भर्खरै :

चीनले सार्वजनिक ग¥यो ७० वर्षको मानवअधिकारमा प्रगति

पेइचिङ, २३ सेप्टेम्बर । चीनले बितेका ७० वर्षमा मानवअधिकारको क्षेत्रमा गरेको प्रगतिको विषयमा श्वेत पत्र सार्वजनिक गरेको छ ।
‘जनताको लागि खुशी खोज्दैः चीनमा मानवअधिकारमा प्रगतिको ७० वर्ष’ शीर्षकको श्वेत पत्र आइतबार राज्य परिषद् सूचना कार्यालयले सार्वजनिक गरेको हो ।
श्वेत पत्रमा भनिएको छ, “सुखी जीवन बाँच्न आधारभूत मानवअधिकार हो ।” चीनले जीवन निर्वाह र विकास आधारभूत मानवअधिकार मानेको र सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि समन्वयात्मक तरिकाबाट जनताको अधिकार सुधार गरिरहेको श्वेतपत्रमा उल्लेख छ । विशेषतः सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको अठारौं महाधिवेशनपछि चीनले सो विषयमा ध्यान दिएको त्यसमा उल्लेख छ ।
सत्तरी वर्षयता चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनका जनतालाई शक्तिशाली बनाउनुका साथै आफ्नो देशको मालिक आफैं बनेका छन् ।
“बितेका सात दसकमा चिनियाँ राष्ट्र उठेको र समृद्ध बनेको छ । चीन अझ बलियो बनिरहेको छ । जनताका आधारभूत सबै अधिकारको सम्मान र रक्षा गरिन्छ । मानवअधिकारको अन्तर्राष्ट्रिय मान्यताप्रति चीनले लगातार योगदान गर्दै आएको छ”, श्वेतपत्रमा उल्लेख छ ।
“चीनको राष्ट्रिय परिस्थिति सुहाउँदो गरी मानव अधिकार रक्षाको चीनले मार्गप्रशस्त गरेको छ । साथै मानव सभ्यतामा विविधता बढाएको छ”, दस्तावेजमा उल्लेख छ ।
“भविष्यमा चिनियाँ जनताले पक्कै पनि थप विस्तारित पूर्ण अधिकारको उपभोग गर्नेछन् र उच्च स्तरको सम्पूर्ण विकास अनुभव गर्नेछन्”, त्यसमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *