिपाका प्रतिनिधिहरू गर्दै छन् । प्रदेश सभामा नेमकिपाको उपस्थिति तथा सङ्घर्षकै कारण भारतीय विस्तारवाद तथा एकाधिकार पुँजी र संरा अमेरिकी साम्राज्यवादविरुद्ध आवाज घन्किन सम्भव भएको र विश्वका समाजवादी तथा स्वतन्त्र देशहरूमाथि भइरहेका विभिन्न किसिमका हमला या थिचोमिचोविरुद्ध आवाज उठिरहेको जनताबीच चर्चाको विषय बन्दै छ ।
विश्वका न्यायप्रेमी जनता आज नेमकिपालाई विशेषगरी विश्व साम्राज्यवादविरुद्ध जुझिरहेको राजनीतिक पार्टीको रुपमा चिन्छन् । नेमकिपाले भियतनाममाथि संरा अमेरिकी साम्राज्यवादी युद्धविरुद्ध आवाज घन्काएर पञ्चायती कालरात्रीमा नेपाली समाजमा साम्राज्यवादविरोधी शक्तिको सङ्घर्ष र उपस्थितिबारे विश्वसामु सन्देश प्रवाह ग¥यो । नेमकिपाले अफगानिस्तान, इराक, लिविया, सिरियामाथि भएका साम्राज्यवादी हमलाविरुद्ध सङ्घर्ष गरेर आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह ग¥यो । अन्यायपूर्ण युद्धविरुद्ध लडिरहेका विश्वका जनताप्रति ऐक्यबद्धता जनाएर नेमकिपाले साम्राज्यवादविरोधी सङ्घर्षमा ऊर्जा थप्दै छ । भाडाका सिपाहीँ भनेर बदनाम गरिएका नेपालीलाई विश्वसामु साम्राज्यवादी युद्धविरुद्ध सङ्घर्षरत जनताको रूपमा चिनाउने प्रयत्न नेमकिपाले ग¥यो । हो, साम्राज्यवादविरोधी सङ्घर्षमा यहाँ नेमकिपा अक्सर एक्लो पर्ने गर्छ तर आफ्नो अन्तर्राष्ट्रिय कर्तव्यबाट कहिल्यै विचलित भएन । समाजवादी व्यवस्थाको रक्षार्थ सङ्घर्षरत कोरिया, क्युवाजस्ता देशका न्यायोचित सङ्घर्षमा नेमकिपाले सदा साथ तथा समर्थन दियो । समाजवादी देशका सफलता र समाजवादी क्रान्तिका उपलब्धिबारे नेपाली जनतालाई शिक्षित बनाएर समाजवादको प्रचार अभियानमा जुट्न अभिप्रेरित ग¥यो । क्युवा र कोरियामाथि साम्राज्यवादी हमला आज पनि जारी छ । ती दुवै देशविरुद्ध पाँच दशकभन्दा पुरानो क्रुर नाकाबन्दी कायम नै छ । अमेरिकी साम्राज्यवाद बारम्बार युद्धको धम्की दिँदै छ । ती देशका जनता र नेतृत्वले समाजवादको रक्षा र देशको स्वाधीनताको निम्ति रगतको अन्तिम थोपा बाँकी भएसम्म, अन्तिम गोली बाँकी भएसम्म साहसपूर्वक समाजवादको अन्तिम विजयको निम्ति लड्ने सङ्कल्प दोहो¥याइरहेका छन् । दसकौँ पुरानो आप्mनो नाकाबन्दी नीतिसमेत असफल भएको देखेर अमेरिकी साम्राज्यवादले यतिखेर होश गुमाएको छ । संरा अमेरिकी साम्राज्यवाद पनि हिजोका साम्राज्यवादी देशझैँ एउटा कुनामा थन्किने दिन अब त्यति टाढा छैन । विश्वका न्यायप्रेमी तथा शान्तिकामी जनतासँग काँधमा काँध मिलाउँदै नेमकिपा अथकरुपमा आतङ्क तथा युद्धको प्रमुख कारण संरा अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्षरत छ ।
साम्राज्यवाद तथा नवउपनिवेशवादविरुद्ध ल्याटिन अमेरिका, अफ्रिका र एसियाका जनता जाग्दै छन् । मजदुर वर्गीय आन्दोलनको तेजले ती भू–भाग इतिहासको कुनै पनि घडीमा भन्दा आज जाज्वल्यमान बन्दै छन् । भेनेजुयलाबाट फेरि एकचोटि लज्जाजनक हार बेहोर्दै संरा अमेरिकी साम्राज्यवाद फर्कनु परेको भर्खरै हो । इरानसँग निहुँ खोजिरहेको अमेरिका साम्राज्यवाद बारबार घाइते भएर त्यहाँबाट फिर्ता जानुपरेको यथार्थ हो । संरा अमेरिकी साम्राज्यवादलाई अफ्रिकी जनता अस्वीकार गर्दै छन् । बोलिभारको स्वतन्त्रता र स्वाधीनता प्रेमको सन्देश, फिडेल क्याष्ट्रो र चे ग्वेभाराको लडाकुपन र क्रान्तिकारी विचारसँगसँगै जागी उठेका ल्याटिन अमेरिकी जनता कहिल्यै साम्राज्यवादसामु झुक्ने छैनन्, बरु साम्राज्यवादलाई अन्तिमपटक परास्त गर्न एकढिक्का भई उठ्नेछन् । एसियालाई विभाजित गर्ने, एसियालीसँग एसियाली भिडाउने, एसियामा नयाँ युद्ध थोपर्ने साम्राज्यवादी जालसाजी सचेत एसियाली जनताले सफल हुन दिने छैनन् । मोदी फासीवादको नयाँ वैशाखी टेकेर एसियालाई तेस्रो विश्व युद्धको आगोमा झोस्ने साम्राज्यवादीहरूको कुत्सित चाल पनि सफल हुन दिने छैनन् । कामरेड चेले कल्पना गरेझैँ आजको मितिसम्ममा दुई–चारवटा भियतनामहरूको जन्म भइसकेको हेक्का नहुनु संरा अमेरिकी साम्राज्यवादको अल्पदृष्टिको द्योतक हो । हो, अन्य जनताझैँ यो एक्काइसौँ शताब्दीका एसियाली जनता पनि युद्ध चाहँदैनन् तर शान्तिको भीख माग्दै हिंड्ने निरीह बन्न पनि अस्वीकार गर्दछन् ।
नेमकिपाको सातौँ महाधिवेशन विस्तारवाद, साम्राज्यवाद र नव–उपनिवेशवादविरोधी सङ्घर्षलाई थप उचाइमा पु¥याउन र जनताको प्रजातन्त्र हुँदै समाजवादी आजुमा पुग्न महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दछु । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *