अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, १४ असोज । भक्तपुर जिल्ला पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा व्यवसायीहरूबीच विजया दशमी, शुभ दीपावलीको २०७६ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कमलविनायकमा सपन्न भयो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि पुस्तक तथा स्टेशनरी ब्यवसायी महासङ्घ प्रदेश नं ३ का सचिव विश्वराम त्वायनाले व्यवसायीहरू व्यवसायीमात्र नभई सामाजिक कार्यकर्ता पनि बन्न सक्नुपर्छ । व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा नगरौं व्यवसायमा स्वस्थ्य प्रतिस्पर्धा गरेर थप आय आर्जन गर्न सक्छौं भन्दै व्यवसायीहरूलाई विजया दशमी तथा दीपावलीको शुभकामना व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ अध्यक्ष नरेन्द्र मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका सचिव सरोज प्रजापति, सहसचिव रमेश श्रेष्ठ पूर्व अध्यक्ष नरेन्द्र ढकाल र मसलन्द व्यवसायी सङ्घ भक्तपुरका अध्यक्षलगायतले पनि विजया दशमी शुभ दीपावली तथा नेपाल संवत् ११४० को शुभकामना व्यक्त गर्नुभएको थियो ।
Leave a Reply