भर्खरै :

साफ फुटबल च्यापियनसिप ः बङ्गलादेश सेमिफाइनलमा

काठमाडौँ, ६ असोज (रासस) : बङ्गलादेश तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा आज भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बङ्गलादेश सेमिफाइनल पुगेको हो ।
खेल अवधिभर दुवै टोलीले गोल गर्ने थुपै्र अवसर खेर फालेका थिए । समूह ‘बी’मा रहेको बङ्गलादेशले दुई खेलमा चार अङ्क जोड्दै सेमिफाइनल पुगेको हो । बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ३–० गोलले हराएको थियो । भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ । बराबरीसँगै भारतले एक अङ्क जोडेको छ । भारतले बुधबार श्रीलङ्कासँग खेल्नेछ । सो प्रतियोगिताअन्तर्गत मङ्गलबार समूह ‘ए’ मा रहेका भूटान र माल्दिभ्सबीच खेल हुनेछ । उक्त खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । भूटानले माल्दिभ्सलाई चार गोलभन्दा बढी अन्तरले पराजित गरेमा मात्र नेपाल सेमिफाइनल पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *