भर्खरै :

नेमकिपाको सातौँ महाधिवेशन पार्टी प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडांैँ, ४ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको दोस्रो दिन शनिबार बसेको बन्द सत्रले पार्टी केन्द्रीय समितिको प्रतिवेदन पारित ग¥यो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित), सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य सुनिल प्रजापतिको अध्यक्ष मण्डल गठनपछि सुरू भएको बन्दसत्रको सुरूवातमै केन्द्रीय सचिव प्रेम सुवालको तर्फबाट केन्द्रीय सदस्य सुनिल प्रजापतिले केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनमाथि दशवटा समूह बनाई छलफलपछि बन्द बैठकमा थप छलफल गरिएको थियो । छलफलमा आएका सुझाव समावेश गरी प्रतिवेदनलाई अन्तिम रूप दिन गठन हुने नयाँ केन्द्रीय समितिलाई जिम्मा दिने निर्णय गरिएको थियो ।
प्रतिवेदनमा भारतीय एकाधिकार पुँजीले नेपालको जलस्रोत कब्जा गर्दै आएको भन्दै नेपालको जलविद्युत् नेपालीको लगानीमा उत्पादन गर्नुपर्ने पार्टीको मत भएको उल्लेख गरिएको छ ।
पार्टीले घर बनाउन बाँकी भूकम्प पीडितलाई एकमुष्ट रू. १० लाख अनुदान दिनुपर्ने र सहुलियत ब्याज दरको पुनः कर्जा चालू राख्नुपर्ने तथा घर बनाउन नसकेका गरिब भूकम्प पीडितलाई सरकारले नै घर बनाइदिनुपर्नेमा जोड दिएको सचिव सुवालको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सिंहदरबारभित्र भारतीय लगानीको तर नेपाली नामको ‘एभरेस्ट बैङ्क’ हटाउन पार्टीले पटक–पटक आवाज उठाएको भन्दै प्रतिवेदनमा भारतीय लगानीको ‘एभरेष्ट बैङ्क’ सिंहदरबारबाट हटाउन सङ्घर्ष चालू राख्ने उल्लेख छ ।
एमाले–माओवादी दुई पार्टीको एकता सिद्धान्तहीन र भारतीय विस्तारवाद एवम् अमेरिकी साम्राज्यवादको गोटी साबित भएको प्रतिवेदनमा उल्लेख छ । गुठी संस्थान वा गुठी प्राधिकरण खारेज गर्नुपर्ने भन्दै प्रतिवेदनमा गुठीअन्तर्गतका सम्पदा एवम् सम्पत्ति संरक्षण र स्रोतको व्यवस्थापन तथा संस्कृति सञ्चालन गर्ने जिम्मेवारी तत्तत् नगरपालिका र गाउँपालिकालाई दिनुपर्ने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘नेपाल ट्रस्ट खारेज गरी त्यसअन्तर्गतका सम्पत्ति पनि तत्तत् नगरपालिका र गाउँपालिकालाई दिनुपर्ने पार्टीको मत हो ।’
सरकारले पारमाणविक तथा रेडियोधर्मी पदार्थको शान्तिपूर्ण एवम् सुरक्षित प्रयोग विधेयक पनि संसद्मा पेश गरेको उल्लेख भएको सो प्रतिवेदनमा पार्टीले यो विधेयक पारित नगर्न विरोध गरिरहेको उल्लेख छ ।
ते¥ह महिनादेखि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकता विधेयकबारे प्रतिवेदनमा भनिएको छ, ‘नेमकिपाले देशको सार्वभौमिकता रक्षाको लागि जन्मको आधारमा विदेशीले पाएको नेपाली नागरिकता खारेज गर्नुपर्ने विषय जोडका साथ उठाउँदै छ भने पार्टीले नेपाली पुरूषसँग विवाह भएका विदेशी महिलालाई विवाह दर्तालगत्तै अङ्गीकृत नेपाली नागरिकता दिने प्रावधान खारेज गर्नुपर्ने मत राख्दै छ ।’
प्रतिवेदनमा संसारमा देखिएको अशान्ति, हिंसा तथा युद्धको कारक साम्राज्यवाद र पुँजीवाद नै भएको हुँदा नेमकिपाले युद्धविरूद्ध घृणा पैदा हुने गतिविधिलाई चालू राखेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख छ, ‘अमेरिकी साम्राज्यवादले एक क्षेत्र एक मार्ग (बीआरआई) लाई बिथोल्न र चीनको विकासलाई रोक्न एक वर्षदेखि चिनियाँ सामानमा कर बढाउँदै चीनविरूद्ध व्यापार युद्ध गर्दै छ ।’
अमेरिकी साम्राज्यवादले चीन र भारतबीच मतभेद सिर्जना गरी एसियालीलाई एक–आपसमा भिडाउने षड्यन्त्र गरिरहेको भन्दै प्रतिवेदनमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले चीनविरूद्ध नेपाललाई उभ्याउने षड्यन्त्र गरिरहेको उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकी साम्राज्यवादले सहश्राब्दी लक्ष्य प्राप्तिको लागि सहयोगको नाममा नेपाललाई रू. ५६ अर्ब अमेरिकी सहयोग प्रदान गर्न नेपालले प्रजग कोरियाविरूद्धको नाकाबन्दीलाई समर्थन गर्नुपर्ने र तिब्बतबाट भागेर नेपाल आएका तिब्बतीहरूलाई भारत आश्रयमा बसेका दलाई लामासम्म पठाउने मार्ग प्रशस्त गर्नुपर्ने सर्त राख्यो । अमेरिकी साम्राज्यवादका यी गतिविधि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हो ।’
अमेरिकी साम्राज्यवादको गोटीअनुसार पाकिस्तानलाई एक्ल्याउन र चीनलाई घेर्न बिम्स्टेक सम्मेलनमा भारतीय विस्तारवादले भूमिका खेलेको भन्दै प्रतिवेदनमा जम्मु–काश्मीरमा भारतीय हस्तपक्षेले दक्षिण एसियामा युद्धको बादल देखापरेको उल्लेख छ ।
षड्यन्त्रमा सत्तासीन दल
काठमाडौं, ४ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको बन्द सत्र शनिबार बिहान सुरू भयो । केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले गर्नुभएको बन्द सत्र आइतबार पनि चालू रहनेछ ।
बन्द सत्रको सुरूवातमा बोल्दै अध्यक्ष रोहितले देशलाई समाप्त पार्ने खेल चलिरहेको सन्दर्भमा सत्ताधारी दलबाट अनेक षड्यन्त्र भइरहेको हुँदा पार्टीका सबै कार्यकर्ता तथा सर्वसाधारण जनता सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष रोहितले महाधिवेशनको बन्द सत्रले पार्टी, जनवर्गीय सङ्गठन र पेशागत सङ्गठनका विगतका क्रियाकलापको समीक्षा गर्ने बताउँदै विधान संशोधन र भावी नीति तथा कार्यक्रम पारित गर्ने बताउनुभयो ।
शनिबारको बन्द सत्रले नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले तयार गर्नुभएको केन्द्रीय समितिको प्रतिवेदन सुझावसहित पारित ग¥यो । त्यस्तै बन्द सत्रमा पार्टीका विभिन्न जिल्लाका प्रतिनिधिहरूले आआफ्नो जिल्लाको राजनीतिक वस्तुस्थिति र पार्टीका गतिविधिबारे प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै पार्टीका जनवर्गीय सङ्गठन र पेशागत सङ्गठनहरूले आआफ्ना प्रतिवेदन पेश गर्नुभएको थियो ।
यसैबीच पार्टीको महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुनुभएका विभिन्न जिल्लाका कार्यकर्ता तथा समर्थकहरूलाई पार्टीका सैद्धान्तिक विषय, देशको वर्तमान राजनीतिक विषयमा पार्टीको दृष्टिकोणबारे प्रशिक्षण दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *