भर्खरै :

गैरदलीय स्थानीय तहको निर्वाचन गर्ने विषय अनुपयुक्त

गैरदलीय स्थानीय तहको निर्वाचन गर्ने विषय अनुपयुक्त

भक्तपुर, १३ असार । नेपाल मजदुर किसान पार्टी कोसी प्रदेश समितिको आयोजनामा शनिबार अनलाइनमार्फत समसामयिक विषयमा प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अमेरिका र इरान युद्धमा अमेरिका ढलमलिएको विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “इजरायल र अमेरिकी सरकारले इरानमाथि हमला गरी इरानलाई नष्ट गर्न चाहेका थिए । तर, इरानको पूर्वतयारीले अमेरिका र इजरायल फर्किनुपरेको हो ।”
अध्यक्ष बिजुक्छेँले आफ्नो पार्टीको धारणा सञ्चारमाध्यममार्फत समयसमयमा जनतालाई प्रस्ट पार्दै आएको जानकारी दिँदै अहिलेको सरकारलाई भोलि के हुन्छ भन्ने थाहा नभएकोले त्यसको परिणाम राम्रो नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी हाम्रो देशप्रति बफादार हुनुपर्छ । जघन्य अपराध गर्ने र देशद्रोही काम गर्ने मान्छेलाई ज्यान सजायको बन्दोबस्त गर्नुपर्छ ।”
भदौ २३ र २४ गतेको उपद्रव विदेशीबाट सञ्चालित भएको बताउँदै उहाँले त्यसमा युवा विद्यार्थीलाई अगाडि मात्र सारिएको प्रस्ट्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले सरकारले गैरदलीय स्थानीय तहको निर्वाचन गर्नेलगायतका विषय उपयुक्त नभएको बताउँदै यसले देशमा अन्तद्र्वन्द्व निम्त्याउने खतरा बढ्ने विचार व्यक्त गर्नुभयो ।
पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “रास्वपाको आर्थिक र वैदेशिक मामिला अघिल्ला सरकारहरूको जस्तै भएको सार्वजनिक संस्थानहरू केही व्यक्तिको हातमा बिक्री गर्ने, विदेशी ऋण र लगानी ल्याएर देशलाई नवउपनिवेश बनाउने हो । रास्वपाको विधानमा ‘शोषणरहित समाज’ उल्लेख गरिएको थियो । त्यो पञ्चायती भाषा थियो । ‘शोषणरहित समाजको लागि वर्गीय समाज अन्त्य हुनु आवश्यक छ । रास्वपाको निर्वाचन वाचापत्रमा ‘आर्थिक उदारीकरण’ उल्लेख गरियो भने बजेटमा गोरखकाली रबर उद्योगसहित सात ओटा सरकारी उद्योग केही व्यक्तिको हातमा बिक्री गर्ने उल्लेख गरियो ।”
“रास्वपाको सरकारले नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि, नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती र नेपाललाई भारतको प्रान्तजस्तै बनाउने एमसीसी सम्झौता खारेज गर्नेबारे बोलेन, उल्टो नेपालले भारतको भूमि मिचेको छ भनी भारतीय विस्तारवादको सेवा ग¥यो । यसअघि रास्वपाले दक्षिण एसियामा ‘मोदी डक्ट्रिन’ को वकालत गरेको थियो”, सचिव सुवालले भन्नुभयो ।
भदौ २३ गते निहत्था जनताको हत्या गर्ने र भदौ २४ गते देशभरि आगजनी गर्ने अपराधीहरूलाई कारबाही गराउन जनता एक भएर उठ्नुपर्ने आवश्यक भएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *