नक्कली कम्युनिस्टहरू घोषित पुँजीवादीहरूभन्दा झन् खतरनाक हुने
- कार्तिक १९, २०८२
काठमाडौँ, ८ असोज । भारत सरकारले विगत केही वर्षदेखि नेपाल र भारतको सीमा क्षेत्र कालापानीमा सैनिक उपस्थिति बढाएको छ । सरकारी स्वामित्व रहेको द राइजिङ नेपालमा प्रकाशित समाचारअनुसार सन् १९६२ मा चीन–भारतबीचको लडाईँको क्रममा स्थापना गरिएको कालापानीको सो भारतीय सैनिक चौकीबाट आफ्नो सेना फिर्ता लानुको सट्टा भारतले सैनिक उपस्थिति बढाएको छ ।
स्थानीय जनताले कालापानीमा हाल झन्डै ४ सय सैनिक तैनाथ गरिएको छ । त्यसमा भारतका हिन्द–तिब्बत सशस्त्र प्रहरी (आईटीबीपी), सशस्त्र सीमा बल (एसएसबी) र भारतीय सशस्त्र बल समावेश भएको स्थानीयले बताएका छन् । तर, नेपालका सशस्त्र प्रहरी बल र नेपाल सेना भने दार्चुला जिल्लाको सदरमुकाम खलङ्गामा मात्र सीमित छन् ।
दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शङ्करप्रसाद विष्टले जिल्लाको उत्तरी सिमानामा नेपाल सरकारको उपस्थिति कमजोर रहेको बताउनुभयो ।
टिङ्कर र सीतापुरमा ६ महिनाको लागि सीमित सङ्ख्याका नेपाल प्रहरी बस्ने गरेका छन् । मंसिर सुरू हुने जाडो मौसममा नेपाल प्रहरी सो क्षेत्रमा बस्दैनन् । जाडो महिनाको सुरूवातसँगै माथिल्लो भेगका टिङ्कर र सीतापुरबाट स्थानीय जनता र सुरक्षाकर्मी डुम्लिङमा झर्ने गर्छन् ।
प्रजिअ विष्टले कालापानी क्षेत्रको रणनीतिक महत्वका आधारमा त्यहाँका वर्षका बा¥है मास नेपाली सुरक्षाकर्मीको उपस्थिति आवश्यक भएको बताउनुभयो । नेपालका तीन वटा गाउँ गुञ्जी, नाभी र कुटी भारतको नियन्त्रणमा छन् । भारतीय सुरक्षाकर्मीले धर्चुलाको घट्टेबागढदेखि कालापानीसम्म सात ठाउँमा आठ वटा चौकी स्थापना गरी आफ्ना जवानहरूलाई तैनाथ गरेको छ । भारत सरकारले छिया तालभन्दा माथिल्लो भागलाई संवेदनशील क्षेत्र घोषणा गरी त्यहाँ प्रवेश गर्न विभिन्न ठाउँमा अनुमति लिनुपर्ने प्रावधान बनाएको छ ।
भारतीय सुरक्षाकर्मीले कालापानीदेखि छाया तालसम्म ओहोरदोहोर गर्न ११ वटा सवारी साधनको प्रयोग गर्दै आएका छन् । भारतीय पक्षले त्यहाँ कैयौँ न्यानो वातानुकूल घर र तीन वटा मन्दिर स्थापना गरेको छ ।
सशस्त्र प्रहरी बलले नेपाल, चीन र भारतको सीमावर्ती व्यास गाउँपालिका वडा नं १ मा पर्ने छाङ्ग्रुमा चौकी स्थापना गर्ने निर्णय गरे पनि हालसम्म सो निर्णय कार्यान्वयनमा ल्याउन सकिएको छैन ।
Leave a Reply