इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
भक्तपुर, १३ असार । तुछिमला युवा समूहको आयोजनामा २०८३ को अवसरमा तुछिमला भैल प्याखंका गुरु, वाद्यवादक, नृत्य कलाकार तथा सहयोगीहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ६ सय वर्ष पुरानो ऐतिहासिक भैल प्याखः जोगाई हालसम्म निरन्तरता दिनु नै तुछिमला युवा समूहको महत्वपूर्ण उपलब्धि भएको चर्चा गर्दै यस्तो सराहनीय र गौरवपूर्ण कार्य गर्ने तुछिमला युवा समूहका साथीहरू, गुरु, वाद्यवादक, नृत्य कलाकार तथा सहयोगीहरू धन्यवादका पात्र भएको बताउनुभयो । उहाँले सांस्कृतिक मूल्य र मान्यता, चलन, संस्कार र सम्पदा हाम्रो नेवार समुदायको अमूल्य सम्पत्ति भएको हुँदा यसको संरक्षण गर्नु हरेक नागरिकको कर्तव्य हो भन्नुभयो । नेपाल मजदुर किसान पार्टीको नीति पनि कला, संस्कृति र सम्पदा जोगाउनु रहेको चर्चा गर्दै उहाँले नेमकिपाका अध्यक्ष बिजुक्छेँले भक्तपुरको कला संस्कृति जोगाउनकै लागि ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक प्रकाशन गरेको चर्चा गर्नुभयो ।
हाम्रा पुर्खाको कला, संस्कृति र सम्पदालाई आज जोगाउने जिम्मा हाम्रो काँधमा आएको बताउँदै उहाँले यस्तो कार्यमा लाग्ने तुछिमलावासी दाजुभाइ, दिदीबहिनी धन्यवादका पात्र छन् भन्नुभयो ।
उहाँले इतिहासबाट पाठ सिकेर देशको सम्पत्ति जोगाउनु अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो ।
नेपालभाषा नयाँ पुस्ताले बिर्सदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले हरेक नेवारले नेपालभाषा बोल्नुपर्छ† आफ्नो भाषा बिर्सने नेवारले आफ्नो पहिचान र राष्ट्रियता पनि बिर्सने हुँदा यसतर्फ ध्यान दिनुपर्छ भन्नुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवालले भक्तपुर नगरपालिकाले पेस गरेको आ.व. २०८३।०८४ को चर्चा गर्दै नगरपालिकाले भक्तपर नगरवासीहरूको लागि शिक्षामा २१ प्रतिशत र स्वास्थ्यमा १३ प्रतिशत बजेट विनियोजन गरेर नगरबासीहरूको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा रोखेको चर्चा गर्नुभयो ।
नगरपालिकाले शैक्षिक ऋण दिने कार्यविधि तेस्रो पटक संशोधन गर्दै शैक्षिक ऋण पाँच लाखबाट बढाएर सात लाख र ब्याज दर परिमार्जित गर्दै ४ प्रतिशत पु¥याएको उहाँले बताउनुभयो ।
ख्वप अस्पतालमा एमआरआई राख्ने र नगरवासीहरूलाई अक्सिजन, रगत र शववाहनको निःशुल्क सेवालाई निरन्तरता दिएको उहाँले बताउनुभयो । नगरवासीहरूको लागि खानेपानीको अभाव हुन नदिन केयूकेएलसँग आवश्यक समन्वय गरी पाइप जडान कार्य भइरहेको पनि उहाँले बताउनुभयो ।
भनपा वडा नं. ६ का वडा सदस्य सिद्धिराम अवालले निकट भविष्यमै आदर निकेतन ६ वडामा सञ्चालन हुन गइरहेको चर्चा गर्दै आदर निकेतन ज्येष्ठ नागरिकहरूलाई आदरपूर्वक राख्न नगरपालिकाले बनाएको बताउनुभयो ।
कार्यक्रममा वल्ड नेवार अर्गनाइजेसन वाग्मती प्रदेश सहसंयोजक तथा नेप इन्भेन्ट इन्टरटेट्मेन्ट, हेटौडाका सल्लाहकार शर्मिला श्रेष्ठले हेटौडामा तुछिमला युवा समूहले प्रस्तुत गरेको भैल प्याखःले युवाहरू कला संस्कृतितर्फ उत्सुुक भएको बताउँदै भक्तपुरमा जस्तै हेटौडामा पनि नेवार कला, संस्कृति र सम्पदाहरू जोगाउन प्रयास भइरहेको बताउनुभयो ।
कार्यक्रममा अतिथिहरू सुरेन्द्रराज गोसाई, हरिराम सुवाल र वडा सदस्य सिद्धिराम अवाललगायतले भैल प्यांखका गुरु, कलाकार, वाद्यवादक तथा सहयोगीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । जुजुभाइ अवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा साजन छावाले स्वागत मन्तव्य दिनुभएको थियो ।
Leave a Reply