नक्कली कम्युनिस्टहरू घोषित पुँजीवादीहरूभन्दा झन् खतरनाक हुने
- कार्तिक १९, २०८२
भक्तपुर, १० असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको स्थलगत निरीक्षणमा आउनुभएका रक्षामन्त्री तथा नेपाल ट्रष्टका अध्यक्ष ईश्वर पोखरेललाई स्वागत गर्नुभयो ।
मन्त्री पोखरेलले १०८ रोपनी जग्गाको अवलोकनपश्चात् भएको भेटघाटको क्रममा नेपाल ट्रस्ट देशैभरका ट्रस्टअन्तर्गत रहेका पर्ती तथा सार्वजनिक जग्गा संरक्षण गरी शिक्षा र स्वास्थ्यमा उपयोग गर्ने तयारीमा रहेको उल्लेख गर्दै सम्बन्धित निकाय र सरोकारवालाहरूसँगको साझा समझदारीका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले ट्रष्टको सम्पत्ति देशहितमा प्रयोग हुनेमा विश्वास दिलाउनुभयो ।
मन्त्री पोखरेलले ट्रष्टको स्वामित्वभित्र रहेको जग्गाको सम्पत्तिलाई व्यवस्थित ढङ्गले संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले भक्तपुरको १०८ रोपनी जग्गाको संरक्षण नियमसङ्गत रुपमा गरिरहेको चर्चा गर्दै जथाभावी पार्किङ, अनियमितता र फोहोरका कारण हुने वातावरण प्रदूषण नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टलाई पत्रमार्फत जानकारी दिई उक्त जग्गाको चारैतर्फ पर्खाल बनाउने कार्य थालनी गरेको बताउनुभयो ।
स्थानीय सरकारको हैसियतले आफ्नो क्षेत्राधिकारभित्र रहेको जग्गालाई जनताको अधिकत्तम हितको निम्ति उपयोग गर्ने पक्षमा नपा रहेको उल्लेख गर्दै साझा सम्पत्तिमाथि भएको अतिक्रमणलाई नगरपालिका टुलुटुलु हेरेर बस्न नसक्ने विचार व्यक्त गर्नुभयो । जग्गाको पश्चिम र उत्तरतर्फ अतिक्रमण हुने गरी अनियमित ढङ्गले निर्माण गरेको टहरालगायतका संरचनालाई हटाई नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण गरेको उहाँले स्पष्ट पार्नुभयो ।
स्थानीय जनताको भावनाअनुसार भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा नक्सा पास गरी उपभोक्ता समितिमार्फत भक्तपुर नगरपालिका र नेपाल ट्रष्टको संयुक्त रोहवरमा नापी कार्यालयमार्फत नापजाँच गरेर सिमाड्ढन गरेको तथ्य पनि प्रमुख प्रजापतिले पेश गर्नुभयो ।
नेपाल ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुरले भक्तपुर नगरपालिकाले ट्रष्टसँगको समन्वयमा पर्खाल निर्माण गरेको विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलालगायतका जनप्रतिनिधिहरू तथा स्थानीय जनताले जग्गा संरक्षणमा स्थानीय सरकारले अगुवाइ गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी उपरीक्षक सविन प्रधानलगायतको उपस्थिति थियो ।
![]()
![]()
मिति २०७५–१२–१ गते नेपाल ट्रष्टका सचिव गजेन्द्रसिंह ठाकुर, सहसचिव राजेश्वर ज्ञवाली, शाखा अधिकृत अमृत महर्जन, इन्जिनियर श्रीकान्त भट्टराई, राधिका तिमिल्सना र अधिवक्ता अनिता शर्मासँगको बैठकमा भएका निर्णयहरू
![]()
मिति २०७६–३–१५ गते नेपाल ट्रष्ट सञ्चालक समितिका सदस्य याङजोङ शेर्पा, इन्जिनियर श्रीकान्त भट्ट(राई, शाखा अधिकृत अच्युतकुमार काफ्ले र राधिका तिमिल्सनासँगको बैठकमा भएका निर्णयहरू
Leave a Reply