जारशाही संसद्मा बोल्शेभिक सांसद
- कार्तिक १९, २०८२
चिलीको वियोगान्तः संसारभरका क्रान्तिकारीहरूको लागि शिक्षा
अनवर होक्सा
(अल्बानियाका समाजवादी नेता अनवर होक्साले चिलीमा सन् १९७३ को सेप्टेम्बर ११ मा भएको घटना पश्चात चिलीमा त्यो घटना हुनुको सैद्धान्तिक पक्षको विश्लेषण गर्दै यो लेख लेख्नुभएको थियो । यो लेख सबभन्दा पहिलो पटक सन् १९७३ अक्टोबर २ का दिन Zeri i popullit नामको अखबारमा प्रकाशित भएको थियो । होक्सा सोभियत सङ्घमा स्तालिनको निधन पछि आएको खु्रश्चेभपन्थी नेतृत्वको संशोधनवादी विचारका कडा आलोचक हुनुहुन्थ्यो ।)
चिलीमा आएको प्रतिक्रान्तिकारी आँधीबेहरीले त्यहाँका कामदार, देशभक्त र लडाकूहरूलाई सताउन छोडेको छैन । सेप्टेम्बर ११ मा सत्ताविप्लव गरी सत्ता कब्जा गरेका दक्षिणपन्थी शक्तिले आतड्ढको शासन स्थापना गरेको छ । उनीहरूको आतड्ढराजले त हिटलरको शासनलाई समेत माथ पारेको छ । बिना कुनै कानुन प्रक्रिया र अभियोग सहर बजार र काम गर्ने थलोमा जनतालाई निकै निर्दयी तरिकाबाट जताततै हत्या र आमनरसंहार गरिएको छ । खेलकुदका र·शाला यातना शिविरमा बदलिएको छ । प्रगतिशील संस्कृतिलाई बुटमुनि दबाइएको छ । चोक–चोकमा माक्र्सवादी पुस्तकहरूको अग्नीदहन गरिएको छ जसरी कुनै बेला नाजीहरूले गर्थे । प्रजातान्त्रिक पार्टी, मजदुर सङ्गठन र प्रजातान्त्रिक सङ्गठनहरूमाथि प्रतिबन्ध थोपरिएको छ । देशैभरि मध्ययुगीन बर्बरता फैलिएको छ । कालो युगका कट्टर अन्धभक्त र अति प्रतिक्रियावादी शक्ति, अमेरिकी साम्राज्यवादका दलालहरू राजनीतिक डबलीमा देखापरेका छन् । रक्तपातपूर्ण सङ्घर्षबाट जनताले हासिल गरेको प्रजातान्त्रिक स्वतन्त्रता एकै दिनभित्र निमिट्यान्न पारिएको छ । चिलीको घटनाले चिलीका जनतालाई मात्र प्रभाव पारेन, बरु संसारभरका सबै क्रान्तिकारी, प्रगतिशील र शान्तिकामी जनतालाई प्रभाव पारेको छ । त्यसकारण यो घटनाबाट चिलीका क्रान्तिकारी र कामदार जनताले मात्र होइन, अरु देशका क्रान्तिकारी र कामदार जनताले पनि निष्कर्ष निकाल्न जरुरी छ । पक्कै पनि हामी चिली क्रान्तिको आन्तरिक परिधिभन्दा बाहिर नजाने विशुद्ध राष्ट्रिय वृत्तान्त र अवधारणाको विश्लेषण वा कुनै विशेष घटना, चिली क्रान्तिका कमजोरी वा गल्तीको विषयमा मात्र कुरा गरिरहेका छैनौँ । हामी कुनै पनि क्रान्तिले उपेक्षा गर्न नसक्ने र हरेक क्रान्तिको सन्दर्भमा लागू हुने विश्वव्यापी नियमको विषयमा कुरा गरिरहेका छौँ । चिलीमा घटेको घटनाको प्रकाशमा क्रान्तिको सिद्धान्त र व्यवहारको कसीमा कुन पक्ष ठीक थियो र कुन पक्ष सही बाटोबाट विचलित भयो भन्ने कुरा निक्र्योल गर्नुपर्छ । कुन विचारधारा क्रान्तिकारी र कुन विचारधारा अवसरवादी थियो, कुन नीति र कार्यले क्रान्तिलाई सहयोग गरेको थियो र कुनले प्रतिक्रान्तिलाई सहयोग गरेको थियो भन्ने कुरा निक्र्योल गरिन आवश्यक छ ।
सबभन्दा पहिले त, एलेन्डे सरकारको समयलाई चिलीका जनताको जीवन वा ल्याटिन अमेरिकाको सम्पूर्ण इतिहासबाट सजिलै मेट्न सकिने समय होइन भन्ने कुरा भन्नुपर्छ । व्यापक जनताका माग र चाहना अँगीकार गर्दै पपुलर पार्टीको एलेन्डे सरकारले चिलीको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता बलियो बनाउन र अर्थतन्त्रको स्वाधीन विकास गर्न सुधारका अनेकन नीति र कदम चालिएको थियो ।
एलेन्डे सरकार स्थानीय कुलीनतन्त्र र अमेरिकी एकाधिकार पुँजीको लागि चर्को हमला सिद्ध भयो । चिलीका कुलीन वर्ग र अमेरिकी एकाधिकार पुँजीले त्यहाँका प्रमुख पद ओगट्नुका साथै देशको कानुन बनाउँथे । यो प्रगतिशील र साम्राज्यवादविरोधी प्रक्रियाका उत्प्रेरक ल्याटिन अमेरिकाबाट उदाएका महान व्यक्तित्वमध्ये एक जना राष्ट्रपति एलेन्डे थिए । एलेन्डे एक जना विलक्षण देशभक्त र प्रजातान्त्रिक योद्धा थिए । उनकै नेतृत्वमा चिलीका जनताले भूमिसुधारको लागि सङ्घर्ष गरेका थिए । विदेशी कम्पनीहरूको राष्ट्रकरण र अमेरिकी प्रभावबाट चिलीलाई मुक्त गर्ने र प्रजातान्त्रीकरण गर्न सङ्घर्ष गरेका थिए । एलेन्डेले ल्याटिन अमेरिकाका विभिन्न देशमा भएका साम्राज्यवादविरोधी मुक्ति आन्दोलनलाई समर्थन गरे । ल्याटिन अमेरिकाका सैनिक शासक र ठगहरूले लघारेका स्वतन्त्रता लडाकूहरूलाई उनले आफ्नो भूमिमा शरण दिए । जनताको मुक्ति र साम्राज्यवादविरोधी आन्दोलनहरूमा एलेन्डेले खुला मनले समर्थन व्यक्त गरे । भियतनाम, कम्बोडिया, प्यालेस्टाइन र अन्य देशका जनताका सङ्घर्षमा उनले पूर्ण समर्थन जनाए ।
आफ्ना जमिनदारी गरिब किसानहरूलाई वितरण गर्ने चिलीका ठूला जमिनदारहरूलाई के यस्तो अवस्था र गतिविधि पाच्य हुनसक्छ ? आफ्नो कलकारखानाबाट निष्काशन गरिएका सान्टियागोका पुँजीपतिहरूलाई यो सह्य हुनसक्छ ? शक्तिहीन बनाइएका अमेरिकी कम्पनीहरूलाई के त्यो अवस्था स्वीकार्य हुनसक्छ ? उनीहरू एक दिन सबै सङ्गठित बनेर आफ्नो गुमेको स्वर्ग फिर्ता लिने प्रयास गर्नु पक्का थियो । यहाँ स्वाभाविकरूपमा एउटा प्रश्न उठ्छः के आफ्नो वरपरको अवस्थाबारे एलेन्डे जानकार थिए ? आफूविरुद्ध बुनिएको षड्यन्त्रको तानाबाना के उनले देखेका थिए ? पक्कै पनि एलेन्डेले देखेका थिए । प्रतिक्रियावादीहरूले खुलमखुला काम गरेका थिए । उनीहरूले मन्त्रिमण्डलको सदस्य, सत्तारुढ दलका अधिकारी तथा कार्यकर्ताहरूको हत्या गरेका थिए । उनीहरूले ट्रक चालकहरूको सङ्गठनलाई उचालेर प्रतिक्रान्तिकारी हडताल गर्न लगाएका थिए । व्यापारी, चिकित्सक र अन्य निम्न मध्यम वर्गीय पुँजीपतिलाई पनि हड्तालको उक्साएका थिए । अन्ततः उनीहरूले जून महिनामा सैनिक विद्रोहको कोसिस गरेका थिए । तर, त्यो हड्ताल सफल भएन । वैधानिक सरकार अपदस्थ गर्न संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईएले अनेकन योजना बनाएको खुलासा भयो ।
देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूबाट भइरहेका यस्ता हमलाले सावधानीको घण्टी बज्न र एलेन्डेलाई प्रतिक्रिया दिन मनग्य हुनुपथ्र्यो । हरेक क्रान्तिको नियम कार्यान्वयनमा ल्याउन त्यो नै पुग्दो कारण बन्नुपथ्र्यो । प्रतिक्रान्तिकारी हिंसाको विरोध क्रान्तिकारी हिंसाबाट हुनुपर्छ भन्ने सिद्धान्त नै हरेक क्रान्तिको नियम हो । तर, राष्ट्रपति एलेन्डेले केही गर्नुभएन । केही कदम चाल्नुभएन । पक्कै पनि उनमा आदर्शको कुनै कमी थिएन । उनी आफ्नो लक्ष्यप्रति दृढ थिए । त्यही लक्ष्य प्राप्तिको लागि उनले अन्तिम श्वाससम्म दिलोज्यानले सङ्घर्ष गरे । उनी आफ्नो लक्ष्यको न्यायधर्मितामा विश्वास गर्थे । व्यक्तिगतरूपमा उनमा कुनै साहसको कमी थिएन । उनी सर्वोच्च बलिदान दिन तयार थिए र वास्तवमा उनले त्यस्तो बलिदान गरे पनि । तर, प्रतिक्रियावादी वर्गलाई सम्झाईबुझाई उनीहरूले गर्दै आएका गतिविधि त्याग्न सकिने र खाईपाई आएका पद र सुविधा सबै त्याग गर्न लगाउन सकिनेमा एलेन्डे ढुक्क थिए ।
चिलीमा तुलनात्मकरूपमा पुरानो प्रजातान्त्रिक परम्परा, संसद, राजनीतिक दलहरूका वैधानिक गतिविधि र स्वतन्त्र सञ्चारको उपस्थिति आदिलाई हिंसामार्फत सत्ता कब्जा गर्नसक्ने कुनै पनि प्रतिक्रियावादी शक्तिको लागि ठूलो अवरोधको रूपमा विश्वास गरिन्थ्यो । तर, वास्तविकता भने ठीकविपरीत निस्कियो । दक्षिणपन्थी शक्तिहरूको सत्ताविप्लवले आफ्ना आधारभूत स्वार्थमा कुनै प्रकारको हानी नोक्सानी नहुञ्जेलसम्म पुँजीपति वर्गले निश्चित मात्राको स्वतन्त्रता सहने कुरा पुष्टि भएको छ । जब पुँजीपति वर्गले आफ्ना स्वार्थमा कुनै क्षति पुगेको महसुस गर्छन्, तब उनीहरूले नैतिकताका सबै पर्दा च्यातचुत पारिदिन्छन् ।
चिलीका क्रान्तिकारी र प्रगतिशील शक्तिले पराजय भोगेका छन् । यो निकै गम्भीर विषय हो । तर, यो अस्थायीमात्र हो । एउटा संवैधानिक सरकार फालिन सक्छ । हजारौँ हजार मानिस मारिन सक्छन् । सयौं यातनागृह बन्न सक्छन् । तर, स्वतन्त्रताको भावना, क्रान्ति गर्ने जनताको भावना कहिल्यै पनि मार्न वा कैद गर्न सकिन्न । जनता प्रतिरोधमा उत्रेका छन् । त्यसले श्रमिक जनता पराजय स्वीकार्न तयार नभएको पुष्टि गर्छ । उनीहरू यो घटनाबाट निष्कर्ष निकाल्न दृढ निश्चयी छन् । क्रान्तिकारी बाटोमा अघि बढ्न सङ्कल्पित छन् । प्रतिक्रियावादी र साम्राज्यवादीहरूविरुद्धको मुक्ति सङ्घर्षमा अनेकन बाधा–अडचन तलमाथि हुने गर्छ । चिली जनताले आफ्नो गहिरो देशभक्ति भावनाका धेरै उदाहरण दिइसकेका छन् । त्यसबाट स्वतन्त्रता र न्यायप्रति उनीहरूको प्रेम देखिन्छ । उनीहरू प्रस्टरूपमा साम्राज्यवाद र प्रतिक्रियावादलाई घृणा गर्छन् । त्यस्ता चिलीका जनतालाई आफ्नो शक्ति कसरी परिचालन गर्ने र आफ्नो विजय सुनिश्चित गर्न शत्रुमाथि कसरी प्रहार गर्नुपर्छ भन्ने कुरा राम्ररी थाहा छ ।
अस्थायी नै भए पनि चिलीका जनताको लागि यो निकै दुःख दुर्भाग्य हो । तर, आधुनिक संशोधनवादीहरूका लागि यो चौतर्फी पराजयको एउटा हिस्सा हो । यो अवसरवादी सिद्धान्तको पूर्ण पराजय हो । मस्कोदेखि इटाली, फ्रान्स र अन्यत्रका सबै संशोधनवादीहरूले ‘चिलीको अनुभव’ लाई ‘क्रान्तिको शान्तिपूर्ण बाटो’ धेरै पार्टीको नेतृत्वमा समाजवादी सङ्क्रमण, साम्राज्यवादको स्वभाव परिवर्तन, शान्तिपूर्ण सहअस्तित्वको अवस्थामा वर्गसङ्घर्षको अवसान आदि अवधारणा अघि सारेका थिए । सोभियत सङ्घ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनले पारित गरेको अवसरवादी सिद्धान्त र टोगिआटी शैलीको सुधारवादी र काल्पनिक कार्यक्रमको प्रचार गर्न ‘चिलीको बाटो’ को संशोधनवादी सञ्चारमाध्यमले भरमार प्रयोग गरेका छन् ।
‘चिलीको अनुभव’ बाट संशोधनवादीहरूले ‘संसदीय बाटो’ को आफ्नो ‘सिद्धान्त’ पुष्टि गर्ने अपेक्षामात्र गरेका थिएनन् बरु माक्र्सवादी र पुँजीवादी राजनीतिक दल मिलेर समाजवाद निर्माण गर्न सकिने ‘शास्त्रीय’ उदाहरणसमेत स्थापित गर्न खोजेका थिए । उनीहरूले संसदीय चुनावको बाटोबाटै समाजवादतिर सङ्क्रमण सम्भव भएको आफ्नो सिद्धान्त पुष्टि हुने आशा गरेका थिए । पुरानो पुँजीवादी राज्यसत्तालाई ध्वस्त नपारी उनीहरूकै सहयोगमा बिनाक्रान्ति समाजवाद स्थापना गर्न सकिने उनीहरूको सोचाइ थियो । क्रान्तिकारी जनताको शक्ति निर्माण नगरी मात्र होइन, भएकालाई पनि निषेध गरेर समाजवादको स्थापना सम्भव हुने उनीहरूको भनाइ थियो ।
सुरुमा ‘शान्तिपूर्ण सहअस्तित्व’ र ‘शान्तिपूर्ण संसदीय बाटो’ को सिद्धान्त प्रतिपादन गरेका सोभियत संशोधनवादीहरू, इटाली एवं फ्रान्सका संशोधनवादीहरू र उनीहरूका समर्थकहरू शान्तिवादी भ्रम फैलाउन, पुँजीवादी व्यवस्थाप्रति अवसरवादी मान्यता स्थापित गर्न र क्रान्तिकारी सङ्घर्षमा विचलन ल्याउन धेरै हदमा जिम्मेवार छन् ।
सोभियत सङ्घ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन यता पश्चिमा संशोधनवादी पार्टीहरूले अङ्गीकार गरेका सबै कार्यक्रमिक दस्तावेजले पुँजीवादबाट समाजवादतर्फको सङ्क्रमणको लागि ‘संसदीय बाटो’ नै उपयुक्त हुने पारित गरिएको छ । गैरशान्तिपूर्ण बाटोलाई पूर्णतः निषेध गरिएको छ । व्यवहारमा उनीहरू अन्ततः क्रान्तिकारी सङ्घर्षको जरा उखेल्ने र आर्थिक वा प्रशासनिक चरित्रमा सामान्य सुधार गरेर अघि बढ्न सकिने बाटो अङ्गाले । उनीहरू पुँजीवादी विपक्षी पार्टीहरूमा परिणत भए र आजसम्म पुराना सामाजिक–प्रजातान्त्रिक पार्टीहरूले गरेजस्तै पुँजीपति वर्गका धन जोगाउने जिम्मेवारी बहन गरे ।
एलेन्डे सरकारको एउटा महत्वपूर्ण शक्ति चिली कम्युनिस्ट पार्टीले निकै उत्कटतापूर्वक खु्रश्चेभको ‘शान्तिपूर्ण सङ्क्रमण’ को बाटो सिद्धान्त र व्यवहारमै लागू ग¥यो । मस्को निर्देशन मानेर चिलीको कम्युनिस्ट पार्टीले राष्ट्रिय पुँजीपति वर्ग र साम्राज्यवादलाई तह लगाउने सकिने बाटो अङ्गाल्यो । उनीहरूले पुँजीपति वर्ग र साम्राज्यवाद सहनशील र विवेकवान भइसकेको विश्वास गरे । कथित आजको विश्वको अवस्थाले विकास गरेको नयाँ वर्गीय अवस्थामा प्रतिक्रान्तिको सम्भावना छैन भन्ने उनीहरूको भनाइ थियो ।
तथापि चिलीको घटनाले फेरि एकपल्ट यही र यस्ता सिद्धान्तले कामदार जनतालाई कमजोर र विशृङ्खलित बनायो । उनीहरूको क्रान्तिकारी भावनालाई कमजोर बनायो । पुँजीपति वर्गले आफ्नो क्षमतामाथि हमला गर्ने खतराकै अघि पनि कामदार जनता निस्क्रिय रहे । पुँजीपति वर्गको योजना र गतिविधिविरुद्ध कामदार वर्गको लागि आक्रामक क्रान्तिकारी गतिविधि गर्न असम्भव भयो ।
अनुवाद : पद्म वान्तवा राई
Leave a Reply