महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
भक्तपुर, १४ असोज । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ५ वडा एकाइ समितिको आयोजनामा विजया दशमीको शुभकामना कार्यक्रम सम्पन्न भयो । शैक्षिक सत्र २०७५÷७६ मा SEE देखि PhD सम्म उत्तीर्ण महानुभावहरूलाई बधाईज्ञापन कार्यक्रम (असोज १०) सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।
विद्यार्थीहरूले शैक्षिक बिदालाई सही सदुपयोग गर्दै अध्ययनलाई जोड दिनुपर्ने विचार नेमकिपा– ५ का राजेन्द्र चवालले बताउनुभयो । शैक्षिक भ्रमणले भूगोलको राम्रो ज्ञान हुने र विभिन्न पुस्तकको अध्ययनले ज्ञानको घेरा बढाउने कुरा उहाँले बताउनुभयो । के.पी. छुस्याकीले गतिविधिले मानिसलाई क्रियाशील बनाई सङ्गठित हुन सिकाउने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा मङ्गलेश्वर ध्वँजू, सरजु फसिकव र विमल भोयद्योले शुभकामना मन्तव्य दिनुभएको थियो ।
Leave a Reply