भर्खरै :

महाधिवेशनको भव्यता

– गौरव प्रधान
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा जिन्दावाद, समाजवादी प्रचार अभियानमा सहभागी होऔँ भन्ने नाराका साथ नेपाल मजदुर किसान पार्टीको सातौँ अधिवेशनको उद्घाटन समारोह सल्लाघारीको खुला जग्गामा शुक्रबार सम्पन्न भयो । अध्यक्ष रोहितले सातौँ महाधिवेशनको बायनर, पानसमा दीप प्रज्ज्वलन र पार्टीको झन्डोतोलन गरी उद्घाटन गर्नुभएको थियो । उद्घाटन नगाँचाको बासुरी बाजाको धुन र जुम्लाको दमाहा बजाएर गरिएको थियो । उद्घाटन सत्रमा नेमकिपाका केन्द्रीय सदस्य तथा जनवर्गीय सङ्गठनका अध्यक्ष र प्रतिनिधिहरूले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
उद्घाटन सत्रअघि महाधिवेशनको जुलुस भक्तपुरको च्याह्मासिङ्ग र काठमाडौँको कोटेश्वरबाट सुरू भएको थियो । जुसुसमा किसान, मजदुर, विद्यार्थी, महिला, शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी, कर्मचारी, बुद्धिजीवी, व्यापारी, सञ्चारकर्मी, कर्मचारी, बुद्धिजीवी, व्यापारी, लेखक, कलाकार, संस्कृतिकर्मीहरूको व्यापक जनसहभागिता थियो । त्यस्तै वाद्यवादन, नाचगान टोली र विभिन्न जनजातिका पोशाक लाएका प्रदर्शनकारीहरूको सङ्ख्या पनि कम्ती थिएन । बजार र सडकको पेटी–पेटी र घर–घरमा जुलुस प्रदर्शन हेर्नेहरूको सङ्ख्या बाक्लै देखिएको छ ।
पार्टीको झन्डाले जुलुस प्रदर्शन राताम्य भएको थियो । जुलुसमा स्वयम्सेवकहरु व्यापक परिचालन भएको थियो । जुसुसको एउटा महत्वपूर्ण आकर्षण जुम्लाको सिंजाको दमाहा बाजा र नाच हो । दमाहा बाजा र नाचले जुलुसको शङ्खघोष गरिरहेको अनुभूति हुन्छ । त्यस्तै नाय्खी बाजा, ब्यान्ड बाजा, धिमाय्, धाँ, बाँसुरी बाजा, लाखे नाचले पनि जुलुस प्रदर्शन सङ्गीतमयजस्तो बनेको थियो । जुलुसको अर्को आकर्षण माक्र्स, एँगेल्स, लेनिन, स्टालिन र माओ त्सेतुङका फोटो पनि रह्यो । जिल्ला–जिल्लाबाट सहभागी प्रदर्शनकारीहरुको सङ्ख्या अधिक थियो । जिल्ला–जिल्लाका पार्टी, जनवर्गीय र पेशागत सङ्गठनको ब्यानरले जुलुसको शोभा बढाएको थियो । सारमा जुलुस भव्य, सभ्य र विशाल थियो । प्रदर्शनकारीहरुको सहभागिताले पार्टीलाई थप ऊर्जा मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *