देशको यो सङ्कट हुनुमा ओली, देउवा र दाहाल कति जिम्मेवार ?
- कार्तिक २०, २०८२
काठमाडौँ, ९ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबारे नेपालका विभिन्न सञ्चारमाध्यमले लगातार चासो व्यक्त गरिरहेका छन् । सञ्चारमाध्यमहरूले नेमकिपाका आगामी कार्यक्रम, सिद्धान्त, नेतृत्व, समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक धारणाप्रति चासो देखाएका हुन् ।
सोही विषयमा बिहीबार कान्तिपुर टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आफू पार्टी कार्यकर्ता भएकोले महाधिवेशनले गरेको निर्णयअनुसार नै नेमकिपाको अध्यक्ष हुनुपरेको बताउनुभयो ।
“पार्टी कार्यकर्ता भएकोले पार्टीको निर्णय मान्नु मेरो कर्तव्य हो”, उहाँले भन्नुभयो ।
नेमकिपामा तीन उमेर समूह–६० वर्षभन्दा माथि, ४० वर्षभन्दा माथि र २० वर्षभन्दा माथिका कार्यकर्ताले काम गरिरहेको बताउँदै उहाँले २० वर्ष उमेर समूहका कार्यकर्ताहरूको सङ्ख्या बढिरहेको जानकारी दिनुुभयो ।
अध्यक्ष बिजुक्छेँले पुँजीवादी प्रजातन्त्रलाई पुँजीपति वर्गको सेवा गर्ने प्रजातन्त्रको रूपमा व्याख्या गर्दै नेमकिपाले व्यापक नेपाली जनताको हितमा जनताको प्रजातन्त्र अघि सारेको बताउनुभयो ।
सत्तारूढ दलले भन्दै आएको समाजवाद ‘उधारो समाजवाद’ भएको चर्चा गर्दै उहाँले जनताको आँखामा छारो हाल्न नेकपाले समाजवादको कुरा गर्ने गरेको बताउनुभयो ।
कसैले दिँदैमा समाजवाद नआउने प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेँले नेपाली जनता आफैँले समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपालाई कुनै ठाउँमा मात्र सीमित भएको भन्ने आरोप लगाउने मानिसहरूको सोच सङ्कीर्ण भएको धारणा राख्दै उहाँले नेमकिपा अन्तर्राष्ट्रवादी पार्टी भएको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी सरकार फोहोर आहाल हो । पुँजीवादी सरकारमा गएको पार्टी सफा कम्युनिष्ट पार्टी हुनैसक्दैन ।”
अध्यक्षले बिजुक्छेँले नेपालको राजनीतिमा नेमकिपाले अँध्यारोमा बत्तीजस्तै प्रकाशस्तम्भको रूपमा काम गरिरहेको बताउनुभयो ।
सरकारले अहिले सम्बन्धन दिएका कुनै पनि विश्वविद्यालत्न्दा प्रस्तावित ख्वप विश्वविद्यालय र मेडिकल कलेजको लागि पूर्वाधार पुगेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले ‘उत्पादन श्रमसँग जोडिएको शिक्षा व्यवस्था’ भएको उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा ख्वप विश्वविद्यालयलाई विकास गर्ने स्पष्ट पार्नुभयो ।
बिहीबार बिहान सगरमाथा एफएमसँग महाधिवेशनकै विषयमा भएको कुराकानीमा बिजुक्छेँले सत्तारूढ नेकपाले पुँजीपति र सामन्त वर्गकै सेवामा ऐन–कानुन बनाएको बताउनुभयो ।
नेमकिपाले गरिब जनता बस्ने दुर्गम क्षेत्रमा जनताको सेवा गर्ने धारणा राख्दै उहाँले तल्लो तहका जनताको सेवा गर्नु नै नेमकिपाको उद्देश्य भएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय शक्ति केन्द्रबीचको तानातानमा देश अफगानिस्तान बन्न सक्नेप्रति नेपाली जनता सावधान रहन आवश्यक भएको भन्दै उहाँले नेमकिपा नेपालका अन्य राजनीतिक दलको तुलनामा वैचारिक सङ्घर्षमा अब्बल भएको बताउनुभयो ।
Leave a Reply