अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
बजिरसिंह विश्वकर्मा, केन्द्रीय सदस्य, नेमकिपा
इतिहासका ठेलीहरूमा राजा महाराजाहरूका नाम र प्रशस्तीहरू पर्याप्तै सङ्कलित गरिए तर देश र जनताको हितमा काम गर्ने पात्र र तिनको योगदानको बारेमा खासै स्थान दिएको पाइँदैन । सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक अवसरबाट बञ्चित गरी मानिस मानिसबीच विभेद सुरु गरियो ।
मानिसले मानिसलाई शोषण गर्नु, अपमान गर्नु विभेद गर्नु जघन्य अपराधको मूल कारण हो । पुरातन चिन्तन भएका शासकहरू र तिनको व्यवहारको बढाइ चढाइ गर्ने र आफ्नो जागीर जोगाउने मनोवृत्ति भएका चिन्तकहरूले विभेदलाई बढावा दिए । ठग, धूर्त, शोषक र लुटेराहरूले श्रम गर्न सिपालु मानिसलाई अन्याय, अत्याचार गर्ने सामन्ती र पँुजीवादी व्यवस्था परिवर्तन गर्नु आवश्यक छ ।
शासक दलहरूको सिद्धान्त र व्यवहारमा तालमेल हुन नसक्नु प्रमुख समस्या हो । समाज रुपान्तरणमा सिद्धान्त र व्यवहारको तालमेल अत्यावश्यक रहेको छ । समाजवादी राज्य व्यवस्थाले मात्र समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद तथा कुसंस्कारहरूको अन्त्य गर्नेछ, त्यो सुनौलो लाली किरणसँगै साम्यवादी समाजको निर्माण हुनेछ । सानो ठूलो, उच्च नीच, धनी गरीब नभई वर्गविहीन तथा राज्यविहीन युगमा समाज रुपान्तरण हुनेछ । त्यो जिम्मेवारी नेपाल मजदुर किसान पार्टीको काँधमा छ । मानिसले मानिसलाई छुवाछूत र हेला गर्ने दलित शब्द नै संविधान र ऐन–नियमबाट हटाउन आवश्यक छ । यसबाट चनाखो रहँदै वर्गीयरुपमा सङ्गठित भई वर्गसङ्घर्षलाई उठाउनु आजका सचेत नागरिकहरूको प्रमुख जिम्मेवारी हो । नेपाल मजदुर किसान पार्टी मानिस मानिसबीच हुने सबैखाले असमानता र विभेद हटाउन सङ्घर्षरत छ ।
व्यक्तित्व विकासमा समान अवसर र आर्थिक समानताबिना मानिस मानिसबीचको विभेद अन्त्य नहुने भएकोले नेपाल मजदुर किसान पार्टीले व्यापक जनतालाई सचेत सङ्गठित बनाई अगाडि बढिरहेको छ । यसमा समाजका सबै तह र समुदायको उचित योगदानको खाँचो छ ।
Leave a Reply