जारशाही संसद्मा बोल्शेभिक सांसद–२
- कार्तिक २०, २०८२
नौबीसे–थानकोट बाटो त्यसै नै देशकै व्यस्त सडक खण्डमध्ये पर्दछ । राजधानी भित्रिने र बाहिरिने प्रमुख र सबभन्दा चल्ती नाका भएकोले पनि यो सडक खण्डमा चौबीसै घण्टा यातायातका साधन खाली हुँदैन । त्यसै पनि व्यस्त हुने यो सडक दसैँ, तिहार र छठजस्ता चाड पर्वमा अझ व्यस्त हुनु स्वाभाविक हो । दसैँको मुखमा सडक व्यस्त हुने कुरा सर्वसाधारणलाई थाहा छ भने सरकारी निकायलाई थाहा नहुने कुरै छैन । तर, सरकारले भने दसैँको व्यस्त समयमा सो सडकखण्ड मर्मतसम्भार गरिरहेको छ । दैनिक दसौँ हजारको सङ्ख्यामा सवारीसाधन चल्ने समयमा सडक मर्मत गर्दा सडकमा सवारी अवरोध भएको छ । घण्टौँ घण्टा लामो सवारी अवरोध हुँदा यात्रुको यात्रा सकसपूर्ण बनेको छ । सवारी अवरोधका कारण शुक्रबार एक जना बिरामीले बाटोमै ज्यान गुमाए । अरू लाखौँ यात्रुले सास्ती भोग्नुप¥यो ।
सरकारले सडकको मर्मत केही समयअघि गरेको भए पनि यात्रुले यस्तो सास्ना भोग्नुपर्ने थिएन । दसैँ मनाउन गएका जनताको यात्रा नै दसा बनेको छ । सरकार जनताका समस्याप्रति संवदेनशील नबन्दा र काममा ठेकेदारी प्रथाका कारण अन्तिम समयमा गरिने यस्ता निर्माण कार्यले न जनता खुसी हुन्छन् न त गुणस्तरीय निर्माण नै हुने गरेको छ ।
प्रधानमन्त्रीले नेपाली जनतालाई जतिसुकै समृद्धि र विकासको नाराले लठ्याउन खोजे पनि भएका पूर्वाधारको यस्तो दुरवस्थाका कारण जनताले सरकारको विश्वास गर्न सकेका छैनन् । सरकारले लगाउने नारा जनताको आँखामा छारो हाल्ने काममात्र भएको छ । भएको बाटोसमेत समयमा मर्मत सम्भार नगर्ने सरकारले रेल र पानीजहाजको कुरा गर्नु जनतालाई अलमल्याउने खराब राजनीति भएको जनताको बुझाइ गलत होइन ।
उपत्यका बाहिर जान प्रयोग हुने अन्य बाटोको समेत सरकारले उचित मर्मत सम्भार गरेको छैन । बल्खुबाट हेटौँडा जाने सडक पनि पहिरोका कारण अहिले जीर्ण अवस्थामा छ । सडक मार्गको यस्तो दुरवस्था र अन्तिम समयमा मात्र मर्मत ठेक्का दिनु कतै हवाई सेवाका सञ्चालकहरूको चालबाजी हो कि भन्ने आशङ्कालाई तर्कले गलत भन्दैन ।
सरकार चारैतिरबाट भ्रष्ट ठेकेदार, घूसखोर कर्मचारी र बदनियत पालेका शासक दलको घेरामा छ । ठेक्कापट्टामा भागबन्डा मिलेपछि मात्र निर्माण कार्य गर्ने र हतारमा निर्माण गरेर गुणस्तरहीनता लुकाउने काम नेपालमा नयाँ होइन । अहिले नौबीसे–थानकोटको सडक खण्डको सन्दर्भमा त्यही भइरहेको देखिन्छ । अन्तिम समयमा मात्र सडक निर्माण गरेर हतारमा कम गुणस्तरको बाटो बनाउने कमिसनको चक्रकै कारण आज त्यो सडक सबै जनता हतारमा हुने समयमा मर्मत गरिंदै छ ।
सरकारले सो सडकमा तत्काल यातायात सहज गर्न सबै उपाय अबलम्बन गर्नुपर्छ । दसैँको मुखमा मात्र काम थालनी गर्ने ठेकेदारलाई तत्काल कानुनअनुसारको कारबाही गरी सो सडकमा सवारी अवरोध हटाउने विषयमा यथाशक्य चाँडो समाधान खोजिनुपर्छ ।
Leave a Reply