इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
भक्तपुर, १३ असार । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले एक कार्यक्रमबिच वरिष्ठ शिक्षाविद् बाबा सरको योगदानसँग सम्बन्धित पुस्तक The Soul of Teaching पुस्तक विमोचन शनिबार गर्नुभयो ।
विद्या विकास आवासीय विद्यालयद्वारा आयोजना भएको ‘बाबा सर विशेषाङ्क पुस्तक विमोचन गर्दै प्रमुख प्रजापतिले भक्तपुरमा अङ्ग्रेजी शिक्षाको आवश्यकता महसुस भएको समयमा स्थापित विद्यालयहरूमध्ये विद्या विकास स्कूलले पनि भक्तपुरको शैक्षिक विकासमा उल्लेखनीय भूमिका खेलेको स्मरण गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले अङ्ग्रेजी शिक्षक बाबा सर अगाडि पुस्ताका आदर्श गुरु रहेको उल्लेख गर्दै राम्रो काम गर्ने व्यक्तिलाई समाजले सधैँ चिन्ने बताउनुभयो । उहाँले यस्ता व्यक्तिका अनुभव र योगदानलाई पुस्तकमार्फत अभिलेखीकरण गर्नु भावी पुस्ताका लागि मार्गनिर्देशक हुने बताउनुभयो ।
बाबा सरले नेपालभाषा सिक्ने प्रयास गर्नु प्रशंसनीय रहेको उल्लेख गर्दै भक्तपुरको शिक्षा विकासमा उहाँको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँेले अघि सार्नुभएको ‘एक घर, एक स्नातक’ अभियानलाई भक्तपुर नगरपालिकाले कलेज सञ्चालनमार्फत सार्थक बनाएको उल्लेख गर्दै नगरपालिकाले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको र भक्तपुरलाई देशकै शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न योगदान पु¥याएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसार्इँले निजी क्षेत्रबाट सञ्चालित भक्तपुरका विद्यालयहरूले पनि शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै विद्यालयको थप प्रगति र उन्नतिको कामना गर्नुभयो । उहाँले बाबा सरले विद्यार्थीप्रति देखाएको माया, अङ्ग्रेजी शिक्षामा पु¥याएको योगदान तथा शिक्षण यात्रा प्रेरणादायी भएको बताउनुभयो ।
सांसद गोसाईले बाबा सर विद्यार्थीप्रति माया गर्ने, समर्पित र प्रेरणादायी शिक्षक भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा उहाँले छोडेको छाप दीर्घकालसम्म स्मरणीय रहने बताउनुभयो । जीवनमा नाम र पहिचान छोड्ने गरी काम गर्नु नै साँचो सफलता भएको उल्लेख गर्दै उहाँले बाबा सरको शैक्षिक यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको धारणा व्यक्त गर्नुभयो ।
पूर्वशिक्षक सूर्य राईले बाबा सरसँगको आफ्नो सहकार्य र शिक्षाप्रतिको समर्पणबारे चर्चा गर्नुभयो ।
सरस पाठशालाका निर्देशक इन्द्रप्रसाद खाइतुले विद्यालयमा बाबा सरको योगदान, शिक्षण अनुभव तथा पुस्तकको विशेषताबारे प्रकाश पानुभयो ।
कार्यक्रममा विद्यालयका अङ्ग्रेजी शिक्षिका दिप्ती थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रदीप क्षेत्रीले धन्यवाद ज्ञापन गर्नुभयो ।
Leave a Reply