भर्खरै :

नक्कली नागको सौखिन प्रधानमन्त्री कार्की

नक्कली नागको सौखिन प्रधानमन्त्री कार्की

‘नक्कली नागको सौखिन’ भन्ने कथाको पात्रजस्तै भयो प्रधानमन्त्री सुशीला कार्कीको भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने कुरा । एक समयमा एउटा मान्छे नागको पूजा गर्ने गथ्र्यो । ऊ एकदमै नागभक्त थियो । ऊ सधैँ नागको तस्बिरमा पूजा गर्ने गथ्र्यो । उसको कोठामा नागको सालिक पनि राखिएको थियो । नाग देवतालाई दैनिक पूजा गर्ने गथ्र्यो । यति धेरै पूजा गर्ने आफ्नो भक्तलाई देखेर नाग देवता खुसी भयो । एकदिन नागले आफ्नो प्रिय भक्तलाई एकचोटि दर्शन दिने विचार ग¥यो । बिहानको समयमा धुप बालेर आफ्नो कोठामा नाग देवतालाई पूजा गरिराखेको थियो । त्यही समयमा नाग देवता खुसी हुँदै साँच्चिकै आफ्नो भक्तलाई दर्शन दिन आयो । तस्बिरमा रहेको नाग साँच्चिकै नाग भएर प्रकट भयो । नाग आफ्नो असली दर्शन पाएर भक्त खुसी होला भनेको त सक्कली नाग देखेर भक्त बेहोस भएर लड्यो । खत्तम ! सरकारले चाह्यो भने पाँच दिनमा भ्रष्टाचार नियन्त्रण हुन्छ भनी अन्तर्वार्ता दिँदै हिँड्ने, सरकारको नेतृत्व गरेको आज पचासौँ दिन भयो । सुशीला आमाले पनि सक्कली नाग देखेछन् कि ! के हो ? कथाको पात्रजस्तै लड्नुभयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *