भर्खरै :

युद्धको लाभामाथि दक्षिण एसिया

निकट इतिहासलाई फर्केर हेर्दा दक्षिण एसिया क्षेत्रले लामो समयदेखि लगातार ठूलठूला आकारको द्वन्द्व भोग्दै आएको छ । भारतबाट पाकिस्तानको विभाजनको क्रममा मानव इतिहासकै सबभन्दा ठूलो आकारको मानव बसाइसराइ यो क्षेत्रले सामना ग¥यो । धार्मिक–साम्प्रदायिक दङ्गाको क्रममा लाखौँ मानिसले ज्यान गुमाउनुप¥यो । पाकिस्तानबाट बङ्गलादेशको विभाजन त्यस्तै भयावह द्वन्द्वको इतिहास थियो । अफगानिस्तान लामो समयदेखि युद्धको केन्द्र बन्दै आएको छ । सोभियत संशोधनवादी सरकारले अफगानिस्तानमा कब्जा जमाएदेखि आजसम्म त्यो देश द्वन्द्वको दुर्दान्त भोग्दै छ । सन् २००१ अघि कट्टरपन्थी तालिबानको कठोर शासन भोगेको अफगानिस्तानमा २०११ को सेप्टेम्बर ११ मा संरा अमेरिकामा भएको हमलापछि पश्चिमा साम्राज्यवादी आक्रमणको निशाना बन्यो । अफगानिस्तानमा आज पनि तालिबान प्रभावशाली छ । तालिबान सिध्याउन अफगानिस्तानमा हमला गरेको संरा अमेरिकाले समेत तालिबानसँग सम्झौता गर्नुले यो तथ्य पुष्टि हुन्छ । अफगानिस्तानमा राष्ट्रपतिको चुनाव शनिबार भयो । तर, यो चुनावले अफगानी राजनीतिक शक्तिबीचको विभाजनलाई गहिरो बनाउनेछ ।
संरा सङ्घको चालू महासभामा दक्षिण एसियाली नेताहरूको भाषण सुन्दा आज दक्षिण एसिया युद्धको विस्फोटनको लागि आतुर लाभामाथि रहेको भान पर्छ । काश्मीरमा हालै भारत सरकारले चालेको कदमको विषयमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्र सङ्घको भाषण र त्यसको जवाफमा भारतीय कूटनीतिक प्रतिनिधिले दिएको मन्तव्यले यस्तै छनक दिन्छ । भारतनियन्त्रित काश्मीर क्षेत्रको आजको अवस्थाले दक्षिण एसिया क्षेत्र एउटा दीर्घकालीन सशस्त्र द्वन्द्वतिर उन्मुख भएको देखिँदै छ । आज भारतले काश्मीर क्षेत्रमा कफ्र्यु र पक्राउ गर्ने क्रम चालू राखेको छ । तर, कहिलेसम्म ? कुनै दिन काश्मिरी जनतामाथि थोपरिएको निषेध फिर्ता लिए त्यसपछि आइपर्ने अवस्था कति भयावह होला !
काश्मीरमा निम्तिएको दिगो द्वन्द्वको प्रभाव नेपाललाई हरेक हिसाबबाट पर्ने निश्चित छ । भारत र पाकिस्तान दुवै आणविक शक्ति देश भएको कारण काश्मीरको विषयमा दुर्भाग्यवश दुई देशबीच द्वन्द्व भए त्यसले संसारभर प्रभाव पर्नेछ । भौगोलिक रूपमा नजिक नेपालजस्तो देश त्यसबाट निकै प्रभावित हुनेछ ।
आज दक्षिण एसियाली देशहरूबीचको द्वन्द्वको कारण मात्र खतरा बढेको छैन, बरू संसारका महाशक्ति मानिएका दुई देश–संरा अमेरिका र चीनबीचको युद्धभूमि बन्ने सम्भावना उत्तिकै छ । संरा अमेरिकी साम्राज्यवाद पसेको संसारको कुनै पनि देश वा भूगोलको अवस्था कस्तो हुन्छ भन्ने कुरा नेपाली जनतालाई राम्रो थाहा छ ।
कतिपय मानिस आज पनि अन्तर्राष्ट्रिय विषयमा कुरा गर्दा त्यत्ति रूचि राख्दैनन् । तर, दक्षिण एसियामा आजको बदलिँदो परिस्थितिले नेपाललाई पनि युद्धको भुमरीमा धकेल्ने सम्भावना प्रबल बन्दै गएको छ । यस्तो परिस्थितिमा सरकारको सानोभन्दा सानो लापरबाहीले मात्र होइन, जनताको असजगताले देशको अस्तित्व नै विश्व नक्साबाट नामेट हुनसक्छ । देशको परिस्थिति अन्तर्राष्ट्रिय परिस्थितिकै प्रतिबिम्ब हुने गर्दछ । नेपालको पछिल्लो राजनीतिक अवस्थाको नियमित अध्ययन गरिरहेका जोकोहीले यो वास्तविकता अझ प्रस्ट बुझ्न सक्छ । युद्धको लाभामाथिको देशका जनता आज निर्धक्क सुत्न सक्ने अवस्था कदापि छैन । संसारमा बदलिँदो परिस्थितिको सापेक्षमा नेपालको आजको परिस्थितिप्रति गम्भीरतापूर्वक चिन्तन र सजग हुनु नेपाली जनताको देशप्रतिको कर्तव्य हो । द्वन्द्वको लागि जिम्मेवार युद्धपिपासु राजनीतिक शक्ति बलियो नहुँदै चारैतिरको विरोधले मात्र त्यस्ता राक्षसी शक्तिलाई कमजोर बनाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *