भर्खरै :

कुनै सरकार राजीखुसी छोड्दैन

दानबहादुर कपाली
एमालेले कम्युनिस्टको सिद्धान्त र विचार छोडेको अहिले होइन, उहिल्यै हो । सशस्त्र सङ्घर्ष थालनी गरेको माओवादीले सो युद्ध स्थगन गर्दै क्रान्तिकारी बाटो छोड्यो या सरकारसमक्ष आत्मसमर्पण ग¥यो र संसदीय बाटोमा लाग्यो । यसकारण एमाले र माओवादी मिलेर बनेको नेकपामा कम्युनिस्टको आचरण र शैली नहुनु स्वाभाविक हो । नेकपाले कहिलेकाहीँ पार्टीलाई कम्युनिस्टको चिनारी दिन कहिले समाजवादको कुरा फुक्छ, कहिले माक्र्सवाद र लेनिनवादबारे कक्षा सञ्चालन गर्ने त कहिले चिनियाँ राष्ट्रपति सिचिन फिङ विचारबारे छलफल गर्ने फुक्छ । सतही राजनीति गर्ने एमालेको पहिलेदेखिको शैली हो । माओवादी त सिद्धान्त र विचारभन्दा क्रमभङ्ग गर्न पाएपछि गर्व गर्ने पार्टी हो ।
परिवर्तनको नाममा नेपालकै नाम र झन्डा फेर्ने कुरासमेत आयो । पुरानो संरचना भत्काउनु भनेको बनाइएका दरबार र मन्दिरहरू भत्काउनु होइन । सामन्ती सरकार र संस्कार पो परिवर्तन गर्ने हो । मुक्तिको नाउँमा कमैयाहरूलाई विनाघर र विनाजग्गा निकालिनु, वर्षौँदेखि जोतिआएको जग्गामा किसानहरूको मोही कायम नहुँदै द्वैधस्वामित्व अन्त्य गर्नु, किसानहरूको हितमा ल्याइएको गुठी विधेयक मठाधीशहरूको दबाबमा फिर्ता लिएको घट्नाक्रमले सरकारको नेतृत्व गर्ने दल कसको पक्षमा रहेको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
वर्गविहीन समाज स्थापना गर्नु माक्र्सको लक्ष्य हो । त्यो अवधारणा हो । अहिले कुनै पनि मुलुकमा वर्गविहीन समाज कहीँ कतै नभएको आधारमा माक्र्सवाद र लेनिनवादको विरोध गर्नु ठीक छैन । नेकपाले माक्र्सवाद र लेनिनवादलाई मानेको छैन । माक्र्सवाद र लेनिनवाद नेकपाको नारामा मात्र सीमित छ । माक्र्सवादलाई बङ्ग्याउने, झूटको खेती गरेर भ्रमको सिर्जना गर्ने काम कति लेखकहरूले गरिरहेका छन् जसरी नेकपाले गरिरहेको छ । वर्ग रहेसम्म वर्गसङ्घर्ष हुन्छ । हालसम्मको इतिहास वर्गसङ्घर्षको इतिहास हो । सङ्घर्षविना परिवर्तनको सम्भावना छैन । राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था सङ्घर्षले नै पल्टेको हो । निरङ्कुश पञ्चायती राज्य व्यवस्थाको अन्त्य गरेझैँ पुँजीवादी व्यवस्था पनि फाल्नुपर्छ । त्यस्तो व्यवस्था कुनै शासकको राजीखुसीले ढल्दैन, अन्त्य हुँदैन, त्यसको विकल्प सङ्घर्ष नै हो, त्यो नै माक्र्सवादी शिक्षा हो । यो संसारकै मुलुकमा लागू भइरहेको छ । माक्र्सको शिक्षा कागजमा मात्र सीमित छ भन्नु दृष्टिदोष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *