भर्खरै :

शैक्षिक सफलता हासिल गर्नेलाई सम्मान

भक्तपुर, ११ असोज । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भनपा वडा नं. ५ एकाइ समितिको आयोजनामा शुक्रबार एसईईदेखि विद्यावारिधी गरेका विद्यार्थीहरूलाई बधाई एवम् सम्मान कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले सम्मानित विद्यार्थीहरूले आफूले आर्जन गरेको ज्ञान र सीप देश र जनताको सेवामा लगाउनुपर्छ भन्नुभयो ।
विद्यार्थी राजनीतिकरूपले सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेमकिपाले पद र पैसाको लागि राजनीति नगरी देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने लक्ष्य लिएको बताउनुभयो ।
नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवालले भनपाले पार्टीको नीति र निर्देशनअनुसार शिक्षा, स्वास्थ्य, सरसफाइ र संस्कृति संरक्षणमा विशेष जोड दिई काम गर्दै आएको सराहनीय छ भन्नुभयो ।
बलराम सिबन्जारको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्राविसङ्घका अध्यक्ष सविन ख्याजू, वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्य, प्रवीण प्रजापति, प्रशन्न दिदिया, पुरूषा मचामसी, रोनिश माकलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सांसद गोसाईले उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्नुभएको थियो । कार्यक्रमको अन्तमा विद्यार्थी र स्थानीय सांस्कृतिक समूहबाट सांस्कृतिक प्रस्तुतिहरू देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *