भर्खरै :

जिरो इमिसन दिवसमा प्रदूषणमुक्त सवारीको ¥याली

भक्तपुर,४ असोज । सेप्टेम्बर २१ अर्थात् अन्तर्राष्ट्रिय जिरो इमिसन दिवस (प्रदूषण न्यूनीकरण) को अवसरमा इनिसियटिभ रिसर्च ग्रुप (आई.आर.जी.) को आयोजनामा वातावरण मैत्री सवारी ¥याली (साइकल तथा विद्युतीय सवारी ¥याली) सम्पन्न गरिएको छ ।
सो ¥यालीको मुख्य उद्देश्य वातावरणीय प्रदूषण तथा यसको न्यूनीकरण बारे जनचेतना जगाउनु रहेको छ । आई.पी.सी.सी.इन्टर गभर्मेन्टल पाय्नल अन क्लाइमेट चेन्ज) का अनुसार पृथ्वीको तापक्रम औद्योगिकरण पूर्वको तापक्रमभन्दा १.५० सेन्टिग्रेडले वृद्धि भइसकेको छ । यसको मुख्य कारण तीव्ररूपमा जैविक इन्धनको प्रयोग एक हो ।
यातायातको लागि अधिकतम रुपमा जैविक इन्धन प्रयोग हुने हुँदा यसको असर वातावरण प्रदूषणमात्र नभई आर्थिक भार र प्राकृतिक प्रकोपलाई पनि निम्ट्याउने खतरा रहेको हुँदा यस्तो सवारी साधनको विकल्पको रूपमा साइकल र विद्युतीय सवारी साधन प्रयोगमा ल्याउन अपरिहार्य भइसकेको छ ।
इनिसियटिभ रिसर्च ग्रुपले जलवायु परिवर्तनसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *