जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३६
- असार १२, २०८३
काठमाडौँ, ७ असोज । “हाम्रो पार्टी एकमनको पार्टी हो” नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरस्थित आफ्नो निवासमा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीको सातौँ महाधिवेशनको सन्देश दिनुहुँदै उक्त विचार राख्नुभएको हो ।
सम्पन्न महाधिवेशनले पारित गरेको नेमकिपाको तत्कालीन कार्यक्रम ‘जनताको प्रजातन्त्र’ विषयमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “अहिलेको प्रजातन्त्र गरिब जनताको व्यवस्था होइन । धनीलाई कर माफ गर्ने गरिएको छ । गरिबलाई त्यस्तो कुनै छुट छैन किनभने यो पुँजीवादी प्रजातन्त्र हो । जनताको प्रजातन्त्रमा कामदार वर्गका नेपाली जनताको हातमा प्रजातन्त्र जानेछ ।” वर्तमान सरकारका काम कारबाहीतर्फ सङ्केत गर्नुहुँदै उहाँले भन्नुभयो, “आफ्ना मान्छेलाई काम दिने, भ्रष्टाचार गर्ने र पुँजीपतिलाई सहुलियत दिने ‘समाजवाद’ हो उहाँहरूको ।”
काठमाडौँ र च्याह्मासिंहदेखि सल्लाघारीसम्मको पार्टी उद्घाटन ¥यालीलाई शक्ति प्रदर्शन हो कि भन्ने प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेँले त्यसलाई सांस्कृतिक प्रदर्शनको संज्ञा दिनुभयो । साथै उहाँले पार्टी सदस्यहरू कुनै गैरसरकारी संस्था, सहकारी सङ्घ संस्था वा आर्थिक मुद्दामामिलामा संलग्न हुनुपूर्व पार्टीको अनुमति लिनुपर्ने नयाँ बन्दोबस्त विधानमा थपिएको बताउनुभयो । उहाँले १०० जना सदस्यबाट १ जना प्रतिनिधि छान्ने प्रावधानअनुरूप नै ३३ जिल्लाबाट महाधिवेशनमा प्रतिनिधि छानिएको जानकारी दिनुभयो ।
पत्रकारका विभिन्न प्रश्नको जवाफ दिनुहुँदै अध्यक्ष बिजुक्छेँले ‘महाधिवेशन सास फेर्नु’ जस्तै भएको बताउनुभयो । उहाँले राजनीतिक कार्यकर्ताले निरन्तर काम गर्ने भावना राख्नुपर्छ भन्ने धारणा राख्नुभयो । “पार्टीले जहाँ खटाउँछ, त्यहाँ खट्नुपर्छ । व्यक्तिगत इच्छाको कुरा होइन । इमानदारी र प्रतिबद्धतापूर्वक काम गर्नुपर्छ,” उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा पार्टीको प्रेस विज्ञप्ति जारी गरिएको थियो । विज्ञप्तिमा असोज ७ गते बसेको पार्टीको पहिलो केन्द्रीय बैठकले अध्यक्ष बिजुक्छेँसहित प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति र नन्दबहादुर शाही सम्मिलित पार्टी केन्द्रीय सचिवालय एवम् एक केन्द्रीय सल्लाहकार समिति गठन गरेको उल्लेख छ । पार्टी केन्द्रीय समितिमा रवीन्द्र ज्याख्व तथा वैकल्पिक केन्द्रीय सदस्यमा राजेन्द्र चवाल र नारायणबहादुर दुवाल मनोनित गरेको उक्त बैठकले प्रदेशहरूको जिम्मेवारी बाँडफाँट गर्दै प्रदेश १ मा उकेश कवां, प्रदेश २ मा सुरेन्द्रराज गोसाई, प्रदेश ३ मा प्रेम सुवाल, प्रदेश ४ मा डिल्लीप्रसाद काफ्ले, प्रदेश ५ मा हरिसुन्दर वासी, प्रदेश ६ मा सरोजराज गोसाई र प्रदेश ७ मा नन्दबहादुर शाहीलाई संयोजक चयन गरेको छ ।
Leave a Reply