गैरदलीय स्थानीय तहको निर्वाचन गर्ने विषय अनुपयुक्त
- असार १४, २०८३
इमरान खान
(संयुक्त राष्ट्र सङ्घको ७४ औँ महासभामा असोज १० गते (२७ सेप्टेम्बर) मा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिनुभएको मन्तव्य सान्दर्भिक भएकोले भाषणलाई नेपाली भाषामा अनुवाद गरिएको छ ।)
सभापति महोदय, अब म चौथौ बुँदामा प्रवेश गर्छु । यो सबभन्दा गम्भीर विषयवस्तु हो । विशेषतः यही विषयको लागि नै म यहाँ आएको हुँ । यो विषय हो– आज कश्मीरमा के भइरहेको छ ? यो विषयमा चर्चा गर्नुअघि म एउटा विषयमा प्रस्ट पार्न चाहन्छु । जब हामी सरकारमा आयौँ, मेरो पहिलो प्राथमिकता पाकिस्तानलाई शान्ति स्थापनाको निम्ति सम्भव सबै काम गर्नसक्ने देश बनाउनु थियो । सन् २००१ पछि हामी संरा अमेरिकाले नेतृत्व गरेको आतङ्कवादविरोधी युद्धमा सामेल भयौँ । त्यो अवधिमा पाकिस्तानले सबभन्दा खराब समयको सामना गर्नुप¥यो । ७० हजार पाकिस्तानीले आफ्नो जीवन गुमाए । पाकिस्तानी अर्थतन्त्रमा साढे एक खर्बभन्दा बढी क्षति भयो ।
सभापति महोदय, मैले त्यत्तिबेला त्यो युद्धको विरोध गरेको थिएँ, किनभने सन् १९८० को दसकमा पाकिस्तान सोभियत सङ्घविरुद्ध अफगानिस्तानमा पश्चिमा देशहरूसँग युद्धमा सामेल भएको थियो । त्यो युद्धलाई पश्चिमा देशहरूले प्रायोजन गरेका थिए । गुरिल्ला युद्धको लागि तालिम दिइएका मुजाहिद्दिन सेनालाई पाकिस्तानी सेनाले तालिम दिएको थियो । पश्चिमा देशहरू, विशेषतः संरा अमेरिकाले सबै खर्चबर्चको व्यवस्था गरेको थियो । मुजाहिद्दिन सेनाले अफगानिस्तानमा स्वाधीनता आन्दोलन चलाएका थिए । सोभियतहरू उनीहरूलाई आतङ्कवादी भन्थे । हामी स्वतन्त्रता सङ्ग्रामी भन्थ्यौँ । सन् १९८९ मा अफगानिस्तानबाट सोभियत सङ्घ पछाडि हट्यो । अमेरिकीहरू पनि पोका पन्तुरा बोकेर आफ्नो देश फर्के । पाकिस्तान भने तिनै समूहबीच रहिरह्यो ।
सन् २००१ को सेप्टेम्बर ११ मा संरा अमेरिकाका जुम्ल्याह र बुर्जामाथि हमला भयो । पाकिस्तान आतङ्कवादविरोधी संरा अमेरिकी युद्ध गठबन्धनमा सामेल भयो । विगतमा जुन शक्तिलाई हामीले जेहादसँग जोडेका थियौँ, अब भने हामीले उनीहरूलाई आतङ्कवादी भन्नथाल्यौँ । जेहादको अर्थ हो– वैदेशिक हमलाविरुद्धको स्वतन्त्रता सङ्ग्राम । अहिले (सेप्टेम्बर ११ पछि) हामी संरा अमेरिकी गठबन्धनमा सामेल भएको र संरा अमेरिकाले अफगानिस्तानमाथि कब्जा जमाएको हुनाले उनीहरू (मुजाहिद्दित शक्ति)लाई स्वतन्त्रता सङ्ग्रामी होइन, आतङ्कवादी भन्नु परेको छ ।
त्यत्तिबेलाको पाकिस्तानी सरकारलाई मैले त्यो युद्धमा तटस्थ बस्न भनेको थिएँ किनभने त्यसो गर्दा हामीले उनीहरू (संरा अमेरिकी गठबन्धन) लाई नियन्त्रण गर्नसक्थ्यौँ । जब हामी आफँै सहकार्यको हात अघि बढाउँछौँ र हामी सहयोगी बन्छौँ भने उनीहरूले हामीमाथि पनि हमला गर्छन् । अन्ततः त्यस्तै भयो । उनीहरू हामीविरुद्ध नै खनिए । हामीले त्यत्तिबेला एउटा त्रासदी भोग्नुप¥यो । पाकिस्तानको कुनै लिनुदिनु नभएको युद्धमा हामीले बेफ्वाँकमा ७० हजार मानिस गुमाउनुप¥यो । सेप्टेम्बर ११ को घटनामा कोही पनि पाकिस्तानीको कुनै संलग्नता थिएन ।
अफगानिस्तानमा तालिबान र अल काइदा थिए । हाम्रो के सरोकार थियो र ¤ हामी सत्तामा आएपछि हामीले बचेखुचेका ती समूहलाई सिध्याउने निर्णय ग¥यौँ । यो निर्णय हामी एक्लैले मात्र लिएका थिएनौँ । पाकिस्तानका सबै राजनीतिक दलले यो निर्णय गरेका थिए । दुर्भाग्यवश अरु राजनीतिक दल यसमा इमानदार भएनन् । हामी सरकारमा आयौँ, हामीले निर्णयअनुसार त्यो समूहका जति पनि बचेखुचेका अवशेषलाई पनि ध्वस्त बनायौँ ।
भारतले पाकिस्तानमा ‘जेहादी’ बस्ने गरेको आरोप लगाउने गरेको छ । म संयुक्त राष्ट्र सङ्घलाई पाकिस्तानमा अनुगमन टोली पठाउन अनुरोध गर्छु । हामीले के ग¥यौँ, हेर्न अनुरोध गर्छु । पाकिस्तानका कुनै पनि अरु सरकारले यो काम गर्न हिम्मत गर्ने थिएनन् किनभने यो कदमले ठूलो कलह निम्त्याउने थियो ।
पाकिस्तानमा उपरान्त कुनै पनि बाध्य सैनिक सङ्गठन नहुने हामीले निर्णय गरेका छौँ ।
मेरो नेतृत्वको सरकार गठन भएपछि हामीले विभिन्न देशसँगका सम्बन्ध सुधारमा जोड दियौँ । मैले अफगानिस्तानका राष्ट्रपति महोदयलाई पाकिस्तानमा आमन्त्रण गरेँ । अफगानिस्तानसँग हामीले सम्बन्ध सुधा¥यौँ । इरानसँग हाम्रा समस्या थिए । हामीले ती समस्या समाधान ग¥यौँ । अनि आउँछ– भारत ।
भारतसँगको मेरो सम्बन्धबारेमा थोरै प्रकाश पार्न चाहन्छु । म क्रिकेटको खेलाडी हुँ । हाम्रो उपमहाद्विपमा क्रिकेट निकै चर्चित खेल हो । त्यसकारण भारतमा मेरा धेरै फ्यानहरू छन् । भारतमा मेरो साथीहरू पनि छन् । म भारत जान रुचाउँछु । मेरो पार्टीको सरकार बनेपछि सबभन्दा पहिले हामीले तत्कालै भारतसँग सम्पर्क राख्यौँ । मैले प्रधानमन्त्री मोदीसँग सम्र्पक गरेर भनेँ–“हेर्नोस्, हाम्रा समस्याहरू समान छन् । जस्तै जलवायु परिवर्तन, गरिबी आदि । त्यसकारण एकै ठाउँमा बसौँ । हामीबीच रहेका भिन्नतालाई व्यापारमार्फत सुधार गरौँ । विश्वासमा आधारित सम्बन्धको विकास गरौँ ।”
प्रधानमन्त्री मोदीले भने–“भारतमा पाकिस्तानबाट आतङ्कवादी हमला भइरहेका छन् ।”
मैले भने–“हामीले पनि आतङ्कवादी हमला सामना गरिरहेका छौँ । बलुचिस्तानमा भारतले थोपरेको आतङ्कवादी हमला हामीले पनि सामना गरिरहेका छौँ । हामीले कलभूषण यादव नामको (भारतीय) गुप्तचर पक्राउ गरेका छौँ । कराची र बलुचिस्तानमा भइरहेका उपद्रवको लागि उनी जिम्मेवार थिए । त्यसकारण त्यस्ता विषयलाई पछाडि छोडेर अघि बढौँ । हाम्रो प्राथमिकताको विषय हाम्रा जनता हुन् । यो उपमहाद्विपमा सबभन्दा बढी गरिब मानिस बसोबास गर्छन् ।”
दुर्भाग्यवश अगाडि जाने सबै बाटा ठप्प बनाइए । अघिल्लो वर्षको संयुक्त राष्ट्र सङ्घको महासभाको क्रममा भारत र पाकिस्तानका विदेशमन्त्रीहरूबीच भेटघाटको कार्यक्रम थियो । भारतले त्यो भेटघाट स्थगित ग¥यो । हामीले सोच्यौँ– ‘चुनाव नजिकिंदैछ । भारतको सत्तारुढ पार्टी अतिराष्ट्रवादी पार्टी हो । पाकिस्तानसँग उसले सहज सम्बन्ध राख्न चाहँदैन ।’ त्यसकारण उनीहरूले चुनाव नसकुञ्जेल हामीले कुर्ने विचार ग¥यौँ ।
त्यहीबेला २० वर्षको एकजना युवकले भारतीय सैनिक क्षेत्रमा आत्मघाती विस्फोटन गराए । त्यो युवकका बुवाका अनुसार भारतीय सुरक्षाकर्मीको व्यवहारका कारण उनी कट्टरपन्थी बनेका थिए । तत्कालै भारतले सो घटनालाई लिएर हामीमाथि आरोप लगायो । मैले त्यो घटनामा पाकिस्तानी संलग्नताको कुनै सानोभन्दा सानो प्रमाणमात्र जुटाए पनि दोषीलाई कारबाही गर्न तयार रहेको बताएँ किनभने हामी पनि कट्टरपन्थी समूहमाथि खनिएका थियौँ । भारतले त्यस्तो कुनै प्रमाण पठाएन, बरु पाकिस्तानमा लडाकु विमान पठाएर बमबारी ग¥यो । हामीले पनि प्रतिकार ग¥यौँ । दुईवटा विमान आक्रामणमा परी खसे । एकजना पाइलट पक्राउ परे । तर, तत्कालै हामीले पक्राउ परेका भारतीय पाइलट मुक्त ग¥यौँ । हामी कुनै तनाव बढाउने पक्षमा थिएनौँ ।
हाम्रो त्यस्तो व्यवहारलाई शान्तिको चाहनाको रूपमा बुझ्नुभन्दा मोदीले आफ्ना चुनावी प्रचारमा कसरी पाकिस्तानलाई पाठ पढाइयो भनी प्रचार गरे । कसरी हवाई हमलाबाट ३५० जना आतङ्कवादीलाई भारतलाई मा¥यो भनी भाषण गरे । शतप्रतिशत झूटो थियो त्यो प्रचार । उनीहरूले हाम्रा जम्मा दसवटा जति रुख मासेका थिए । हामीले रुखहरू हुर्काइरहेको समयमा त्यति रुख नष्ट हुनु पनि पीडादायी विषय नै थियो ।
चुनाव प्रचार अभियानमा मोदीले भन्थे– “यो त विज्ञापनमात्र हो, चलचित्र त सुरु हुन बाँकी नै छ । म पाकिस्तान गएर उनीहरूलाई पाठ पढाइदिन्छु ।” आदि आदि । यस्तो थियो, चुनावी प्रचार ।
हामीले सोच्यौँ– “ठीकै छ । हामी नेताहरू चुनाव जित्न यस्ता प्रचारबाजी गर्नेगर्छौँ । चुनावपछि हाम्रो सबन्धको सामान्यीकरणको लागि कुरा गरौँला ।”
चुनावलगत्तै हामीले भारतसँग सम्पर्क ग¥यौँ । कुनै प्रतिक्रिया आएन । त्यतिबेलामात्र हामीले थाहा पायौँ, जतिबेला उनीहरूले हामीलाई कालोसूचीमा सूचीकृत गर्न खोजिरहेका रहेछन् । कालोसूचीमा सुचीकृत गरेर उनीहरू हामीलाई आर्थिकरूपमा ध्वस्त बनाउन खोजिरहेका थिए । त्यहीबेला हामीले महसुस ग¥यौँ, विषयवस्तु हामीले सोचेजस्तो सरल थिएन । हाम्रो त्यो शङ्का अगस्त ५ को दिन पुष्टि भयो । त्यो दिन भारतले संयुक्त राष्ट्र सङ्घको एघारौँ सुरक्षा परिषद्को निर्णयविपरीत निर्णय ग¥यो । एघारौँ सुरक्षा परिषद्को बैठकले काश्मीर क्षेत्र विवादित भएको र त्यहाँका जनतालाई आत्मनिर्णयको अधिकार भएको निर्णय गरेको थियो ।
त्यो निर्णय दुईपक्षीय सम्बन्धका समस्या समाधानको लागि भएको सिमला सम्झौताविपरीत हुन पनि थियो । वास्तवमा भारत सरकारको त्यो निर्णय भारतीय संविधानको भावनाविपरीत गयो । अवैधानिकरूपमा भारतीय संविधानको धारा ३७० खारेज गरियो । भारतीय संविधानको त्यो धाराले कश्मीरलाई विशेषाधिकार दिएको थियो । भारतले उक्त निर्णयलगत्तै काश्मीरमा १ लाख ८० हजार थप सेना परिचालन ग¥यो । काश्मीरमा आज भारतले परिचालन गरेको सैनिकको सङ्ख्या ९ लाख पुगेको छ । उनीहरूले ८० लाख काश्मिरी जनतालाई कफ्र्युमा कैद गरेका छन् ।
सभापति महोदय, अब म यहाँ उपस्थित सबैलाई कसरी कसैले यस्तो काम गर्नसक्छ भन्ने विषयमा थोरै प्रकाश पार्न चाहन्छु । त्यसको लागि मैले आरएसएस (राष्ट्रिय स्वयम्सेवक सङ्गठन) भनेको के हो भन्नेबारे व्याख्या गर्नुपर्ने हुन्छ । नरेन्द्र मोदी आरएसएसका आजीवन सदस्य हुन् । आरएसएस एडोल्फ हिटलर र मुसोलिनीका विचारबाट प्रेरित सङ्गठन हो । त्यसको स्थापना १९२५ मा भएको थियो । उनीहरू जातीय शुद्धता र जातीय सर्वोच्चतामा विश्वास गर्छन् । नाजीहरूले आफूलाई आर्य भनेजस्तै आरएसएस पनि आफूलाई आर्य भएको विश्वास गर्छ । मैले भनेका यी सबै कुरा पुष्टि गर्नसकिन्छ । आजको जमाना सूचना क्रान्तिको युग हो । मैले भनेका कुरा तपाईँले गुगलमा खोज्न सक्नुहुन्छ । आजको भारतमा के भइरहेको छ भन्ने कुरा तपाईँहरूलाई बुझाउन यी सबै कुरा भन्न आवश्यक छ । आरएसएसका सदस्यहरू भारतबाट मुसलमानहरूको जातीय सफायामा विश्वास गर्छन् । एकातिर उनीहरू हिन्दु जातीय सर्वोच्चतावादी हुन् भने अर्कोतिर उनीहरू मुसलमान र क्रिस्चियनहरूलाई घृणा गर्छन् । उनीहरू बेलायती शासनभन्दा शताब्दीअघि हिन्दुहरूको स्वर्णयुग मुसलमानहरूले ध्वस्त बनाएको कुरामा विश्वास गर्छन् । यो कुरा खुलमखुला छ । आरएसएसका संस्थापक गोल्बाकर र सबारकरले लेखेका कुरामा तपाईँले कहीं पनि सजिलै भेटाउन सक्नुहुन्छ ।
यही घृणाको विचारधाराबाट नै महान् महात्मा गान्धीको सन् १९४८ मा हत्या भएको थियो । यही घृणाको विचारधाराले सन् २००२ मा नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री हुँदा मुसलमानविरुद्ध संहार मच्चाएका थिए । मोदीले आरएसएसका गुण्डाहरूलाई आतङ्क मच्चाउन दिएका थिए । हिटलरका फासीवादी कार्यकर्ताले जस्तै उनीहरू पनि खैरो लुगा लगाउँछन् । (भारतीय) कङ्ग्रेस सरकारका एकजना पूर्वगृहमन्त्रीले आरएसएसका शिविरमा आतङ्कवादीहरूलाई तालिम दिइन्छ भनी वक्तव्य दिएका थिए । गुजरातमा ती आतङ्कवादीहरूले दुई हजार मुसलमानहरूको हत्या गरे र १ लाख ५० हजार मुसलमानहरूलाई घरबारबिहीन बनाए । त्यही घटनाको कारण नरेन्द्र मोदीले संरा अमेरिकाको भ्रमण गर्नसकेका थिएनन् । ८० लाख मानिसको लागि ९ लाख सिपाही परिचालन कस्तो दिमागले गर्छ भन्ने कुरा बुझाउन मैले यी सबै पृष्ठभूमि भनिरहेको छु ।
महिला, केटाकेटी, विरामी सबै मानिसलाई पशुलाई जस्तै कैद गरिएको छ । वास्तवमा ८० लाख पशुलाई एकै ठाउँमा कैद गरे मात्र पनि ठूलै हल्लाको विषय बन्ने गर्छ । तर, काश्मीरका जनता त मानिस हुन् ।
सभापति महोदय, यो जातीय सर्वोच्चताले के निम्त्याउँछ ? सर्वोच्च जाति, आर्यजस्ता भ्रम जन्माउने गर्छ । अनि जन्माउँछ– आक्रोश । भ्रम र आक्रोश यी दुवै एकसाथ अघि बढ्छन् । आक्रोशले मानिसलाई मूर्खतापूर्ण गल्ती गराउँछ । नरेन्द्र मोदीले जस्तै क्रुर काम गर्न लगाउँछ । आक्रोशले उनलाई अन्धो बनाएको छ । काश्मीरमा आज थोपरिएको कफ्र्यु हटाएको दिन के होला ? के मोदीले यो विषय सोचेका छन् ? के काश्मिरी जनताले आजको अवस्थालाई चुपचाप सहन्छन् भने उनले सोचेका छन् ? संविधानबाट उनीहरूको विशेषाधिकार खोसिएको अवस्था काश्मीरका जनताले स्वीकार्लान् ?
सभापति महोदय, संयुक्त राष्ट्र सङ्घले दिएको आत्मनिर्णयको अधिकारबाट काश्मिरी जनतालाई वञ्चित गरेको हुनाले बितेका ३० वर्षमा १ लाख काश्मिरीहरू मारिएका छन् । एघार हजार महिला बलात्कृत भएका छन् । यो विषयमा संयुक्त राष्ट्र सङ्घका दुईवटा मानवअधिकारसम्बन्धी प्रतिवेदन छन् । त्यो विषयमा संसारले केही गर्न आवश्यक ठानेन किनभने १ अर्ब २० करोड जनता भएको भारत एउटा ठूलो बजार हो । तर, यसरी केही नगर्दा त्यसको गम्भीर परिणाम आउनेछ ।
काश्मीरमा कफ्र्यु हटाएको दिन रक्तपात हुनेछ । भारतका ९ लाख सेना नरेन्द्र मोदीले भनेजस्तै काश्मीरको विकासको लागि त्यहाँ गएका होइनन् । ती सेनालाई विकासको लागि परिचालन गरिएको भनिएको छ । जब काश्मीरका जनता घरबाट बाहिर आउँछन् ती ९ लाख सेनाले के गर्लान् ? त्यहाँ रगतको खोलो बग्नेछ । रगतको खोलो बग्दा के हुन्छ ? के त्यो विषयमा मोदीले कहिल्यै सोचेका छन् ? काश्मीरका जनतामाथि त्यसको कस्तो असर पर्ला ? आफ्नो घरभित्र बन्दी बनाइएको र पशुभन्दा पनि निकृष्ट व्यवहार गरिएको अवस्थामा उनीहरूले के सोच्छजस्तो लाग्छ ? हजारौँ राजनीतिक नेताहरूलाई गिरफ्तार गरिएको छ । भारत पक्षधर राजनीतिक नेताहरूलाई समेत गिरफ्तार गरिएको छ । १३ हजार युवाहरूलाई बेपत्ता पारिएको छ । उनीहरू कहाँ छन्, कसैलाई थाहा छैन । काश्मीरका जनता के गर्लान् ? कफ्र्युपछि के होला ? उनीहरू सडकमा आउनेछन् । ती सेनाहरूले के गर्लान् ? उनीहरूले गोली हान्नेछन् । उनीहरूले गोलीका छर्रा हानिरहेका छन्, युवाहरूलाई अन्धो बनाइरहेका छन् । काश्मिरीहरू अझ कट्टर बन्नेछन् । अर्को पलवामाको घटना हुनेछ । अनि भारतले हामीलाई के भन्नेछ, अनुमान गर्नुहोस् । उनीहरू अहिले नै हामीमाथि दोष थोपरिरहेका छन् । उनीहरू अहिले नै सबै घटना पाकिस्तानको कारण भइरहेको आरोप लगाइरहेका छन् । भारतीय रक्षामन्त्रीले भनेका छन्– “सिमानामा ५ सय आतङ्कवादी भारत पस्न तम्तयार छन् ।” काश्मीरमा ९ लाख भारतीय सेना तैनाथ रहेको बेला पाकिस्तानले किन ५ सय आतङ्ककारी परिचालन गर्छ ? त्यसले के असर गर्नसक्ला र ?
हामीलाई थाहा छ, कुनै पनि किसिमको आतङ्कवादी हमला भएको अवस्थामा त्यही बहानामा काश्मिरी जनतामाथि थप दमन र अत्याचार हुनेछ । त्यस्तो हमला गर्दा हामीले ९ लाख भारतीय सेनालाई काश्मिरी जनताको थप दमन गर्ने बहाना बनाइदिनेछौँ । हामीले त्यसो गरे भारतले पाकिस्तानलाई देखाएर संसारलाई भन्नेछ – ‘हेर ¤ त्यो इस्लामिक आतङ्कवादी देशले के गरिरहेको छ ?’ जब ‘इस्लामिक आतङ्कवादी’ को मन्त्रोच्चरण हुन्छ, संसारले मुख मोड्नेछ । ‘इस्लामिक आतङ्कवादी’ मन्त्र उच्चोरण हुनेबित्तिकै कसैलाई पनि मानवअधिकारको पर्वाह हुने छैन, के घटना घटिरहेको छ भन्ने विषयमा कुनै वास्ता हुँदैन । काश्मीरमा त्यही भइरहेको छ । आज उनीहरूले यही काम गरिरहेका छन् ।
काश्मीरका जनतामाथि थप क्रुरता थपेर हामीलाई के फाइदा हुन्छ ? हामी यो सबै किन चाहौँला र ?
तर, अब भारतसँग कुनै कथनी बाँकी छैन । कफ्र्यु हट्नेबित्तिकै हुने सबै परिणामको लागि उनीहरूले पाकिस्तानलाई दोषारोपण गर्नेछन् । अनि पलवामा जस्तो घटना हुने सम्भावना सधैं रहनेछ । उनीहरूले फेरि पनि हामीमाथि बमबारी गर्नसक्छन् । त्यसपछि द्वन्द्वको अर्को चक्र सुरु हुनेछ ।
भारतका १८ करोड मुसलमान जनताले आज के विचार गरिरहेका छन् भन्ने विषयमा नरेन्द्र मोदी के सोच्दैछन् ? काश्मीरका जनता ५५ दिनदेखि बन्द अवस्थामा भएको के भारतका मुसलमान जनताले हेरिरहेका छैनन् ? के भारतका मुसलमानहरूलाई यस्तो अवस्थाले कट्टर बनाउनेछैन ? म १८ करोड मुसलमान जनताको कुरा गर्दैछु । जब उनीहरू कट्टर बन्छन्, भारतको कुनै पनि ठाउँमा कुनै पनि घटना घट््नसक्छ । फेरि पनि दोष हाम्रै टाउकोमा आइपर्नेछ ।
अनि यी सबै घटना हेरिरहेका संसारका १ अर्ब ३० करोड मुसलमान जनताले के गर्नेछन् ? काश्मीरमा आज जे भइरहेको छ, त्यहाँका जनता मुसलमान भएकैले त्यस्तो भएको कुरा उनीहरूलाई थाहा छ । आज काश्मिरी मुसलमानमाथि जे भइरहेको छ, हिन्दुलाई भइरहेको छैन । धर्मकै कारण यी सबै घटना भइरहेको थाहा पाएपछि उनीहरूले के गर्लान् ? ८ हजार यहुदीलाई यसरी नै कैद बनाइए कस्तो परिस्थिति बन्ला ? युरोपेलीहरूले यसलाई कसरी लेलान् ? कुनै पनि मानव समुदायलाई यसरी कैद गरिए के सोच्लान् ? के हामी न्यूनकोटीका ईश्वरका सन्तान हौँ र ? के हामीलाई पीडा हुन्न ?
अनि के हुन्छ, म भन्छु । १ अर्ब ३० करोड मुसलमान जनतामध्ये कसैले हतियार उठाउनेछ । हामी विभिन्न चलचित्र हेरेरै हुर्कियौँ । चलचित्रमा कसैले न्याय नपाउँदा हतियार उठ्ने गर्छ । न्युयोर्कको एउटा चलचित्र छ– डेथ भ्वाइस । त्यसका नायकले न्याय नपाउँदा हतियार उठाउँछ र मान्छे मार्नथाल्छ । सबै दर्शकले उसको वाहवाही गर्छन् । मुसलमानहरू यतिबेला के सोचिरहेका होलान् भन्ने तपाईँलाई लाग्छ ? यदि उनीहरू कट्टर बने भने मुसलमानहरू कट्टर बनेका हुन्, इस्लाम धर्म होइन ।
संसारका १ अर्ब ३० करोड मुसलमानहरूले के गर्लान् ?
मानौँ म काश्मिरी हुँ । म विगत ५५ दिनदेखि कैद छु । भारतीय सेनाले घरभित्र गएर महिलामाथि बलात्कारका समाचार सुन्छु भने के म त्यो अपमान सहनसक्छु ? के म त्यसरी बाँच्न चाहुँला ? त्यो अवस्थामा म बन्दुक उठाउने उनीहरू मानिसलाई कट्टरतातिर धकेल्दै छन् । जब मानिसमा बाँच्ने चाहना रहन्न, के कुराको लागि बाँच्ने भन्ने प्रश्न आउँछ ।
सभापति महोदय, म दोहो¥याउन चाहन्छु । यो निकै गम्भीर समय हो । क्रियाको प्रतिक्रया हुनेछ । पाकिस्तानमाथि दोष लगाइनेछ । फेब्रुअरी महिनामा जस्तै दुई आणविक शक्तिसम्पन्न देश आमनेसामने हुनेछन् । हामी त्यो दिशातिर जानुअघि संयुक्त राष्ट्र सङ्घका केही जिम्मेवारी छन् । सन् १९४५ मा संयुक्त राष्ट्र सङ्घको स्थापना यसै उद्देश्यले भएको थियो । राष्ट्रसङ्घले यस्तो अवस्था रोक्नुपर्छ । यस्तो लाग्दैछ, हामी सन् १९३९ मा फर्किएका छौँ । त्यतिबेला पनि म्युनिख, चेकोस्लाभाकियालाई कब्जा गरिएको थियो । विश्व समुदायले १ अर्ब २० करोड जनताको बजारलाई खुसी बनाउनतिर लाग्ने वा न्यायको पक्षमा उभिने, निर्णय गर्नुपर्छ । यदि यो अवस्था दुर्गतितिर गए, तपाईँले सुन्दरताको आशा गर्दैगर्नुस्, हामी कुरुपताको तयारी गर्दै जानेछौँ । दुई देशबीच आणविक लडाइँ भए के होला ? जे पनि हुनसक्छ । तर, मानौँ आफ्नो छिमेकीभन्दा सात गुणाले सानो देशसामू या त तिमी आत्मसर्मपण गर वा अन्तिम दमसम्म लड भन्ने दुईवटा विकल्पमध्ये छान्न दिए के गर्नुपर्ला ? म यो प्रश्न आफैँलाई सोध्छु । हामी लड्नेछौँ । अनि जब आणविक हतियारसम्पन्न दुईवटा देशबीच लडाइँ चल्छ, त्यसको प्रभाव उनीहरूको सिमानाभन्दा परपरसम्म पुग्छ । त्यसले संसारभर असर पार्नेछ । त्यसकारण म दोहो¥याइरहेको छु । यो कुनै धम्की होइन । यो स्वाभाविक चिन्ता हो । हामी कता जाँदैछौँ ?
संरा सङ्घको लागि परीक्षाको घडी हो । काश्मीरका जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्ने संयुक्त राष्ट्र सङ्घ हो । त्यहीकारण काश्मिरी जनता आज दुःख भोगिरहेका छन् । यो समय सन् १९३९ मा जस्तो कसैलाई खुसी पार्ने समय होइन । यो समय यक्सनको समय हो । सबभन्दा पहिलो यक्सन भनेको भारतले काश्मीरमा थोपरेको यो अमानवीय कफ्र्यु हटाउनुपर्छ । ५५ दिनदेखि त्यहाँ कफ्र्यु छ । गिरफ्तार गरिएका सबै राजनीतिक दलका नेताहरूलाई रिहा गर्नुपर्छ । विशेषतः ती १३ हजार युवाहरूलाई रिहा गर्नुपर्छ । आमाबुवालाई उनीहरू कहाँ छन्, थाहा छैन । अनि विश्व समुदायले काश्मीरका जनतालाई आत्मनिर्णयको अधिकार दिलाउनुपर्छ । धन्यवाद ।
प्रस्तुति ः सुशिला
समाप्त
Leave a Reply