अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
पेइचिङ, १ अक्टोवर (सिन्ह्वा/सीआरआई) : मङ्गलबार अर्थात् अक्टोबर १ तारिख पेइचिङस्थित थेनआनमन चोकमा जनगणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भयो र उक्त समारोहले विश्वको ध्यानाकर्षण ग¥यो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सो कार्यक्रममा महत्वपूर्ण भाषण दिँदै बितेका ७० वर्षयता चीनले महान उपलब्धि हासिल गरेको विचार व्यक्त गर्नुभयो । अघि बढ्दै जाने बाटोमा चीनले पाँच वटा क्षेत्रमा जनताको मागलाई पूरा गर्दै सम्पूर्ण देशको एकीकरणको लागि प्रयास गर्दै जाने र विश्वका विभिन्न मुलुकका जनतासँगै मिलेर चीनले मानव जातिको संयुक्त भाग्य सामूहिकरूपमा निर्माणको लागि कोसिस गर्दै जानेमा नेता सीले जोड दिनुभयो ।
सन् १९४९ को अक्टोबर १ मा जनगणतन्त्र चीन स्थापित भयो । चिनियाँहरूले मानवजातिको शान्तिपूर्ण विकासको लागि ठूलो योगदान गरिरहेका छन् ।
वर्तमान विश्वमा चीनले चिनियाँ राष्ट्रको महान् पुनरूत्थान लक्ष्य प्राप्तिको लागि काम गरिरहेको छ । चीनका सर्वोच्च नेता सी चिनफिङले सम्बोधन गर्दै चीनले पाँच वटा क्षेत्रमा पालना गर्नुपर्ने नीतिमा जोड दिनुभयो ।
“चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व, जनताको प्रधान स्थान तथा चिनियाँ विशेषतायुक्त समाजवादी बाटो पालना गर्नुपर्छ । यी ३ वटा नीति पालना नै बितेका ७० वर्षमा चीनले विकासको क्रममा पाएको सबैभन्दा ठूलो प्रकाश हो र भविष्यमा नयाँ चमत्कार सिर्जना गर्ने सिद्धान्त पनि हो ।” राष्ट्राध्यक्ष सीले भन्नुभयो ।
‘शान्तिपूर्ण एकीकरण, एक देश दुई व्यवस्था’ नीतिको पालना गर्नु नै चीनले देशको एकीकरणलाई
साकार तुल्याउने सिर्जनात्मक विचार र सबैभन्दा राम्रो उचित तरिका पनि हो जुन हङकङ तथा मकाउमा सफलरूपमा प्रमाणित भएको छ । भविष्यमा चीनले हङकङ तथा मकाउको दीर्घकालीन समृद्धि तथा स्थिरतालाई कायम राख्नुका साथै थाइवान जलडमरूका दुई किनाराबीचको शान्तिपूर्ण विकासलाई अघि बढाउने विश्वास पनि गरिएको छ ।
‘शान्तिपूर्ण विकासको बाटोको पालना गर्नु’ नै सी चिनफिङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ जनताले विश्वसमक्ष दिएको दृढ वचन हो । यो नै अचल रणनैतिक छनौट र गम्भीर वचन पनि हो । भविष्यमा विश्वको शान्ति तथा विकासको सकारात्मक शक्तिमा चीन रहिरहने छ ।
७० वर्ष पार गर्दै नयाँ पाना पल्टाउन लागिरहेको छ । नयाँ चीन स्थापित भएको ७० औँ वार्षिकोत्सव स्वागत समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले एकतालाई नै चीनले निरन्तररूपमा प्रगति हासिल गरेको महत्वपूर्ण प्रत्याभूति हो भन्ने प्रकाश पार्नुभयो ।
शान्तिपूर्ण विकास तथा सहयोग एवम् साझा विजय भन्ने सिद्धान्त पालना गर्ने चीनले विश्वको शान्ति तथा विकासको लागि अझ उज्ज्वल भविष्य ल्याउने विश्वास गरिएको छ ।
सम्बोधनमा नेता सीले एकता, विकास र सामथ्र्यलाई जोड दिनुभयो । सम्बोधनको क्रममा नेता सीले भन्नुभयो, “यो महान् राष्ट्रको जग हल्लाउन सक्ने कुनै शक्ति छैन ।”
सन् १९४९ अक्टोबर १ मा माओले जन–गणतन्त्र चीनको घोषणा गरेको थेनआनमन चोकमा उभिएर सीले भन्नुभयो, “आज एउटा समाजवादी चीन विश्वसामु उभिएको छ । कुनै शक्तिले पनि चिनियाँ नागरिक र चिनियाँ राष्ट्रलाई अघि बढ्नबाट रोक्न सक्दैन ।”
सीले सम्बोधनको क्रममा चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि प्रयोग गर्दै आएको राष्ट्रवादी भाष्य प्रयोग गर्नुभएको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि कैयन् औपनिवेशिक शक्तिको चौतर्फी आक्रमण भोग्दै आएको चीनलाई ‘अपमानको शताब्दी’ बाट माथि उठाउने बताउँदै आएको छ । सीको सम्बोधनमा यही भाषाको प्रतिध्वनि सुनिएको थियो ।
थेनआनमेन स्क्वायरमा सैन्य फौजको परेड अवलोकन गरिसकेपछि सीले विशाल सैन्य परेडको अध्यक्षता गर्नुभएको थियो । त्यस क्रममा चीनले विकास गरेका विश्वकै अत्याधुनिक हातहतियारहरू प्रदर्शन गरिएका थिए ।
Leave a Reply