भर्खरै :

चीनमा गरिबी निवारण अध्ययन भ्रमण – १

 देविका दनेखू
अगस्ट ६ (August 7)
हामी चीनको अन्तर्राष्ट्रिय गरिबी निवारण केन्द्र (आइपीआरसीसी) ले दक्षिण एसियाली विकासोन्मुख मुलुकका राजनीतिक पार्टीहरूलाई आमन्त्रण गरेको सेमिनारमा भाग लिन चीनको राजधानी पेइचिङ्ग (Beijing) पुगेका थियौँ । अगस्त ६ देखि अगस्त १५ सम्म भएको उक्त सेमिनारले चीनले गरिबी निवारणमा गरेको अनुभव आदानप्रदान र गरिबी निवारणमा सबै एकसाथ अगाडि बढौँ भन्ने सन्देश फैलाउनु कार्यक्रमको उद्देश्य थियो । कार्यक्रममा ७ वटा देशबाट ११ राजनीतिक दलका २८ जना प्रतिनिधिहरूको सहभागिता थियो । उद्घाटन समारोह आइपीआरसीसीमा सम्पन्न भएको थियो । कार्यक्रममा चिकपाका उपमहासचिव याओ चियाङकुओ (Yao Jianguo) ले विशेष सम्बोधन गर्नुभयो । उहाँले चीनले गरिबी निवारणमा विश्वमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । गरिबी निवारणमा चीनले अपनाएका वैज्ञानिक नीतिलाई अन्य देशले पनि अनुसरण गर्नसक्ने कुरा औँल्याउनुभयो । विगत ४० वर्षदेखि चीनले गरिबी निवारणको लागि सङ्घर्ष गर्दै आएको र उक्त सङ्घर्षको परिणाम नै अहिलेको चीन भएको बताउनुभयो । सन् २०२० सम्ममा चीनले शतप्रतिशत गरिबी मुक्त गर्ने नीति अवलम्बन गरेको उल्लेख गर्नुभयो ।

२०७६ साउन २१ (अगस्त ६) गते चीनको पेइचिङस्थित आइपीआरसीसीमा भएको गरिबी निवारण र ग्रामिण विकासबारे अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा नेमकिपाको तर्फबाट बोल्दै लेखिका ।


कार्यक्रममा आइपीआरसीसीका उपमहासचिव Dr. Tan Weiping ले चिकपाले ७० वर्षमा गरेका गरिबी निवारणका गतिविधिहरू र हासिल गरेका सफलता र अनुभवहरूको चर्चा गर्नभुयो । सन् १९२१ देखि चिकपाले चीनमा सङ्घर्ष गर्दै आएको छ । चीनले सन् २०१२ देखि २०१८ सम्मको अन्तरालमा ९ करोड ९० लाख गरिबीको रेखामुनि रहेका चिनियाँ जनतालाई १ करोड ६६ लाखमा घटाएका छन् । त्यस्तै सन् २०१२ मा १२८ हजार गरिब गाउँबाट सन् २०१८ सम्म घटाएर २८ हजार गाउँ गरिब छन् । यसरी संसारकै गरिबी निवारणमा चीनको योगदान अग्रपङ्क्तिमा छ ।
पहिलो दिनको दोस्रो चरणमा चीनको कृषि विश्वविद्यालयका प्राध्यापक ऊ चिन (Prof. Wu Jin) ले चीनले गरिबी निवारणमा अपनाएका ४ महत्वपूर्ण कार्यनीतिको चर्चा गर्नुभयो । युवाहरूलाई गाउँमै काम गराउनको लागि चीनले विशेष योजना बनाएको रहेछ । अहिले नेपालमा काम गर्ने युवा जति सहर वा विदेशमा अनि गाउँमा ज्येष्ठ नागरिक र बालबच्चामात्र हुने गरेको कुरा सम्झँदा नेपालले पनि युवाहरूलाई आफ्नै ठाउँमा काम गर्न प्रोत्साहित गर्ने कार्यक्रम आवश्यक भएको अनुभव गरेँ ।
पहिलो दिनको औपचारिक कार्यक्रमपश्चात् विभिन्न देशबाट आएका राजनीतिक दलका प्रतिनिधिहरूलाई पार्टी परिचयसहित २ मिनेट बोल्ने मौका दिइएको थियो । त्यो कार्यक्रममा मैले नेमकिपाको तर्फबाट बोल्ने मौका पाएँ ।
सेमिनारको पहिलो दिनको कार्यक्रम सकेर हामी नजिकैको बस्ती अवलोकन गर्न गयौँ । प्रत्येक अपार्टमेन्टको बाहिर खुला चौर । त्यो चौरमा बच्चादेखि युवा वृद्धवृद्धालाई खेल्ने र व्यायाम गर्ने ठाउँको व्यवस्था गरेको रहेछ ।
अगस्ट ७ (August 7)
सेमिनारको दोस्रो दिन हामी बिहान ७ः३० बजे चिया नास्ता सकेर ८ बजे भेला भयौँ । उक्त दिन हाम्रो कार्यक्रम चिकपाको अन्तर्राष्ट्रिय विभागमा थियो । हामी करिब १ घन्टाको बसयात्रापछि त्यहाँ पुग्यौँ । कार्यक्रममको सुरुवात चिकपा अन्तर्राष्ट्रिय विभागका उपमहासचिव याओ चियानकुओ (Yao Jianguo) ले गर्नुभयो । उहाँले सेमिनारका प्रतिनिधिहरूलाई स्वागत गर्नुभयो । चीनको इतिहास र वर्तमान अवस्थाको विषयमा प्रस्तुति गर्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको सन् २०१२ मा सम्पन्न १८ औँ महाधिवेशनबाट सी चिनिफिङ्ग (Xi Jinping) को सुशासनपश्चात भएको चीनको विकासबारे चर्चा गर्नुभयो । चिनियाँ विशेषताको समाजवादले नै चीनले छिटो विकास गर्न सम्भव भएको हुनाले अन्य देशहरूले पनि आफ्नो देश अनुकूलको समाजवाद स्थापनाको लागि लाग्नुपर्ने उहाँको कुरा अत्यन्त सान्दर्भिक लाग्यो ।
उहाँले प्रस्तुतिमा पार्टीको मुख्य पदमा रहेर काम गरेका मन्त्रीलाई पनि भ्रष्टाचारको अभियोगमा कारबाही गरेको कुरा उल्लेख गर्नुभयो । हाम्रो देश भ्रष्ट र ठगहरूले चलाइरहने अनि छिमेकी मुलुक चीनमा भने जुनसुकै ओहदाको भ्रष्ट व्यक्तिलाई पनि कारबाही गर्न नछोड्ने सुन्दा नेपालमा केही नभएको जात्रा हाँडी गाउँमा जस्तो लाग्यो । भ्रष्टहरू मिलेर सरकार चलाउँछन् यहाँ ।
दोस्रो प्रस्तुति चिकपा अन्तर्राष्ट्रिय विभाग एसियाली व्युरो प्रथमका प्रमुख सुन हाइयान (Sun Haiyan)को थियो । उहाँले चीन अहिले आफ्नै विकासमा अगाडि बढिरहेको र संसारमै दोस्रो ठूलो अर्थतन्त्रको देश भएको बताउनुभयो ।

२०७६ साउन २२ (अगस्ट ७) चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘चीनको अवस्था र चिनियाँ कम्युनिस्ट पार्टी’ विषयक सम्मेलन ।


सन् २०२० सम्ममा चीनमा गरिबी निवारण हुनेमा चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टी निश्चिन्त रहेको र संयुक्त राज्य अमेरिकामा पनि गरिबी निवारणको लागि सहयोग गर्न तयार भएको बताउनुभयो । चीनमा चिनियाँ कम्युुनिस्ट पार्टीे नेतृत्वको एक शताब्दी सन् २०२१ मा भव्यताका साथ मनाउने तयारी हँुदै छ र संयुक्त राज्य अमेरिकासँगको व्यापार युद्धमा चीनले अवश्य जीत हासिल गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । व्यापार युद्धले विकासशील देशहरूको विकासमा ठूलो असर गर्ने भएकोले यो युद्धले कसैको फाइदा गर्दैन भन्नुभयो ।
बेल्ट एन्ड रोड इनिसियटिभ (BRI)विकासशील देशहरूमा विकासको लहर फैलाएर चीन र अन्य देशहरूबीच सुमधुर सम्बन्ध कायम गर्न ल्याइएको कार्यक्रम हो ।
हामीले उहाँलाई हाम्रा प्रकाशन र केही मायाका चिनोहरू प्रदान ग¥यौँ । हाम्रो प्रकाशनको विषयमा चिकपा अन्तर्राष्ट्रिय विभाग, नेपाल शाखाकी योया (सरला) ले सुन हाइयानलाई विशेष जानकारी दिनुभयो । त्यो दिन IDCPC ले स्वागत भोज आयोजना गरेको थियो ।
त्यसपछि हामी विभिन्न देशमा IDCPC का जिम्मेवार प्रतिनिधिहरूसँग छुट्टाछुट्टै बसेर आ–आफ्नो देशको राजनीतिक अवस्थाको विषयमा छलफल भयो । नेपालको लागि IDCPC का प्रमुख राम र सरलासहित हामी नेपालका ५ जना (नेमकिपा–३ र माले –२) बसेर नेपालको राजनीतिक स्थितिको विषयमा चर्चा भयो । हामीले जम्मु काश्मीरको विषयमा भारत सरकारले चालेको कदमको विरोधमा आफ्नो विचार व्यक्त ग¥यौँ ।
अगष्ट १०(August 10)
सेमिनारको तालिकाअनुसार पिकुइयुआन भोकेसनल कलेज घुम्ने कार्यक्रम थियो । बिहानको चियानास्ता सकेर करिब ४ मिनेटको हिँडाइमा हामी कलेज बैठक हलमा पुग्यौँ । हामीलाई उक्त कलेजका पार्टी सचिवले न्यानो स्वागत गर्दै कलेजको बारेमा छोटो प्रस्तुति गर्नुभयो । कलेजले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सिकाउँदै आएको जानकारी उहाँले दिनुभयो ।
गरिब जनताका छोराछोरीलाई उक्त कलेजमा छात्रवृत्तिमा पढाउने गरेको थाहा पायौँ । पढ्न आउने विद्यार्थीलाई खाना, लुगा र घरबाट आउने र जाने खर्च समेत कलेजले व्यवस्था गर्नेरहेछ । परिवारमा एकजना दक्ष जनशक्ति भएपछि उनको कमाइले परिवार चलाउन सकिन्छ अनि गरिबी निवारणमा सहयोग पुग्ने उहाँको भनाइ उत्साहजनक थियो ।

कलेजको बारेमा छोटो जानकारीपश्चात् हामी Robotics Exhibition Hall पुग्यौँ । Robot Restaurant को अवलोकन गर्दा हामीलाई अचम्म लाग्यो । मान्छेले जस्तै खानाको अर्डर लिने र अर्डरअनुसारको खाना टेबलमा Robot ले नै राखिदिने भन्ने सुन्दा त अर्कै दुनियाँमा पुगेको जस्तो अनुभव भयो । त्यहाँको विकासको कुरा सुन्दा नेपाल धेरै पछाडि परेको अनुभव भयो । चीनले आफैँलाई हामी विकसित होइनौँ विकासशील देशभन्दा नेपाल त अति अविकसित देशजस्तो लाग्छ । चिनियाँ साथीहरूले पटक–पटक हामी विकसित होइनौँ विकासशील देशभन्दा नेपाल त अति अविकसित देशजस्तो लाग्छ । चिनियाँ साथीहरूले पटक–पटक हामी विकसित होइनौँ विकासशील देश हो भन्ने गर्थे । Robot Restaurant बाट निस्किँदै गर्दा पूर्वी टिमोर (Timor–Leste) का डेमोक्रेटिक पार्टीका Rui Meneses Da Costa सँग पूर्वी टिमोर ४५० वर्ष लामो पोर्टुगलको उपनिवेशमा रहेको विषयमा कुराकानी भयो । त्यसपश्चात् फेरि २४ वर्ष इन्डोनेसियाली उपनिवेशमा रहेको कुरा सुनाए । नेपाली सेनासहितको युनाइटेड मिसन (United Mission )को सहयोगमा इन्डोनेसियासँग लडेर पूर्वी टिमोर देश बनेको बताए ।

सन् २०१४ सेप्टेम्बरमा औपचारिकरूपमा सुरु भएको उक्त कलेजमा ४५ करोड चिनियाँ पैसाको लागत रहेको थाहा पायौँ । उक्त कलेजमा उत्तीर्ण विद्यार्थीहरू अहिले चीनलगायत अन्य मुलुकमा फ्रन्ट लाइन म्यानेजर (Front line manager) का रूपमा कार्यरत रहेको र ९९.९ प्रतिशत रोजगारीमा रहेको सुन्दा अत्यन्त खुसी लाग्यो ।
हाम्रो देशमा लाखौँ युवाहरू हातमा सीप भएर पनि बेरोजगार भएर बस्नुपर्ने बाध्यता र चीनमा करिब शतप्रतिशत रोजगारयुक्त भएको कुरालाई तुलना गर्न सकिन्न ।
कलेजको बारेमा छोटो जानकारीपश्चात् हामी Robotics Exhibition Hall पुग्यौँ । Robot Restaurant को अवलोकन गर्दा हामीलाई अचम्म लाग्यो । मान्छेले जस्तै खानाको अर्डर लिने र अर्डरअनुसारको खाना टेबलमा Robot ले नै राखिदिने भन्ने सुन्दा त अर्कै दुनियाँमा पुगेको जस्तो अनुभव भयो । त्यहाँको विकासको कुरा सुन्दा नेपाल धेरै पछाडि परेको अनुभव भयो । चीनले आफैँलाई हामी विकसित होइनौँ विकासशील देशभन्दा नेपाल त अति अविकसित देशजस्तो लाग्छ । चिनियाँ साथीहरूले पटक–पटक हामी विकसित होइनौँ विकासशील देशभन्दा नेपाल त अति अविकसित देशजस्तो लाग्छ । चिनियाँ साथीहरूले पटक–पटक हामी विकसित होइनौँ विकासशील देश हो भन्ने गर्थे । Robot Restaurant बाट निस्किँदै गर्दा पूर्वी टिमोर (Timor–Leste) का डेमोक्रेटिक पार्टीका Rui Meneses Da Costa सँग पूर्वी टिमोर ४५० वर्ष लामो पोर्टुगलको उपनिवेशमा रहेको विषयमा कुराकानी भयो । त्यसपश्चात् फेरि २४ वर्ष इन्डोनेसियाली उपनिवेशमा रहेको कुरा सुनाए । नेपाली सेनासहितको युनाइटेड मिसन (United Mission )को सहयोगमा इन्डोनेसियासँग लडेर पूर्वी टिमोर देश बनेको बताए ।
बीस मिनेटको बस यात्रापछि हामी छिनयुयान रुरल रिफर्म एक्जिविसन हल (Qingyuan Rural Reform Exhibition Hall)  पुग्यौँ । यो पिकुइयुयान ग्रुप (Biguiyuan Group) द्वारा सञ्चालित कृषि उत्पादन सामग्रीहरूको सड्ढलन, प्रदर्शन र व्यापार गर्ने ठाउँ रहेछ । उक्त प्रदर्शनी केन्द्रले क्वाङ्गचाउ सहरका सम्पूर्ण कृषिजन्य उत्पादनलाई प्रवद्र्धन गर्ने गर्छ । कृषकलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन र उत्पादन गुणस्तरयुक्त बनाउन यो कार्यक्रम ल्याएको जानकारी उक्त केन्द्रका निर्देशकबाट जानकारी गराइयो । उक्त केन्द्रले कृषक र उपभोक्ताबीचको सम्बन्धलाई पुलको मात्र काम गर्ने जसले गर्दा कृषकलाई धेरै लाभान्वित गर्ने गरेको बताउनुभयो । प्रदेश क्वाङ्गतुङ्गमा मात्र यस्ता ३०० सामुदायिक व्यापारिक केन्द्र भएको बताउनुभयो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार राम्रो हथउ (Hetou) गाउँमा जाने कार्यक्रम थियो । पिक्युयान कलेजबाट ७२ किलोमिटर दूरीमा रहेको उक्त गाउँ पुग्न हामीलाई गाडीमा २ घन्टा लाग्यो । क्वाङ्गतुङ्ग प्रदेशको यीङत सहरको सुन्दर गाउँ हथउ पुग्यौँ । साना–साना गाउँहरूमा पनि गरिबी निवारणको लागि चलाउँदै आएको अभियानको नमुना गाउँ रहेछ हथउ । कृषिजन्य उत्पादनबाट जीवनस्तर उकास्न सकेको गाउँलेहरू बताउँछन् । स्थानीय पार्टी र स्थानीय सरकारलाई अधिकार सम्पन्न गर्न सकेमा समुदाय नै आफ्नो गाउँ विकास गर्न उत्साहित हुन्छन् । त्यसैले चीनको गरिबी निवारणमा स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएर ठूलो परिवर्तन ल्याएको छ ।
हामीले थाहा पायौँ कि गाउँका युवाहरू गाउँमै रहन दिन चीनले विभिन्न कार्यक्रमहरू ल्याएको छ । जस्तै : युवाहरू विकसित सहरमा बसेर अध्ययन पूरा गरेपछि आफ्नै क्षेत्रमा फर्किनुपर्ने र आफ्नो ठाउँमा केही वर्ष योगदान गरेपछि मात्र अन्य सहरमा जान पाइने प्रावधान रहेछ । जसले गर्दा आफूले सिकेका सीपहरू अरुलाई सिकाएपछि मात्र त्यो व्यक्ति अन्यत्र जान्छन् ।
हथउ गाउँ धान उत्पादन र माछापालनको लागि छिङसिन (Qingxin) जिल्लाको महत्वपूर्ण क्षेत्र हो । आफ्नै स्थानीय उत्पादनबाट गाउँलेहरूको आर्थिक स्थितिमा ठूलो परिवर्तन आएको बताउँछन् गाविस पार्टी सचिव । सन् २०१२ मा हथउ गाउँमा परिवारको प्रतिमहिना आम्दानी ३००० युयान हुन्थ्यो भने ६ वर्षपछि सन् २०१८ मा १६००० युयानसम्म बढेको रहेछ । यसरी समुदायले आफ्नो ठाउँ विकास गर्न सामूहिक पहल गरी गरिबी निवारणमा सहयोग पु¥याइरहेको रहेछ ।

चीनको क्वाङतोङ प्रदेशको छिङयुयान सहरस्थित पिकुयुयान भोकेशनल कलेजको भ्रमणपछिको सामूहिक तस्वीर ।


त्यसपछिको गाउँ भ्रमण थियो सियाचिन गाउँ । यो चीनथान सहरको सानो गाउँ रहेछ । त्यो गाउँ पिक्युयान कलेजबाट ७० कि.मि.को दूरीमा छ । यो गाउँमा विशेषगरी आन्तरिक पर्यटकको आकर्षण रहेछ । चारैतिर अग्ला–अग्ला हरिया पहाडहरू देखिने सानो उपत्यकाजस्तो देखिन्छ । जुन महिनामा गाउँमा लटरम्म स्याउ र सुन्तला फल्ने रहेछ । हामी त्यहाँ पुग्दा बारीमा बोडी र घिरौलाको बोटै छोपिने गरी फलेको थियो । पर्यटकको निम्ति आकर्षक क्याबिनेटहरू बनाइएको र ठाउँ–ठाउँमा युवा र वृद्धवृद्धा दुवैले व्यायाम गर्ने निम्ति ठाउँ–ठाउँमा पौडी खेल्ने पोखरी बनाइएको छ । उक्त गाउँमा दिनमा १००० जना पर्यटक आउने गरेको र पर्यटक नै गाउँको लागि मुख्य आयस्रोत भएको छ ।
गाउँ घुम्दै गर्दा सानो बजारमा किसानहरूले आफ्नो खेतबाट उत्पादित तरकारी, फलफूल, हालेको अचार, हातले सुकाएका साग, गेडागुडी, च्याउ, अडुवा, लसुन, चामलजस्ता कुराहरू बेच्नको लागि राखिएको थियो । सानो गाउँ तर निकै व्यवस्थित र आकर्षक थियो सियाचिन । विशेषगरी पर्यटन व्यवसायबाट स्थानीय जनताको जीवनस्तरमा ठूलो परिवर्तन आएको उनीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *